• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

कास्की — गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ लान्द्रुकमा “WAY ग्रुप नेपाल” र “WAY ग्रुप नेपाल नवलपुर” को संयुक्त आयोजनामा सचेतनामूलक सरसफाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम WAY ग्रुप नेपाल नवलपुरको नियमित श्रृङ्खलाको निरन्तरता स्वरूप आयोजित गरिएको हो।

कार्यक्रमको अध्यक्षता WAY ग्रुप नेपालका केन्द्रीय अध्यक्ष श्री दीपक गौतमले गर्नुभयो भने, प्रमुख अतिथिको रूपमा अन्नपूर्ण गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री एकदेव देवकोटा सहभागी हुनु भयो।

विशिष्ट अतिथिहरूको रूपमा भरतपुर महानगरपालिका वडा नं. ४ का वडा सदस्य तथा WAY ग्रुप नेपालका केन्द्रीय सल्लाहकार श्री विजय सापकोटा, अन्नपूर्ण गाउँपालिकाका वडा सदस्य तथा जिल्ला समन्वय समिति सदस्य श्री गणेश जि.सी., वीरेन्द्र बहुमुखी क्याम्पसका फिजिक्सका उपप्राध्यापक तथा WAY ग्रुप नेपालका सल्लाहकार श्री ईश्वर चन्द्र पौड्याल (ICP), अन्नपूर्ण गाउँपालिकाका निवर्तमान वडा अध्यक्ष श्री चित्रबहादुर गुरुङ, र गैंडाकोटका नगर प्रहरी प्रमुख श्री दीपक अधिकारी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम संचालन WAY ग्रुप नेपालका केन्द्रीय सचिव श्री शालिकराम आचार्यले गर्नुभएको थियो भने, स्वागत मन्तव्य केन्द्रीय उपाध्यक्ष श्री हरि प्रसाद न्यौपानेले दिनुभएको थियो।

कार्यक्रममा विभिन्न अतिथिहरुले WAY ग्रुप नेपालद्वारा विगत १० वर्षदेखि सञ्चालित सचेतनामूलक सरसफाई अभियानको मुक्त कण्ठले प्रशंसा गर्दै आगामी दिनमा पनि समूहसँग सहकार्य गर्ने इच्छाको अभिव्यक्ति गरे। प्रमुख अतिथि वडा अध्यक्ष श्री देवकोटाले लुम्ले क्षेत्रमै सरसफाई योजनाहरू बनाइने र संस्थासँग सहकार्य गर्दै सञ्जाल विस्तारमा सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो।

WAY ग्रुप नेपालका अध्यक्ष श्री दीपक गौतमले लान्द्रुक बजारमा आवश्यक स्थानमा डस्टबिन राख्ने पहल गरिने र पोखरा र लुम्ले क्षेत्रबीच समन्वय गरेर काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सार्वजनिक सरोकार र वातावरणीय सचेतना अभिवृद्धिका लागि आयोजित यस कार्यक्रममा स्थानीय जनप्रतिनिधि, टोल विकास संस्था, आमा समूह, वातावरणप्रेमी नागरिक र स्थानीय बासिन्दा गरी कुल ७३ जनाको सहभागिता रहेको थियो।

सोमबार, असार १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.