• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भ्यालेन्टाइन डे : विश्व प्रख्यात वियोगका चार प्रेमकथा


काठमाडौं : आज फेव्रुअरी १४  प्रणय दिवस, भ्यालेन्टाइन डे । तेस्रो शताब्दीमा रोमन शासक क्लोडियसको पालामा भएको एउटा अभूतपूर्व प्रेमजोडीको सम्झनामा यो पर्व मनाउन थालिएको कथन छ । क्लोडियसको समयमा उनको मान्यता थियो, जब विवाह गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोषक गरिदिए, ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउने छैन ।’

तर सन्त भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरोध गरे । सन्त भ्यालेन्टाइनले सबैलाई विवाह गर्न उक्साए । जागरुक गराए । यही क्रममा केही अधिकारी र सैनिकले विवाह गरे ।

 

जब क्लोडियसलाई सन्त भ्यालेन्टाइनले आफ्नो मान्यता विपरीत प्रेम र विवाहका लागि अरुलाई प्रेरित गरेको थाहा भयो, तब भ्यालेन्टाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो ।

आखिरमा सन्त भ्यालेन्टाइनलाई फाँसी दिने फैसला क्लोडियसले सुनाए । फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेमपत्र लेखे । त्यसको मुनि उनले लेखेका थिए, ‘फ्रम योर भ्यालेन्टाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी दृष्टिविहीन छोरीलाई दिनू ।’ राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई फाँसी दिए । यही दिनलाई भ्यालेन्टाइनको समर्पणमा मानिसहरुले भ्यालेन्टाइन डे मनाउन सुरु गरे भन्ने कथन छ ।

 

यसरी प्रेमको विषयमा फाँसीको सजाय पाएका भ्यालेन्टाइनको चर्चा धेरै भएपनि त्यसपछिको कालखण्डमा धेरै प्रेमीप्रेमीकाहरुको नाम प्रेमिल जोडीको रुपमा जोडिने गर्छ । केही जोडीको नाम तल चर्चा गरिएको छ ।

राजकुमार इडवार्ड र वालिस

राजकुमार इडवार्ड र वालिस पनि प्रेमको लागि राजगद्दीसम्म त्याग्ने अर्का उदाहरणीय पात्र हुन् । इडवार्ड वेल्सका राजकुमार थिए भने वालिस अमेरिकी महिला थिइन् । उनीहरुको भेट एउटा पार्टीमा भएको थियो । सोही समयदेखि उनीहरुबीच प्रेम सम्बन्ध सुरु भएको थियो । त्यतिबेला वेल्सको नियमअनुसार विदेशी महिलासँग त्यहाँका राजकुमारहरुले विवाह गर्न अनुमति थिएन । तर उनले गरे । यसले उनीहरुको राज्य संयन्त्रमा ठूलो हलचल ल्यायो । उनको बुबाको निधन भएपछि उनी राजगद्दीमा बसे । तर त्यहाँ कि वालिसलाई रोज्न या त राजगद्दीमध्ये एक रोज्न भनियो । अन्तमा उनले प्रेमको लागि राजगद्दी त्यागे ।

एन्टोनी र क्लियोपेट्रा

यो इजिप्टकी रानी क्लियोपेट्रासँग जोडिएको प्रेमजोडीबीचको समर्पणको नमुना हो । यो इसापूर्व अन्तिम शताब्दीको घटना हो । सुन्दरी क्लियोपेट्राको रोमका राजा जुलियस सिजरसँग प्रेम सम्बन्ध थियो । उनीहरुको प्रेम सम्बन्ध गहिरिँदै जाँदा सिजरको हत्या भयो । उनको मृत्युबाट क्लियोपेट्रा विक्षिप्त भइन् । सिजरको हत्यापछि रोममा मार्क एन्टोनी नामका व्यक्ति हाबी भए । इजिप्टकी रानी क्लियोपेट्राको सुन्दरताको बारेमा जानेका एन्टोनीले उनलाई रोम भ्रमणको लागि निम्तो दिए । उनीहरु भेट हुँदा एन्टोनीले क्लियोपेट्रालाई मन पराए । मन मात्रै पराएनन्, उनको प्रेममा यति पागल भए कि रोम छाडेर उनी इजिप्ट नै गए ।

आफ्नी पहिली श्रीमती छाडेर उनी देश छाडेर गएको देखेपछि उनका जेठान अक्टाभियनले इजिप्ट विरुद्ध नै युद्ध घोषणा गरेका थिए । युद्धपछि एन्टोनी र क्लियोपेट्रा दुवैलाई पक्राउ गरियो । एन्टोनीलाई उनकी प्रेमिकाको मृत्यु भइसकेको खबर सुनाइयो । त्यो खबर सुनेपछि एन्टोनीले आत्महत्या गरे । प्रेमीको देहान्तबाट छट्पटिएकी क्लियोपेट्राले कुनै व्यक्तिमार्फत जेलमा विषालु सर्प मगाएर आत्महत्या गरिन् ।

भोल्तेयर र इमिली

चर्चित फ्रान्सेली दार्शनिक तथा लेखक भोल्तेयरको बारेमा धेरै परिचित छन् । उनको साहित्य र दर्शन जति चर्चित छ, उनको प्रेम जीवन पनि त्यस्तै चर्चित छ । उनको फ्रान्सकै सामाजिक कार्यकर्ता इमिलीसँग प्रेम बस्यो । इमिली विवाहिता थिइन् । तर पनि भोल्तेयरसँग उनको गहिरो प्रेम थियो । बौद्धिक एवं दार्शनिक प्रेमका लागि विश्वभर चर्चित यो जोडीको प्रेम सम्बन्धको १९ औं वर्षमा इमिलीको निधनसँगै पूर्णविराम लाग्यो । तर उनीहरुको प्रेम चर्चा भने विश्वभर उदाहरणीय मानिन्छ ।

जार निकोलस द्वितीय र अलेक्जेन्ड्रा फेडेरोभ्ना

एउटी प्रेमिका वा रानीको प्रेममा परेर कतिसम्म एकोहोरो बन्छन् भन्ने उदाहरण हुन् जार निकोलस द्वितीय । उनी राजकुमार हुँदै अलेक्जेन्ड्रा फेडेरोभ्नासँग मायाजालमा फसे । उनीहरूबीच गहिरो प्रेम बस्दै गयो । १९ औं शताब्दीको अन्तिममा निकोलसका बुबाको निधन भयो । उनी सत्तामा आए । उनले अलेक्जेन्ड्रासँग विवाह पनि गरे ।

विवाहपछि झनै उनी अलेक्जेन्ड्रासँग यति एकोहोरो भए कि उनले जनताको बारेमा केही नसोचेको भन्दै उनी विरुद्ध असन्तुष्टि बढ्दै गयो । विस्तारै विद्रोह बढ्दै गएर त्यहाँको सत्ता ढल्यो । तर उनको रानीप्रतिको एकोहोरोपनामा कम भएन । उनीहरु साइबेरिया भागे । पछि साइबेरियामै उनीहरुको हत्या भयो ।

 

  • ‘भ्यालेन्टाइन डे’
सोमबार, फागुन ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
आज अन्तरराष्ट्रिय योग दिवस
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.