काठमाडौं : मदिराको अवैध कारोबार गर्ने चार जना पक्राउ परेका छन् । भारतबाट चोरी चकारी गरी नेपालमा अवैध कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सा गादी घर भई बुढानिलकण्ठ क्षेत्रमा बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा काठमाडौंका शैलेश पन्त, पर्सा सुवर्णपुर घर भई हाँडीगाउँ बस्ने रविन पाख्रिन र सर्लाही बरहथवा घर भई चाबहिल बस्ने नारायणप्रसाद घिमिरे छन् ।
प्रहरीले उनीहरुबाट रेड लेबल, ब्ल्याक लेबल, अबसोलुट भोड्कालगायतका रक्सीहरु भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको विशेष टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरुलाई प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चातः थप अनसन्धान तथा कारबाहीको लागि आइतबार राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको छ । बख्रेलले विगत ३ महिना अगावै प्रथम पटक १६० काटुन, दोस्रो पटक २०० काटुन र तेस्रो पटक ३०० कार्टन ब्ल्याक लेबल, रेड लेबल, विभास रिंगल र ऐप्सुलेट भोड्का ल्याई गैरकानुनी रुपमा विक्रि वितरण गरेको प्रहरीले जनाएको छ ।