• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३. विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ४. आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

विमानको पाङ्ग्रामा लुकेका व्यक्ति ११ घण्टाको उडान पछि पनि जीवितै

दक्षिण अफ्रिकाबाट आएको एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भागमा लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा जीवितै फेला पारेको छ ।

सामान्यतया जोह्यानिस्बर्गबाट एम्स्टर्ड्यामको उडानका लागि ११ घण्टा लाग्छ । दक्षिण अफ्रिकाको उक्त सहरबाट उडेको कार्गो विमान केन्याको राजधानी नाइरोबीमा एक पटक रोकिएको थियो ।

आकाशमा निकै माथि पुगेपछि अक्सिजनको मात्रा तथा तापक्रम घट्ने हुँदा सास फेर्न नसकेर र कठ्याङ्ग्रिएर मानिसको मृत्यु हुन्छ । प्रहरीले ती व्यक्ति केन्याका नागरिक भएको र उनको उमेर २२ वर्षको भएको  पुष्टि गरेको छ ।

तर केन्याबाट वा दक्षिण अफ्रिकाबाट विमानमा त्यसरी किन लुके भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनले नेदरल्यान्ड्मा शरण लिने इच्छा राखेको बताइएको छ ।

ती व्यक्ति होसमा रहेको र कुराकानी गर्न सक्ने अवस्थामा उनको अस्पतालमा उपचार भइरहेको छ । ‘उनले नेदरल्यान्ड्समा शरणका लागि आवेदन दिन्छन् भन्ने लागेको छ । तर अहिले उनको उपचार प्राथमिक कुरो हो,’ डच प्रहरीकी एक प्रवक्ताले बताइन् ।

लामो दूरीको उडानमा विमानको बाहिरी भागमा लुकेर त्यसरी चढ्ने मानिस जीवित फेला पर्नु असामान्य मानिन्छ । ‘ती व्यक्ति उक्त विमानको नोज ह्वील भएको भागमा जीवित फेला परे र उनलाई स्थिर अवस्थामै अस्पताल लगियो,’ यसअघि प्रहरी प्रवक्ता योआना हेल्मन्ड्सले समाचार संस्था एएफपीलाई बताएकी थिइन् ।

‘ती व्यक्ति अझै जीवित हुनु अद्भुत कुरा हो,’ उनले भनिन् ।विमानको अग्रभागमुनि रहेको र विमान अवतरण गर्दा प्रयोग हुने पाङ्ग्रालाई नोज ह्वील भनिन्छ ।

नेदरल्यान्ड्समा विगत पाँच वर्षमा सात जनालाई विमानमा लुकेर यात्रा गर्न खोजेका थिए । तर तीमध्ये केवल दुई जना जीवित फेला परे ।

डच प्रसारक एनओसका अनुसार विमानस्थलमा फेला परेपछि ती व्यक्तिको शरीरको तापक्रम बढाइएको थियो । एम्बुलेन्स आउँदासम्म सोधिएका प्रश्नको उनले उत्तर दिएका थिए ।

कार्गो विमान कम्पनी कार्गोलक्सकी एक प्रवक्ताले समाचार संस्था रोएटर्सलाई ई–मेलमार्फत् कार्गोलक्स इटालियाले सञ्चालन गरेको विमानमा ती व्यक्ति लुकेर आएको पुष्टि गरेकी थिइन् ।

आइतबार जोह्यानिस्बर्गबाट स्किपोल उडेको कार्गोलक्सको मालवाहक विमान नाइरोबीमा एकचोटि ओर्लिएको उडानसम्बन्धी डेटाले देखाएको थियो । बीबीसी

  • ११ घण्टा
  • उडान
  • जीवित
  • पाङ्ग्रा
  • लुकेका
  • विमान
  • व्यक्ति
आइतबार, माघ १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित
विश्व हाँसो दिवस मानाउँदै
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ४.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

भर्खरै

  • १.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ३.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ६.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ७.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.