• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रोजगारका लागि कतार पुगेका नेपाली बिचल्लीमा ,उद्धारका लागी आग्रह 

दोहा : कतारमा नेपालीहरु बिचल्लीमा परेका छन् । धन कमाउने मिठो सपना बोकेर रोजगारीका लागि कतार पुगेका १४ जना नेपाली बिचल्लीमा परेका हुन् । कतार पुगेका उनीहरू दुई महिनादेखि अलपत्र छन् ।

काठमाडौँको बालुवाटारस्थित कन्टिनेन्टल एचआरडी कन्सल्टेन्ट्स प्रालिमार्फत कतारको ए टु जेट सर्विसेज कम्पनीमा काम गर्न पुगेका उनीहरुलाइ कम्पनीले काम नदिएर अलपत्र पारेको पीडितले बताए ।

उनीहरुका अनुसार कन्टिनेन्टल एचआरडीका निर्देशक केशव खनाललाई प्रतिव्यक्ति १ लाख ५० हजारदेखि १ लाख ७५ हजारसम्म बुझाएर अफिस ब्वाईको काम गर्ने सम्झौता गरे पनि कम्पनीले काम नदिएको उनीहरूको गुनासो छ । अहिले उनीहरू कतारको सानैयास्थित ३७ क्याम्पको कोठामा बसेका छन् ।

‘हामी नोबेम्बर १४ तारिखमा यहाँ आएका हौँ, हामी आएका ४१ जनामध्ये अरुले जसोतसो काम पाएका छन्,’ उनीहरुले भने, ‘हामीले जम्मा आठ दिन मात्र काम गर्न पायौँ, त्यसपछि कम्पनीले काम दिएको छैन । हामी दुई महिनादेखि कामबिहीन भएर कोठामै बसिरहेका छौँ।’

पिडितहरुले आएको दुई महिना हुँदासम्म पनि कम्पनीले कुनै वास्ता नगरेको, बिरामी हुँदा हेरचाह नगरेको र कम्पनीले आफूहरूलाई अहिले काम नभएको दुखेसो पोखेका छन् ।

‘साहुसँग चर्को ब्याजमा ऋण काढेर विदेश आइयो, यहाँ धन कमाउने त कता हो कता खाने बस्नेसम्म टुंगो छैन,’ पिडितले थपे, ‘ राम्रो कमाई हुने प्रलोभन लिएर नेपालबाट म्यानपावरले पठायो, यहाँ कम्पनी बेसिक तलव पनि दिदैन् घरमा बाआमा बालबच्चालाई के पठाउने रु’

यता नेपालबाट पठाउने मेनपावर कम्पनीले भने अहिले कोठामै बस्नु भनेकाले बसिरहेको उनीहरूले बताए । अर्का पीडितले भने, ‘कम्पनीले काम छैन भनेको छ । हामी कोठा दुस्खले बसेका छौँ । हामीलाई पठाउने मेनपावर कम्पनीले पनि कोठामा बस्दै गर्नु काम दिलाउँछौँ भनेको थियो । दुई महिना भइसक्यो काम पाइएको छैन । मेनपावर कम्पनीले पनि झुक्यायो ।’

‘आफूहरुले कम्पनीविरुद्ध लेवरकोटमा उजुरी दिएको र कोटले दुवै पक्षलाई छलफलको लागि बोलाए पनि कम्पनी नगएका कारण आफूहरुको मुद्दामा कुनै सुनुवाइ नभएको बताए । उनिहरुले भने, ‘कम्पनीले मुद्दा फिर्ता लिए काम दिन्छु भनेपछि हामीले मुद्दा फिर्ता लियौँ तर, अझै पनि काम पाएका छैनौँ । लेवरकोटले न्यायका लागि हाईकोटमा जानु भनेको छ । मुद्दा मामिलामा हामी फस्यौँ भने परिवार कसरी चलाउने । हामी यहाँ मुद्दा मामिला गर्न आएको होइन काम गर्न आएका हौँ।’

पीडितहरूले कि त आफूहरूलाई काम दिलाई दिन वा सकुशल नेपाल फर्काईदिन नेपाली दूतावास, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत निकायलाई अनुरोध गरेका छन् ।

उनीहरूलाई पठाउने कन्टिनेन्टल एचआरडीका निर्देशक केशव खनालले भने कोरोना महामारीका कारण कम्पनीले काम दिलाउन ढिलाई गरे पनि चाँडै उनीहरूले काम पाउने बताए । उनले भने, ‘कोरोना कहरले केहीलाई काम दिलाउन ढिला भयो । फेब्रुअरी दोस्रो हप्तासम्ममा सबैलाई काम दिलाउने कम्पनीले हामीसँग प्रतिबद्धता गरेको छ । हामीले पनि उनीहरूलाई सकेसम्म चाँडो काम दिलाउन प्रयासमा जुटेका छौँ ।’

निर्देशक खनालले भने, ‘फेब्रु‍अरी १५ तारिखसम्म पनि काम नदिए उनीहरूलाई फिर्ता ल्याउने मेरो काम हो । मैले पठाएको कामदारको पूरा जिम्मेवारी लिन्छु । अहिलेसम्म धेरैलाई पठाईयो उनीहरु नै हुन् पहिलो पटक समस्यामा परे । सकेसम्म चाँडो उनीहरूको समस्या हल गर्नेछु ।’

खानाको लागि कम्पनीले महिनाको तीन सय कतारी रियाल दिएकाले खानाको कुनै समस्या नभएको जानकारी आफूले पाएको पनि खनालले बताए । अहिले पीडितसँग पनि आफू नियमित सम्पर्कमा रहेको उनले जानकारी दिए ।

पछिल्लो समय मलेसिया तथा खाडी मुलुकमा कार्यरत नेपालीलाई कम्पनीहरूले कोरोना महामारीको कारण देखाउँदै कामदारलाई करार अबधि सकिए पनि घर नपठाउने तथा काम गरेको पूरा तलव पनि नदिने गरेको गुनासो बढ्न थालेको छ।

khabarhub

  • आग्रह
  • उद्धारका
  • कतार
  • नेपाली
  • पुगेका
  • बिचल्लीमा
  • लागी
मङ्गलबार, माघ ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.