• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७. गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल


चितवन, साउन २१ – निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला निकै सहज बनेको छ । नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा मात्रै लाग्ने गरेको छ । त्यसो त कतिपय निजी सवारी चालकहरु एक घण्टा ३० मिनेटमा यो सडक पार गरेको बताउँछन् ।

गत वर्षमा दाउन्नेको सडकका कारण कतिपयले यही सडकमा रात बिताउनु परेको थियो । वर्षा र चाडपर्वको बेला पूर्वपश्चिम यात्रा गर्नुपर्ने कतिपय पर्वमा घर जान समेत नसकेको पीडा छ । यहाँका ग्याँस उद्योगी विमल कालाखेती गत साता एक घण्टा ३० मिनेटमा बुटवलबाट नारायणगढ अनुभव सुनाउनुहुन्छ । सडक सहज र कतै अवरोध नभएको उहाँको भनाइ छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का उद्योगी प्रकाश आचार्य नारायणगढबाट एक घण्टा ५० मिनेटमा घरमा नै पुगेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “परिवारसहित निजी सवारीमा आउँदा निकै छिटो आइयो । विगतका सबै दुःख अहिले सडकले बिर्साएको छ ।” विगतमा यात्रा गर्दा दाउन्नेमा लामो जाममा पर्ने गरेको स्मरण गर्दै आचार्यले भन्नुभयो, “नारायणगढबाट साँझ ६ बजे हिँडेर भोलि पल्ट बिहान १०ः०० बजे घर पुगेको थिएँ ।” यसरी धेरै पटक दुःख पाएको उहाँले बताउनुभयो । अहिले सडक फराकिलो र निकै गुणस्तरीय भएको उहाँको भनाइ छ ।

बुधबार बुटवलबाट दुई घण्टामा नारायगढ आइपुग्नु भएका सञ्चारकर्मी प्रकाश ज्ञवालीले विगतमा यही सडक १२ घण्टाभन्दा बढी समय लगाएर पार गरेको बताउनुभयो । रुपन्देहीको सैनामैनामा बुबा आमासँग दसैं मान्न परिवार सहित भरतपुरबाट जाँदा १२ घण्टा सडकमै बिताएको उहाँले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “झण्डै सात वर्ष हामीले पीडादायी यात्रा सडकमा भोग्यौँ, हिजो म दुई घण्टामा बुटवलबाट नारायणगढ आइपुगेँ ।”

भरतपुरका एक कर्मचारी आफ्नो निजी गाडीमा नारायणगढबाट एक घण्टा ४४ मिनेटमा बुटवलको चौराहा चोक पुगेको बताउनुहुन्छ । बाटोमा दुई ठाउँमा शौच गरेर जाँदा समेत सो समयमा पुगेको उहाँको भनाइ छ । यो सडकमा समस्या आएर बुटवल–पाल्पालगायतबाट आउने यात्रु पोखरा हुँदै आउनुपर्ने बाध्यता थियो । कतिपयले कालीगण्डकी करिडोरको बाटो समेत प्रयोग गर्ने गरेका थिए । चितवन आउँदा भैरहवाबाट विमानमार्फतकाठमाडौँ हुँदै पुनः चितवनमा आउनेहरु पनि प्रशस्त थिए । कतिपयले भैरहवाबाट पोखरा गएर चितवन आउने गरेका थिए ।

चौतारी यातायात सेवा प्रालिका अध्यक्ष भुवन बराल पहिले पहिले रातभरी पनि जाममा बस्नुपर्ने सडक अहिले यात्रु झार्दै र चढाउँदै जाँदा पनि तीन घण्टामा पुगिने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विगतमा यो सडक खण्डमा सवारी सञ्चालन गर्दा दैनिक टुटफुट र मर्मत गर्नुपर्ने बाध्यता थियो, अहिले समस्या छैन ।”

वर्षातको समयमा धेरैले निकै दुःख पाएको यो सडक अहिले सरर बनेको छ । नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालका अनुसार यो सडकको निर्माण दुई खण्डको ९२ प्रतिशत हाराहारी सकिएको छ । सडक सुरक्षा र केही ठाउँमा नाली जोड्ने काम मात्रै बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

नारायणगढबाट ११३।३५ किमी बुटवलको दूरी छ । यो सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । दुवै ठेक्का एउटै चिनिया ठेकेदार कम्पनीले पाएको छ । करिब रु।१६।९९ अर्ब लागतमा निर्माण भइरहेको यस आयोजनामा एसियाली विकास बैंक ९एडिबी० को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ ।

चिनियाँ सरकारी कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ले निर्माणको जिम्मा पाएको यस आयोजनाको काम विसं २०७५ चैत ८ गतेदेखि सुरु भएको थियो । सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि पटक पटक मिति थप गर्दै आएको छ । ६५ किलोमिटर लम्बाइको नारायणगढ–दाउन्ने खण्डलाई ‘पूर्वी खण्ड’ र ४९ किलोमिटर लम्बाइको दाउन्ने–बुटवल खण्डलाई ‘पश्चिमी खण्ड’ भनिएको छ ।

नारायणगढ–बुटवल सडक दुई लेनबाट चार लेनमा विस्तार गरिएको हो । बस्ती भएका ठाउँमा छ लेन बनाइएको छ । यस विस्तारअन्तर्गत बजार क्षेत्रको २८ किलोमिटर खण्डलाई छ लेन र अन्य क्षेत्रलाई चार लेनमा स्तरोन्नति गरिएको छ । रासस

 

बिहिबार, साउन २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न
नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै
चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित
एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ४.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ५.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ७.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ८.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.