• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, पुष २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

लोकप्रिय समाचार

  • १. माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • २. आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

साढे १२ हजार वर्षपछि पृथ्वीमा फर्कियो एउटा ब्वाँसो

काठमाडौँ, चैत २७-  संसारबाट १२ हजार ५०० वर्षअघि नै लोप भएको एउटा ब्वाँसोको प्रजातिलाई वैज्ञानिकहरूले पुनः पृथ्वीमा ल्याउन सफल भएका छन् ।

गेम अफ थ्रोन्स सिरिजले चर्चित बनाएको डायर उल्फ प्रजातिको उक्त ब्वाँसोले जेनेटिक एडिटिंग प्रविधिमार्फत् १० हजार वर्षपछि पुनर्जीवन पाएको हो ।

वैज्ञानिकहरुले लोप भैसकेको यो प्रजातिलाई गत अक्टोबर १ मा पुर्जीवन दिने क्रममा रोमुलस र रेमस नामक दुई बच्चा पैदा गराउन सफल भए ।

अमेरिकाको टेक्सासमा रहेको कोलोसल बायोसाइन्सेसका वैज्ञानिकहरुले जेनेटिक सम्पादनको प्रयोग गरेर एउटा पूर्ण डायर उल्फको जिनोम तयार पारे । त्यसबाट उनीहरुले उक्त ब्वाँसोका तीनवटा बच्चा उत्पादन गर्न सफल भएको सोमबार सार्वजनिक गरेका छन् । डायर उल्फ विश्वकै विलुप्तीमुक्त जीव भएको कोलोसल कम्पनीको भनाइ छ ।

११ हजार ५०० तथा ७२ हजार वर्ष पुरानो जिवावशेषमा पाइएको प्राचीन डिएनएबाट सावधानीपूर्वक त्यसलाई पुनर्निर्मित गरिएको थियो ।

कोलोसल बायोसाइन्सेसका अनुसार उसको उद्देश्य यस्तो पहिलो कम्पनी बन्नु थियो जसले सिआआईएसपिआर (क्लस्टर्ड रेगुलेटरी इन्टरस्पेस्ड शर्ट प्यालिन्ड्रोमिक रिपिट्स) प्रविधिको सफलतापूर्वक प्रयोग गरेर विलुप्त प्रजातिलाई पृथ्वीमा फिर्ता ल्याउन सक्षम होस् ।

यसरी पैदा गरिएका बच्चा रोमुलस, रेमस र खलिसी सामान्य भालुको बच्चा (गदु)जस्तै खेलिरहेका छन्, तर उनीहरू सामान्य गदुभन्दा फरक छन् ।

हिउँजस्तै सेता ती ६ महिनाका बच्चाका बारेमा धेरै कुरा अनौठो छ, खासगरी उनीहरुको आकार ।

कम उमेरमै ती गदुहरु करिब चार फिट लामा छन् र तौल ३६ केजीभन्दा धेरै छ । यो भालुको जीउ वयस्क हुँदा ६ फिट लामो र ६८ केजी वजनसम्मको हुनसक्ने बताइएको छ ।

यी ठूलो आकारका छन् र व्यवहार जंगली ब्वाँसोजस्तै छ । उनीहरुले मानिससँग दूरी कायम गर्दछन् र मानिस नजिक आउँदा पछि हट्छन् । उनीहरुलाई जन्मदेखि नै लालनपालन गर्दै आएका सुसारेसँग पनि ती बच्चा नजिक आउँदैनन् ।

यो घरेलु कुकुरको व्यवहार होइन, जंगली ब्वाँसोको व्यवहार हो । डायर उल्फ सदियौं अघि अमेरिकी महादेशमा भेनेजुयलाको दक्षिणी भागदेखि क्यानडाको उत्तरी भागसम्म फैलिएको एक विस्तृत श्रृंखलामा घुम्थ्यो । तर, १० हजारभन्दा धेरै वर्षअघि नै यो प्रजाति लोप भएको थियो ।

कोलोसल वैज्ञानिकहरुले जेनेटिक इन्जिनियरिंग तथा प्राचीन डिएनएको प्रयोग गरेर डायर उल्फको जिनोमलाई बुझ्न सफल भए । सामान्य खैरो भालुको जेनेटिक कोडसँग यो भालुको जेनेटिक कोड मिलाउने कोसिस गरे । तत् पश्चात् उनीहरुले घरपालुवा कुकुरलाई भाडाको आमाको रुपमा प्रयोग गरेर रोमुलस, रेमस र खलिसीलाई यस संसारमा ल्याउन सफल भए ।

विश्व इतिहासमा वैज्ञानिकहरुले कुनै विलुप्त प्रजातिलाई पुनः फिर्ता ल्याएको यो पहिलो पटक हो । खलिसीको उमेर दुई महिनाको मात्रै भएको छ । जबकि रोमुलस र रेमस ६ महिनाका भए ।

कोलोसल कम्पनीले डायर उल्फका अलावा अन्य विलुप्त जीवलाई पनि फिर्ता ल्याउन चाहन्छ, जसमा मेमथ, डोडो र थाइलासिन लगायतका छन् । कम्पनीले गत महिना एक भुवादार मुसा तयार पारेको सार्वजनिक गरेका थिए, जसमा मेमथका लक्षणहरु छन् ।

आफ्नो कम्पनीले विकास गरेको प्रविधिले लोप भैसकेका जीवलाई फिर्ता ल्याउने मात्र नभइ लुप्तप्रायः बनिसकेका जीवलाई समेत जोगाउन मद्धत गर्ने कोलोसलको भनाइ छ ।

वैज्ञानिकहरुका अनुसार मेमथलाई पृथ्वीमा फिर्ता ल्याउन सकियो भने त्यसले अहिलेका हात्तीलाई झनै बलशाली बनाउन सकिनेछ जो जलवायु परिवर्तनसँग उत्कृष्ट तरिकाले जुध्न सक्नेछ ।

थाइलासिनलाई फिर्ता ल्याउँदा क्वोल नामक जीवनलाई बँचाउन सहयोग पुग्नेछ भने डायर उल्फलाई पुनर्जीवन दिँदा रातो ब्वाँसो जोगाउन मद्दत मिल्नेछ । एजेन्सी

बुधबार, चैत २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा
कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

लोकप्रिय

  • १.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • २.

  • ३.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ४.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ५.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ६.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ७.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

  • ८.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.