• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, पुष २४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

लोकप्रिय समाचार

  • १. माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • २. आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

देवघाट महामहोत्सव मूल समारोह समितिद्वारा बागेश्वरी गौशाला तथा गुरुकुललाई खाद्यान्न सहयोग

देवघाटमा जारी महामहोत्सवले धार्मिक, आध्यात्मिक र सामाजिक सेवाको अभियानलाई निरन्तरता दिँदै बागेश्वरी गौशाला तथा गुरुकुललाई एक ट्र्याक्टर खाद्यान्न र गाईहरूका लागि आवश्यक अनाज प्रदान गरेको छ। महोत्सवको मूल समारोह समितिको तर्फबाट आयोजित कार्यक्रममा सल्लाहकार डा. श्रीवास कृष्ण दास ब्रह्मचारी को नेतृत्वमा महोत्सव संयोजक डा. केशव राज भुर्तेल, श्याम गौतम लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

खाद्यान्न हस्तान्तरण गर्दै डा. श्रीवास कृष्ण दास ब्रह्मचारी ले वैदिक परम्परामा गुरुकुल र गौशालाको उच्च स्थान रहेको उल्लेख गर्नुभयो । उहाले गाई, वेद र गुरुकुलको संरक्षण नै सनातन धर्मको रक्षा गर्ने महत्वपूर्ण आधारशिला रहेको बताउँदै, महामहोत्सव जस्ता धार्मिक महोत्सवहरूले केवल आध्यात्मिक उन्नति मात्र नभई, समाज सेवाको उदाहरणीय कार्यसमेत गर्दै आएको बताउनुभयो । “गुरुकुल ज्ञानको केन्द्र हो भने गौशाला धर्मको आधारस्तम्भ। यी दुवैको संरक्षणले मात्र वैदिक संस्कृति जोगिन्छ।” – ब्रह्मचारी ज्यूले भने।

डा. ब्रह्मचारीले योगी नरहरिनाथको राष्ट्र निर्माण, धर्म संरक्षण तथा समाज सेवामा पुर्याएको अतुलनीय योगदानको विशेष चर्चा गर्दै, सनातन परम्परालाई जीवन्त राख्न गुरुकुल र गौशालाहरूको संरक्षण अत्यावश्यक रहेको बताउनुभयो । “योगी नरहरिनाथले नेपालको सनातन धर्म संस्कृति जोगाउन जीवनभर समर्पित हुनुभयो। उहाँले देखाएको मार्गमा हिँड्न सके मात्र हामी हाम्रो पहिचान जोगाउन सक्छौँ।” – उहाले थप्नु भयो ।

महोत्सवमा देशभरिबाट भक्तजनहरूले ल्याएको दान-दातव्य दुरुपयोग हुन नदिन आयोजक समिति उच्च सतर्क रहेको बताइएको छ। महोत्सवका प्रेस संयोजक नारन भण्डारी ले एक-एक गेडा अन्न साधु-सन्त, तीर्थयात्री, गुरुकुलका विद्यार्थी र गौशालाको सेवामा मात्र प्रयोग गरिने, कुनै पनि खाद्यान्न बेच्ने वा खेर फाल्ने कार्य हुन नदिन कडा निगरानी राखिने, संकलित खाद्यान्न क्रमशः चितवन, नवलपुर, तनहुँका अन्य गुरुकुल, आश्रम तथा गौशालाहरूमा पुर्याइने व्यवस्था गराइएको जानकारी दिनुभयो |

महोत्सवका संयोजक डा. केशव राज भुर्तेलले, धार्मिक स्थलमा आएको दानको शुद्ध उपयोग गर्न सकेमा समाज नै शुद्ध मार्गतर्फ लाग्ने बताउनु भयो | उहाले थप्नु भयो “दान केवल महोत्सवका लागि सीमित हुन सक्दैन। यसलाई सही ठाउँमा लगेर समाज परिवर्तनको माध्यम बनाउनु पर्छ।”

महोत्सवका पदाधिकारीहरूले स्थानीय निकाय तथा नेपाल सरकारलाई धार्मिक स्थलहरूमा संकलित दानको सदुपयोग गर्ने दीर्घकालीन नीति ल्याउन आग्रह गरेका छन्। “हामीले गरिरहेको काम सरकारले संस्थागत रूपमा गर्न सक्छ। धार्मिक, सामाजिक, शैक्षिक अभियानलाई दिगो बनाउने सरकारी योजना आवश्यक छ।” – आयोजकले उल्लेख गरेका छन्।

देवघाट महामहोत्सव केवल धार्मिक तथा आध्यात्मिक गतिविधिमै सीमित नरही, समाजसेवाका क्षेत्रमा समेत प्रेरणादायी कार्य गर्दै आएको छ। बागेश्वरी गौशाला तथा गुरुकुललाई प्रदान गरिएको खाद्यान्न सहयोगले महोत्सवको सामाजिक उत्तरदायित्वप्रति समर्पित दृष्टिकोणलाई पुष्टि गरेको छ। यस्ता सेवामूलक कार्यक्रमहरूबाट धार्मिक, सांस्कृतिक तथा सामाजिक उन्नतिका लागि सशक्त आधार निर्माण हुने विश्वास गरिन्छ।

बुधबार, माघ १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा
कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

लोकप्रिय

  • १.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • २.

  • ३.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ४.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ५.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ६.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ७.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

  • ८.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.