• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, मङि्सर ०८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जनता मावि हर्कपुरमा ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

बोस्टन कलेजमा दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नारायणी महोत्सवभित्र जिरो ग्र्याभिटी राइडमा युवायुवतीको घुईंचो

आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

आज मिति २०८३ साल मंसिर ७ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ

नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

लोकप्रिय समाचार

  • १. गैँडाकोट–३ को वडा अध्यक्षमा उम्मेदवारी दिने तयारीमा अर्जुन रिमाल, रास्वपाको उम्मेदवार क्लबमा नाम दर्ता

  • २. आज मिति २०८३ साल मंसिर २ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

  • ४. आज मिति २०८३ साल मंसिर ३ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. तराई र काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि हुस्सु तथा कुहिरो, रहने मौसमविद्को पूर्वानुमान

  • ६. आजको मौसमः कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

  • ७. आज मिति २०८३ साल मंसिर ४ गते शुक्रबार , यस्तो छ तपाईको आजको राशिफल

  • ८. गोरखा र कालिकोटका मुख्य सडक तथा पुल पूर्ण रूपमा अवरोध

  • ९. नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

  • १०. कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या


बरहथवा (सर्लाही), १६ असोजः अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण सर्लाहीमा दुई हजार ५३३ परिवार प्रभावित भएका छन् ।  लगातारको वर्षापछि बागमती नदी, लखन्देही, झिम, सोती, मनुस्मारालगायत खोलामा बाढी आएको थियो । बाढीले बाँध फुटाएर गाउँमा पसेपछि जिल्लाको दक्षिण पश्चिममा रहेका आठवटा पालिका प्रभावित भएका हुन् । बाढी तथा डुबानमा परेर २९०  घर पूर्णरुपमा नष्ट भएको छभने ५७४ घरमा आंशिक क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, जिल्लामा एक हजार ६६९ घर बाढी पसेर डुबाएको छ । बाढी तथा डुबानमा परेर घरबास गुमाएका परिवार नजिकैका आफन्तकामा शरण लिएर बसिरहेका प्रजिअ अधिकारीले जानकारी दिनुभयो । केहीलाई स्थानीय प्रशासनले नजिकैका सार्वजनिक भवन तथा धर्मशालामा राखेका छन् । विस्थापितहरुलाई प्रहरी प्रशासनले खानेपानी तथा चिउरा, चाउचाउलगायत खाद्यान्न समेत वितरण गरिरहेका उहाँले जानकारी दिनुभयो ।

बलरा नगरपालिकाको ११  वडामा १०६ वटा घर पूर्ण रुपमा र २८२ घरमा आंशिक क्षति पुगेको छभने ५०८ घर बाढीमा डुबेको छ । बाढीमा डुबेका घरमा समेत कम्मर कम्मरसम्म पानी जमेकाले बस्न सक्ने अवस्था नरहेको बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहले जानकारी दिनुभयो । जिल्लामा क्षतिको विवरण सङ्कलन गरिरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । स्थानीय तह, विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा राहत पु¥याउने काम गरिरहेको प्रजिअ अधिकारीले बताउनुभयो ।

यस्तै, रामनगर गाउँपालिका–१, २, ६ र ७ का गाउँमा ८१ घरमा पूर्ण रुपमा र ९० घरमा आंशिक क्षति पुगेका छभने ३३० घर डुबानमा परेको छ ।

जिल्लाको ब्रह्मपुरी गाउँपालिकामा पनि झिम नदीको बाढी पस्दा त्रिभुवननगर गाउँका ४० घरमा आंशिक क्षति पुगेको छभने १९० घर बाढीले डुबानमा पारेको छ । बागमती नदीको बाँध फुटेर पसेको पानीले बसवरिया गाउँपालिका–२, ढापटोलमा आठ घरमा पूर्ण क्षति पुगेको छभने ११७ घर डुबानमा परेको छ ।

यसैबीच, सोती खोलामा आएको बाढीले बरहथवा नगरपालिका–४, हरपुर्वा गाउँमा पाँच घरमा आंशिक क्षति पु¥याएको छभने चार घर डुबानमा परेको बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिनुभयो । चन्द्रनगर गाउँपालिका–१, २, ३, ४ र ५ का विभिन्न गाउँमा गरी ३२ परिवारको घर पूर्ण रुपमा र ५२ घरमा आंशिक क्षति पुगेको छभने ३७० घर डुबानमा परेको छ । गाउँको अधिकांश कच्ची घरमा झिम नदीको बाँध फुटेर बाढी पसेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो ।

जिल्लाको धन्कौल गाउँपालिका–३, ४, ५, ६ र ७ का गाउँमा बागमती खोलाको बाढी पसेको छ । यस पालिकामा ६३ वडा कच्ची घर पूर्ण रुपमा र १०५ वटा घरमा आंशिक क्षति पुगेको पालिकाले जनाएको छभने, ३०० वटा घर डुबानमा परेको छ । बागमती खोलामा आएको बाढी बाँध भत्काएर गाउँतर्फ सोझिएको स्थानीय रामविनय महतोले बताउनुभयो । बाढीले यस क्षेत्रमा तरकारी र धानबालीमा अत्यधिक क्षति पु¥याएको छभने उखुखेतीमा समेत आंशिक क्षति पुगेको स्थानीयको भनाइ छ ।

यस्तै, विष्णु गाउँपालिका–७, डुमला टोलमा पनि एउटा घरमा बाढीले पूर्ण रुपमा क्षति पु¥याइदिएको छ । बाढी तथा डुबानबाट प्रभावित अधिकांश स्थानमा अझै कम्मरसम्म पानी जमेका कारण स्थानीयलाई पकाएर खानसमेत समस्या भएको बताएका छन् । दाउरा भिजेको र ग्यास चुल्हो विपन्न परिवारको पहुँचमा नरहेका कारण समस्या भएको उनीहरुले गुनासो गरे । तत्कालका लागि खाना पकाएर खाने व्यवस्था गरीदिन बसबरिया गाउँपालिका–२, ढापटोलका दीपेन्द्र ठाकुरले अनुरोध गर्नुभयो ।

बाढी तथा डुबानमा रहेका अधिकांश गाउँका स्थानीयले स्वच्छ खानेपानी नपाएको गुनासो गरेका छन् । चापाकलहरु पानीमा डुबेका र खानेपानीको दिगो व्यवस्था नभएका कारण दुषित पानीका कारण स्थानीय सङ्कटमा रहेको बलरा नगरपालिका–१, निवासी चुनचुन महतोले बताउनुभयो । स्थानीयले पहिलो आवश्यकताअनुसारको राहतसमेत नपाएको उहाँले गुनासो गर्नुभयो । बाँस र माटोले बनेका खपडा, टायल र जस्ताको छाना भएका कच्ची घरहरु डुबानमा परेर क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

बुधबार, असोज १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जनता मावि हर्कपुरमा ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
बोस्टन कलेजमा दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
नारायणी महोत्सवभित्र जिरो ग्र्याभिटी राइडमा युवायुवतीको घुईंचो
पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग
काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ
नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

लोकप्रिय

  • १.
    गैँडाकोट–३ को वडा अध्यक्षमा उम्मेदवारी दिने तयारीमा अर्जुन रिमाल, रास्वपाको उम्मेदवार क्लबमा नाम दर्ता

  • २.
    आज मिति २०८३ साल मंसिर २ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

  • ४.
    आज मिति २०८३ साल मंसिर ३ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    तराई र काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि हुस्सु तथा कुहिरो, रहने मौसमविद्को पूर्वानुमान

  • ६.
    आजको मौसमः कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

भर्खरै

  • १.
    जनता मावि हर्कपुरमा ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

  • २.
    बोस्टन कलेजमा दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

  • ३.
    नारायणी महोत्सवभित्र जिरो ग्र्याभिटी राइडमा युवायुवतीको घुईंचो

  • ४.
    आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  • ५.
    आज मिति २०८३ साल मंसिर ७ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

  • ७.
    काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ

  • ८.
    नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.