काठमाडौँ, माघ १७- सिन्धुपाल्चोकमा दुर्घटना हुँदा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ मा बा २ च ४४५० नम्बरको जिप दुर्घटना हुँदा दुई जना भुटानी नागरिकको मृत्यु भएको हो। दुर्घटनामा भुटानी नागरिकहरू ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मोको मृत्यु भएको खुलेको उनले बताए।
जिपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली (चालक) सवार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरञ्जन भट्टराईले जानकारी दिए ।
घाइतेतेलाई हेलिकप्टरबाटै काठमाडौं ल्याइएको छ।