गैँडाकोट । नवलपुरको गैँडाकोटमा बाथरुममा लडेर एक महिलाको मृत्यु भएको छ । बाग्लुङको काठेखोला गाउँपालिका वडा नं. ५ बिहु घर भएकी ४० बर्षिया गोमा कडेलको बाथरुममा लडेर ज्यान गएको हो ।
गैँडाकोट नगरपालिका वडा नं. १५ अमरापुरी स्थित दिदिको घरमा पाहुना आएकी कडेलको आज विहान ७ : ३० वजे बाथरुममा लडेर बेहोस अवस्थामा उद्धार गरिएको थियो ।
उपचारको लागि भरतपुरको पुरानो मेडिकल कलेज लगिएकोमा उनलाई विहान पौने ९ वजे चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।