• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • १०. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

ईपीएस भाषा परीक्षाका लागि डेढ दशकमा साढे ७ लाख नेपालीको आवेदन


काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेर नेपालीहरू दक्षिण कोरिया जान्छन् । सन् २००८ देखि कोरियाले कोरियन भाषा परीक्षा मार्फत नेपालीहरूलाई कामका लागि लग्दै आएको छ ।

पछिल्लो समय कोरिया नेपाली श्रमिकहरूको प्रमुख रोजाइमा पर्दै आएको छ । त्यसका लागि नेपालमा भाषा परीक्षाको कक्षा सिक्छन् । भाषा परीक्षा सिकेर भाषा परीक्षा दिएर पास भएको खण्डमा नेपालीहरू कोरियामा रोजगारीका लागि जान पाउँछन् ।

यो क्रम विगत १६ वर्षदेखि निरन्तर चलिरहेको छ । कोरोना महामारीको समयमा रोकिएको थियो । त्यो बाहेक भने हरेक वर्ष कोरियाले नेपालसहित विभिन्न १६ देशबाट श्रमिकहरू लगिरहेको छ । नेपालबाट हालसम्म १ लाख १० हजारभन्दा बढी नेपाली कोरिया पुगिसकेको ईपीएस कोरिया शाखाको तथ्यांक छ । हाल ४५ हजारको हाराहारीमा नेपालीहरू कोरियामा कार्यरत छन् ।

कोरियन भाषा परीक्षाका लागि सन् २००८ देखि सन् २०२३ सम्मको तथ्यांक हेर्दा ७ लाख ९९ हजार १६७ जनाले आवेदन दिएका छन् । जसमा ५ लाख ८५ हजार ९८९ जनाले परीक्षा दिएका छन् । आवेदन दिएका ७ लाख ९९ हजार १६७ मध्ये १ लाख ६४ हजार ७१६ जनाले हालै मात्रै आवेदन फारम भरेका हुन् । उनीहरूको परीक्षा मिति यकिन भइसकेको छैन ।

तीमध्ये ९६ हजार २२१ जना पास भएका छन् । त्यसमध्ये ८५ हजार ९३६ जनाले कोरियामा काम गर्न जानका लागि भन्दै जब एप्लिकेशन फर्म भरेका छन् । ईपीएस कोरिया शाखाको तथ्यांक अनुसार हालसम्म १ लाख १० हजारभन्दा बढी नेपाली कोरिया पुगेर काम गरिसकेका छन् ।

केही समय अगाडिको रेकर्डमा १ लाख १ हजार २६८ जना कोरियामा पुगेको देखिएको हो । तर, हालसम्म १ लाख १० हजारभन्दा बढी कोरिया पुगिसकेका छन् । उनीहरूको विवरण अद्यावधिक गर्न बाँकी छ ।

eppp

ईपीएस कोरिया शाखाका अधिकृत कमल श्रेष्ठका अनुसार भाषा परीक्षाका लागि आवेदन दिँदा २८ अमेरिकी डलर आवेदन शुल्क तिर्नुपर्छ । त्यो हाल खल्ती मार्फत अनलाइन पेमेन्ट गर्नुपर्छ ।

त्यो पैसा ईपीएस कोरिया शाखाले सिधै कामदार छनोट गर्ने कोरियाको सरकारी निकाय एचआरडी कोरियालाई पठाउँछ । र परीक्षा सम्पन्न भएपछि एचआरडीले ८ डलर ईपीएस कोरिया शाखालाई फिर्ता पठाउँछ ।

हालसम्म वैदेशिक रोजगारीका लागि कोरिया जान आवेदन दिएका ७ लाख ९९ हजार जनाले २ करोड २३ लाखभन्दा बढी अमेरिकी डलर विदेश पठाएका छन् । त्योमध्ये ६३ लाख ९३ हजार डलर एचआरडीले नेपाललाई फिर्ता पठाएको छ ।

एचआरडीले नेपाललाई फिर्ता गर्ने रकम ईपीएस शाखा कार्यालयको कोषमा जम्मा हुने गरेको छ । कार्यालयले आफ्नो सञ्चालन खर्च त्यही पैसाबाट बेहोर्ने गरेको छ ।  हालसम्म कोषमा २५ करोडको हाराहारीमा रकम जम्मा भएको ईपीएसले जनाएको छ ।

कोरिया जाँदा झण्डै २ लाख खर्च : 

ईपीएस मार्फत कोरिया जाँदा सरकारी तहबाट पठाइन्छ । सरकारले शून्य लागत तथा न्यूनतम १० हजार रुपैयाँ शुल्क लिएर मात्रै कामदारलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने दाबी गर्दै आएको छ । तर, कोरियामा भने सरकारी तरहबाट नै जाँदा पनि झण्डै २ लाख रुपैयाँ खर्च हुने गरेको छ ।

२८ डलर आवेदन शुल्क, ६३ डलर पूर्व प्रस्थान अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण, हवाई टिकट लगायतमा झण्डै २ लाख रुपैयाँ खर्च हुने गरेको हो ।

श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले कोरियामा पठाउँदा झण्डै २ लाख रुपैयाँ खर्च हुने गरेको बताए । हाल हवाई भाडा मात्रै ८९५ अमेरिकी डलर तिर्दै आएका छन् । यसअघि १२०० अमेरिकी डलर भाडा तिर्दै आएका थिए । गत २०७९ को माघबाट लागूहुनेगरी भाडा घटाइएको थियो ।

हाल हवाई भाडा, आवेदन शुल्क लगायत गरेर हाल २ लाख रुपैयाँ तिर्दै आएका हुन् । यसका अलावा ईपीएस भाषा पढ्नको लागि नेपालीहरूले दसौँ हजार रुपैयाँ खर्च गर्ने गरेका छन् । नेपालमै सञ्चालित भाषा कक्षा सेन्टरहरूले प्रति व्यक्ति १० हजारदेखि ५० हजार रुपैयाँसम्म लिने गरेका परीक्षार्थीहरूको भनाइ छ ।

सोमबार, माघ १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.