सुनसरी, ९ माघ सुनसरीबाट ठुलो परिणाममा गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय राम बहादुर राई रहेका छन् ।
देवानगंज गाउँपालिका-६ नहरचोकबाट करिब ८० किलो गाँजासहित सोमबार दिउँसो उनीहरु पक्राउ परेका हुन् । रासिबाट भारततर्फ जाँदै गरेको को.१ ह ५०९९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको विभिन्न भागमा लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक कुमार र अटोमा सवार राम बहादुरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।