सिमरा : पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार जीतपुरसिमरा उपमहानगरपालिका-६ स्थित मुसहर बस्तीको अवलोकन गरेका छन् ।
करिब दुई सातादेखि सिमरामा रहेका पूर्वराजा शाह परिवारका सदस्य लिएर बस्ती अवलोकन गर्न पुगेका हुन् ।प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले गत असोज १२ गते मुसहर समुदायका २० परिवारलाई उक्त बस्ती हस्तान्तरण गरेको थियो ।
पूर्वराजपरिवार भित्रका सदस्यले निर्माण गरी हस्तान्तरण गरेको बस्ती अवलोकन गर्न पूर्वराजा पुगेका हुन् ।पूर्वराजा ज्ञानेन्द्रसँग पत्नी कोमल, छोरी प्रेरणालगायत पूर्वराजपरिवाका सदस्य सहभागी थिए।