नवलपुरको बुलिङटारमा बिहिबार भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
कालीगण्डकी करिडोर अन्तर्गत तरङ्गे खोलादेखि बुलिङटार बजार तर्फ आउदै गरेको फलामे रड बोकेको लु ४ त २३१३ नं को ट्याक्टर अनियन्त्रीत भई बुलिङटार १ मोजडाडाको सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा ट्रयाक्टरमा सवार बुलिङटार ३ का चन्द्र बहादुर दर्लामीको ट्रयाक्टरले च्यापेर मृत्यु भएको हो भने धनबहादुर नेपाली र मिनबहादुर सार्की घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा घाईते नेपालीलाई थप उपचारका लागि भरतपुर पठाईएको छ भने अर्का घाईते नेपाली स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएका प्रहरीले जनाएको छ ।
नवलपुरमा मात्रै पछिल्लो ६ महिनामा ५२ वटा सवारी दुर्घटनामा २१ जनाले ज्यान गुमाएका छन् भने ४० जना गम्भिर घाईते भएका र २६ साधारण घाईते भएका जिल्ला नवलपुर ट्राफिक प्रमुख प्रहरी निरिक्षक अच्युत आचार्यले जानकारी दिए ।