नवलपुर, माघ ०३ नवलपुरको गैँडाकोटमा आगो ताप्ने क्रममा जलेर ८० बर्षिय वृद्धा घाईते हुनुभएको छ ।
आज विहान करीब ९ बजेको समयमा गैँडाकोट नगरपालिका २ श्रीनगर टोल बस्ने गंगादेबि पौडेल घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगो ताप्ने क्रममा आफुले लगाएको कपडमा आगो सल्किएर घाईते भएकी पौडेलको बायाँ हात, खुट्टा र कोख गरी ३० प्रतिशत भाग जलेको छ ।
उहाँको हाल जिल्ला सरकारी अस्पताल भरतपुर ( चितवन ) मा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।