• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

चितवनका राजकुमार गुरुङ ड्राइभिङ स्कुल सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित


चितवन, २९ पुस । ड्राइभिङ स्कुल सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका राजकुमार गुरुङ निर्वाचित हुनुभएको छ । भरतपुरमा शनिबार राति अबेर भएको पाँचौं महाधिवेशनको निर्वाचन प्रकृयाबाट चितवनका गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

गुरुङ स्किल ड्राइभिङ ट्रेनिङ सेन्टर प्रालीका सञ्चालक एवं सङ्घका केन्द्रीय उपाध्यक्ष गुरुङले यसपटकको नेतृत्व चितवनले पाउनुपर्ने भन्दै छलफल तीव्र बनाएपछि सबैलाई उहाँलाई सहयोग गरेर निर्विरोध निर्वाचित गराएका महाधिवेशन संयोजक राजाराम परियारले जानकारी दिनुभयो ।

गुरुङ यसअघि तत्कालीन नारायणी ड्राइभिङ स्कुल व्यवसायी सङ्घको सल्लाहकार, ड्राइभिङ स्कुल सङ्घ नेपालको केन्द्रीय सदस्य एवं केन्द्रीय उपाध्यक्ष भएर काम गरिसक्नुभएको थियो । महाधिवेशनले गुरुङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

आगामी दुई वर्षका लागि निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गोपालप्रसाद घिमिरे –(कोशी), उपाध्यक्षहरुमा बाबुराम प्रधान (कोशी), महेश पौडेल (बागमती), महासचिवमा गोविन्दप्रसाद ढकाल (लुम्बिनी), सचिवहरु धनबहादुर अधिकारी (लुम्बिनी), विष्णुप्रसाद पोखरेल (गण्डकी) एवं कोषाध्यक्षमा विश्वकुमार माकाजु (गण्डकी) निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक अनिल गजुरेलले जानकारी दिनुभयो । त्यस्तै सदस्यहरुमा चेतभक्त पौडेल (गण्डकी), खुमराज खड्का (लुम्बिनी), हरि ढकाल (बागमती), दीपनारायण साह (जनकपुर), वीरेन्द्रराज भुर्तेल (गण्डकी), साधुराम थापा (मोरङ), नैनबहादुर विष्ट (कैलाली), गीता अर्याल पन्त (लुम्बिनी), सुरज सिवाकोटी (कैलाली), अनन्त घिमिरे (मोरङ), भूपेन्द्रबहादुर थापा (सुनसरी) र अर्जुन केसी (नवलपुर) निर्वाचित हुनुभएको गजुरेलको भनाइ छ ।

ड्राइभिङ स्कुल सङ्घ नेपालको ३० सदस्यीय कार्यसमिति रहने विधानअनुसार बाँकी सदस्य पछि थप्ने नवनिर्वाचित अध्यक्ष गुरुङले बताउनुभयो ।गुरुङले आफूलाई विश्वास गरेर सर्वसम्मत निर्वाचित गराउनुभएकोमा सम्पूर्ण व्यवसायीहरुलाई धन्यवाद दिँदै व्यवसायिक हक हितका लागि आफूले जुनसुकै काम गर्नको लागि पनि तयार रहेको बताउनुभयो । निर्वाचित नयाँ कार्यसमितिलाई शनिबार राति नै पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ । महाधिवेशनको उद्घाटन नेपाल सरकारका भौतिक योजना तथा पूर्वाधार मन्त्री प्रकाश ज्वालाले गर्नुभएको थियो । ।

आइतबार, पुष २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.