• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • १०. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

बागलुङ महोत्सवमा मुख्य आकर्षण बन्यो सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक


ढोरपाटन, पुस २१- यही पुस ११ देखि धवलागिरि बहुमुखी क्याम्पस प्राङ्गणमा सुरु सातौँ बागलुङ महोत्सवमा स्थानीय उत्पादन आगन्तुकको रोजाइमा परेका छन् ।

सिस्नोको पाउडर, जङ्गली बाँकोको गुन्द्रुक, भाँगो, सिल्टिमुर, आलु, मुलाको धजरा, मकैको आँटो, नेपाली कागज, अल्लोका कपडा, आलुलगायतका स्थानीय उत्पादन राखिएका प्रदर्शनी कक्षमा अवलोकनकर्ताका भिड लागेको छ । आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले स्थानीय उत्पादनका लागि प्रदर्शनी कक्ष निःशुल्क उपलब्ध गराएको छ ।

महोत्सवमा आउने अधिकांशका लागि विशेष गरी सिस्नोको पाउड र बाँकोको गुन्द्रुक रोजाइमा परेको छ । यस्ता प्रदर्शनी कक्षमा पुग्ने अधिकांशले एक–दुई पोका सिस्नोको पाउडर र गुन्द्रुक किनेर लैजाने गरेको देखिन्छ । स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै महोत्सव सुरु हुनुपूर्व नै सङ्घले जिल्लाका दशवटै पालिकामा उत्पादन हुने स्थानीय वस्तुलाई ल्याउन भनेको थियो । सोहीअनुसार ताराखोला गाउँपालिका, जैमिनी र गलकोट नगरपालिकालगायतका स्थानबाट स्थानीय उत्पादन ल्याइएको थियो ।

गाउँमा वर्षौँदेखि महिलाले सिस्नोको पाउडर, गुन्द्रुक, अचारलगायतका सामग्री उत्पादन गरे पनि प्रचार–प्रसार र बजारीकरण हुन नसकेको भन्दै महोत्सवमार्फत यसको प्रबद्र्धनमा सहयोग पुगेको ताराखोला गाउँपालिका–५ की निरु घर्तीका भनाइ छ । ताराखोलामा धेरै समय अघिदेखि ‘सहनशीला सिस्नो पाउडर उत्पादन लघुउद्यमी समूह’ले सिस्नोको पाउडर उत्पादन गर्दै आएको थियो । तर समूहले उत्पादन गरेको सिस्नोको पाउडरको बजारीकरणमा समस्या देखिएको थियो । महोत्सवमा प्रदर्शन गरेपछि यसको माग बढेको उहाँले सुनाउनुभयो ।

“महोत्सवमार्फत स्थानीय उत्पादनको प्रचार–प्रसारमा सहयोग पुगेको छ । बजारीकरणमा पनि सहज हुने अपेक्षा गरेका छौँ”, घर्तीले भन्नुभयो, “पहिले प्रचारप्रसार पुगेको थिएन । आगामी दिनमा माग बढ्ने र गाउँबाटै बिक्री बढ्ने आशा गरेका छौँ ।”

बडिगाड गाउँपालिका–१ की बिनु सलामीले महोत्सवले स्थानीय उत्पादनको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । प्रदर्शनी कक्षसमेत निःशुल्क पाएपछि व्यापार गर्न र उत्पादन बारेमा धेरैलाई जानकारी दिन सहज भएको उहाँको भनाइ छ ।

महोत्सवमा आएका धेरैले बाँसबाट बनेको काँगियो, खुर्पेटो, कोदोको पिठो, बाँकोको गुन्द्रुक, सिस्नोको पाउडर, सिमी र भाँगो बढी किनेर लैजाने गरेको सलामी बताउनुहुन्छ । महोत्सवले गाउँमा उद्यम गरेर अग्र्यानिक उत्पादन गर्ने उद्यमी उत्साहित बनाएको उहाँको भनाइ छ ।

बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले महोत्सवमा स्थानीय उत्पादनलाई मुख्य प्राथमिकता दिएको बताउनुभयो । अधिकांश स्थानीय उत्पादनै प्रयोग गरेको भन्दै प्रदर्शन कक्षमा धेरै प्रकारका सामान राखिएको उहाँको भनाइ छ । जिल्लामा पाइने भाँगो, गुन्द्रुक र रातो च्याउलाई विश्वभर चिनाउन आवश्यक रहेको भन्दै यसबेला धेरै प्रचार भएको अध्यक्ष कँडेल बताउनुहुन्छ । कला, संस्कृति र स्थानीय उत्पादननै महोत्सवको मुख्य आकर्षण हुनेगरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

अध्यक्ष कँडेलले भन्नुभयो, “बागलुङ छुट्टै पहिचान बोकेको जिल्ला हो, पछिल्लो समय कला, संस्कृति र परम्परा हराउँदै गएका छन्, यसलाई संरक्षण गर्न, व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय उत्पादनलाई बजारीकरणका लागि बढी ध्यान दिएका छौँ, महोत्सव अवधिमा राम्रो प्रचार भएको र व्यापार भएको बुझेका छौँ ।” महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो ।

 

शनिबार, पुष २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.