• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ३१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

सिरिष पन्तको प्रतिवद्दता : व्यवसायीको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड


चितवन ।उद्योग बाणिज्य संघ चितवनको ५७ औँ साधारण सभा तथा अधिवेशनका अध्यक्षका उम्मेदवार सिरिष पन्तले विगतमा आफ्नो पहलमा भएका कार्यसहित चुनावी प्रतिवद्दता सार्वजनिक गरेका छन् । शुक्रवार विहान क्षेत्रपुरमा ‘पत्रकारसँग सिरिष’ भन्ने अन्तक्र्रिया तथा पत्रकार सम्मेलन आयोजना गरेका अध्यक्ष उम्मेदवार पन्तले उद्योग बाणिज्य संघ चितवनमा उपाध्यक्ष हुँदा गरेका कार्यहरु र भावी कार्यक्रम सार्वजनिक गर्दै व्यवसायीहरुको सुरक्षा तथा लगानीमैत्री वातावरणलाई प्राथमिकतामा राखेको जनाएका छन् ।

 

उनले संघमा आवद्ध व्यवसायीहरूको बीमा गराउने, चितवन महोत्सवको स्टल बुकिङ्गमा हुने आर्थिक अनियमिता रोक्न अनलाइन बुकिङ्ग प्रणालीको विकास गर्ने, महोत्सवको हिसाव ३५ दिन भित्र सार्वजनिक गर्ने, संघको पदाधिकारीमा महिलाहरूको आरक्षण कोटा नभएकोले विधानमा नै एक जना महिला आरक्षणकोटाको व्यवस्था गर्ने, युवाहरुलाई उद्यमशील बनाउन विभिन्न तालिमहरू सञ्चालन गर्नुका साथैं व्यवसाय गर्न सहजीकरण गर्ने जस्ता योजनाहरु सार्वजनिक गरेका छन् ।

 

उनले संघमा व्यवसाय गर्ने व्यवसायी भन्दा गैरव्यवासयिकको संख्या निर्णायक हुने खतरा देखिँदै गएकोले नयाँ सदस्यता वितरण तथा सदस्यता नविकरण गर्दा एप्स बनाएर विधान र कानुनसम्मत बनाइने बताए । झोलामा संघको सदस्यता बोकेर हिड्ने तर कहिल्यै पनि पेशा व्यवसाय सञ्चालन नगर्ने तथा सरकारी निकायमा तिर्नुपर्ने दायित्व नतिरेका व्यवसायीको सदस्यता छानविन गरेर हटाउने तथा संघलाई व्यवसायीहरूको मात्रै विशुद्ध संगठन बनाउने प्रतिवद्दता पन्तले सार्वजनिक गरेका छन् ।

 

पूर्वी चितवन तथा पश्चिम चितवनबाट आउने सार्वजनिक सवारी साधनलाई नारायणगढ बजारसम्म आउन दिन आवश्यक पहल र लविङ्ग गर्ने, नारायणगढ बजारलाई थप व्यवस्थित गर्नका लागि पार्किङ्ग र फुटपाथ व्यवसायीहरुको उचित व्यवस्थापनका लागि ठोस प्रस्तावसहित सम्वन्धित निकायमा पहल गर्ने, घर भाडा मनोमानी ढंगले बढाउने प्रवृतिलाई नित्साहित गर्दै वैज्ञानिक भाडा प्रणाली लागु गराउन सम्वन्धित निकायमा प्रस्ताव लैजाने जस्ता विषयलाई पन्तले आफ्नो चुनावी एजेण्डा बनाएका छन् ।

 

अध्यक्ष उम्मेदवार पन्तले संघले सञ्चालन गरेको अतिथि गृह लामो समयदेखि घाटामा चल्दै आएकोले संघलाई आर्थिक भारसमेत परेको हुँदा अतिथि गृह बन्द गरी Vocational Training Center सञ्चालन गर्ने तथा केही कोठाहरु कमजोर अवस्थामा रहेका वस्तुगत संघलाई कार्यालय सञ्चालनका लागि दिनेसमेत जनाएका छन् । चितवन उद्योग संघ लगायतका विभिन्न निकायसँग समन्वय गरी कालिका नगरपालिकाको शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालनका लागि आवश्यक दवाव दिने, नारायणगढको क्याम्पाचौरमा मिनि स्टेडियम बनाउन पहल गर्ने पन्तका प्रतिवद्दतामा समेटिएका छन् ।

 

व्यवसायीहरूको आस्था, धरोहर, विश्वास र भरोसा बोकेको संघले जिल्लामा हुने आर्थिक, सामाजिक, सांस्कृतिक र आवश्यकता परेको बेला राजनीतिक विषयमा पनि नेतृत्व लिएर विभिन्न अभियानहरु चलाएको स्वर्णीम विगत भएपछि पछिल्लो समयमा व्यवसायीकै हित र पक्षमा समेत जोडदार आवाज उठाउन नसकेको भन्दैं अध्यक्ष उम्मेदवार पन्तले पछिल्लो समयमा गहिरिँदै गएको आर्थिक संकट, व्यवसायीहरू पलायनको खतरामा रहेको बताए ।

 

स्थानीय व्यवसायीले सामान लोड अनलोड गर्दा भोग्दै आएको असुविधाको समाधान लागि सम्वन्धित निकायसँग पहल गर्ने, जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकास, प्रर्वद्धन र प्रचारप्रसारका लागि सरोकारवालासँग आवश्यक समन्वय गर्ने, उद्योग बाणिज्य संघ चितवनमा रत्ननगर, खैरहनी, राप्ती लगायतका क्षेत्रबाट प्रतिनिधित्व गराउने वाचा गरेका छन् । इच्छाकामना एवम् माडी लगायतका क्षेत्रिय संघहरुलाई नगरस्तरीय बनाउन आवश्यक पहलकदमी लिने, चितवनका होटल तथा रेष्टुरेन्टहरुलाई २४ सैं घण्टा सञ्चालन गर्न दिन आवश्यक पहलकदमी लिने पन्तले प्रतिवद्दता जनाएका छन् ।

 

पन्तले आफू उपाध्यक्षका रुपमा संघमा रहँदा प्राप्त जिम्मेवारी अनुसार व्यवसायीका पक्षमा दृढतापूर्वक लागेको बताए । उनले वस्तुगतको संयोजकका रुपमा विज्ञापन कर, भाडा छुट, जथाभावी बस्ने फुटपाथ व्यवसायीलाई हटाउने अभियान चलाएको बताउँदै नारायणगढ बजारमा जथाभावी र मनपरी ढंगले घर भत्काएर व्यवसायीलाई मार पार्ने काम गरिएको प्रति जोडदार ढंगले आवाज उठाएको बताए । आफ्नै पहलमा व्यवसायीलाई घरवहाल कर तिर्न बाध्य पारिएको अवस्थामा महानगरपालिकामा गएर आवश्यक समन्वय गरी घरवहाल घरधनीलाई तिर्न लगाउन र व्यवसायको नविकरण गर्न लगाउने सहमती गरेको पन्तले जानकारी दिए । उनले हरेक व्यवसायीका समस्या ब्यक्तिगत ढंगले भए पनि सुन्ने, समाधानका लागि पहल गर्ने कार्य गरेको भन्दैं नेतृत्व लिएर नै काम गर्न चाहेकोले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।

अध्यक्षका उम्मदेवार पन्तले गरेका कार्य र जनाएका प्रतिवद्दताहरु यस्ता छन् ।

१. वस्तुगततर्फ संयोजकका रुपमा आफूलाई प्राप्त जिम्मेवारी अनुसार संघको ५७ औँ साधारणसभा तथा अधिवेशनमा उम्मेदवारी दिने उम्मेदवारहरुका बीचमा सहमती गराई सर्वसम्मत उम्मेदवारी चयन गर्न सफल भएको ।
२. विज्ञापन करको नाममा व्यवसायीले आफ्नो व्यवसाय अगाडि राखेको बोर्डकोसमेत कर माग्ने र दुःख दिने काम गरिएको प्रति विरोध जनाउँदै आफ्नो सामान्य प्रचार बोर्डको कर नतिर्ने अभियान चलाएको ।
३. कोभिड लगायतका विभिन्न समस्याबाट मारमा परेका व्यवसायीलाई भाडा छुट लगाउन लविङ्ग गरेको ।
४. सडकपेटी कब्जा गरेर जथाभावी वस्ने फुटपाथ व्यवसायी हटाउने अभियान सुरु गरेको ।
५. नारायणगढ बजारमा जथाभावी र मनपरी ढंगले घर भत्काएर व्यवसायीलाई मार पार्ने काम गरिएको प्रति जोडदार ढंगले आवाज उठाएको ।
६. व्यवसायीलाई घरवहाल कर तिर्न बाध्य पारिएको अवस्थामा महानगरपालिकामा गएर आवश्यक समन्वय गरी घरवहाल घरधनीलाई तिर्न लगाउन र व्यवसायको नविकरण गर्न लगाउने सहमती गरेको ।
७. हरेक व्यवसायीका समस्या ब्यक्तिगत ढंगले भए पनि सुन्ने, समाधानका लागि पहल गर्ने कार्य गरेको ।
८. पार्किङ्गको समस्या समाधान लागि भित्रि बजारमा एकतर्फी पार्किङ्ग प्रणाली सुरु गरेको ।

अध्यक्ष भए, सिरिषका योजना के छन् ?

१. पूर्वी चितवन तथा पश्चिम चितवनबाट आउने सार्वजनिक सवारी साधनलाई नारायणगढ बजारसम्म आउन दिन आवश्यक पहल र लविङ्ग गर्ने ।
२. नारायणगढ बजारलाई थप व्यवस्थित गर्नका लागि पार्किङ्ग र फुटपाथ व्यवसायीहरुको उचित व्यवस्थापनका लागि ठोस प्रस्तावसहित सम्वन्धित निकायमा पहल गर्ने ।
३. संघमा आवद्ध व्यवसायीहरूको सुरक्षाका लागि बीमा गराउने ।
४. उद्योग बाणिज्य संघ चितवनले सञ्चालन गर्ने चितवन महोत्सवको हिसावकिताव ३५ दिनभित्र सार्वजनिक गर्ने ।
५. चितवन महोत्सवका स्टलहरूको बुकिङ्ग गर्दा हुने आर्थिक अनियमितता हटाउन online system बाट गर्ने व्यवस्था गर्ने ।
६. संघमा अहिलेसम्म महिला उपाध्यक्षको आरक्षण पद नभएकोले आम महिला दिदिवहिनीहरूको भावना र उहाँहरूप्रति सम्मान व्यक्त गर्दै संघको विधान संशोधन गरी महिला आरक्षणको व्यवस्था गर्ने, संघलाई समावेशी बनाउने ।
७. घर भाडा मनोमानी ढंगले बढाउने प्रवृतिलाई नित्साहित गर्दै वैज्ञानिक भाडा प्रणाली लागु गराउन सम्वन्धित निकायमा प्रस्ताव लैजाने ।
८. संघले सञ्चालन गरेको अतिथि गृह लामो समयदेखि घाटामा चल्दै आएकोले संघलाई आर्थिक भारसमेत परेको हुँदा अतिथि गृह बन्द गरी Vocational Training Center सञ्चालन गर्ने तथा कतिपय कोठामा कमजोर रहेका वस्तुगत संघलाई कार्यालय सञ्चालन गर्न दिने ।
९. चितवन उद्योग संघ लगायतका विभिन्न निकायसँग समन्वय गरी कालिका नगरपालिकाको शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालनका लागि आवश्यक दवाव दिने ।
१०. झोलामा संघको सदस्यता बोकेर हिड्ने तर कहिल्यै पनि पेशा व्यवसाय सञ्चालन नगर्ने तथा सरकारी निकायमा तिर्नुपर्ने दायित्व नतिरेका व्यवसायीको सदस्यता छानविन गरेर हटाउने । संघलाई व्यवसायीहरुको मात्रै विशुद्ध संगठन बनाउने ।
११. प्रर्दशनी तथा महोत्सवलाई सुव्यवस्थित बनाउन लागी उद्योग संघ तथा विभिन्न अन्य निकायसँग समन्वय गर्ने ।
१२. नारायणी नदी किनारमा रहेका अस्तव्यस्त ठेलाहरूलाई व्यवस्थित गर्न स्थानीय निकायसँग समन्वय गर्ने ।
१३. नारायणगढको मेनरोडलाई व्यवस्थित गर्नका लागि मेनरोड क्षेत्र भित्र साना सवारी साधन मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउन पहल गर्ने ।
१४. नीतिगत रूपमा पहल गर्नुपर्ने विविध विषयमा स्थानीय निकाय हुँदै प्रदेश तथा केन्द्र सरकारसँग वहस पैरवी गर्ने ।
१५. जिल्लाका स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नका लागि आवश्यक प्रवद्र्धनात्मक कार्यहरू सञ्चालन गर्ने ।
१६. युवाहरुलाई रोजगारमूलक र व्यवसायी बनाउन संघको पहलमा विभिन्न निकायसँग समन्वय गरी तालिमहरू सञ्चालन गर्ने ।
१७. व्यवसाय कर, घरवहाल कर तथा विज्ञापन करको समस्यालाई नीतिगत रूपमा समाधान गर्ने ।
१८. बैंकहरुले मनोमानी ढंगले बढाउने ब्याजदरमा एकरूपता बनाउन दवाव दिने, पहल गर्ने ।
१९. उवासंघ चितवनको नयाँ सदस्यता प्रदान गर्न तथा नविकरण डिजिटल एफमार्फत गर्ने व्यवस्था मिलाउने ।
२०. संघको वेभसाइट, सूचना प्रणाली, फेसवुक पेज लगायतलाई अपडेट बनाउने ।
२१. हरेक बर्षको साधारणसभामा उत्कृष्ट व्यवसायी तथा उद्योगीहरूलाई पुरस्कृत तथा सम्मान गर्ने ।
२२. स्थानीय व्यवसायीले सामान लोड अनलोड गर्दा हुँदै आएको असुविधाको लागि सम्वन्धित निकायसँग सहजताका लागि पहल गर्ने ।
२३. व्यवस्थित अटोल्याण्ड निर्माणका लागि प्रस्तावित स्थानमा पहल गर्ने साथैं अन्य विकल्पको पनि खोजीमा विषेश पहल गर्ने ।
२४. जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकास, प्रर्वद्धन र प्रचारप्रसारका लागि सरोकारवालासँग आवश्यक समन्वय गर्ने ।
२५. उद्योग बाणिज्य संघ चितवन जिल्ला कै व्यवसायीहरुको छाता संगठनको रुपमा लिने गरिन्छ । भरतपुर र नारायणढ वरपरका क्षेत्रका व्यवसायीको मात्रै जस्तो देखिने प्रतिनिधित्वलाई फराकिलो बनाउँदै रत्ननगर, खैरहनी, राप्ती लगायतका क्षेत्रबाट समेत संघमा जोड्ने सुनिश्चितता गराउने र इच्छाकामना एवम् माडी लगायतका क्षेत्रिय संघहरुलाई नगरस्तरीय बनाउन आवश्यक पहलकदमी लिने ।
२६. चितवनका होटल तथा रेष्टुरेन्टहरुलाई २४ सैं घण्टा सञ्चालन गर्न दिन आवश्यक पहलकदमी लिने ।

यसभन्दा बाहेक पनि विभिन्न सरोकारवालाहरुसँग आवश्यक छलफल, राय र सुझाव लिएर कार्ययोजना बनाएर अगाडि बढ्ने ।

शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.