• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • १०. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

उद्योग वाणिज्य संघ चितवनको निर्वाचन : सुमनकुमार श्रेष्ठको समूहले जारी गर्यो २९ बुँदे प्रतिबद्धता पत्र


चितवन, १८ पुस । उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारणसभा एवं अधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष पदमा उम्मेदवारी दिएका सुमनकुमार श्रेष्ठको समूहले २९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । पुस २१ र २३ गते हुने साधारणसभाबाट निर्वाचित हुने नयाँ कार्यसमितिका लागि उम्मेदवारी दिएका श्रेष्ठको समूहले आज बुधबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै आफ्नो २९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

अध्यक्षमा उम्मेदवारी दिनुभएका सुमनकुमार श्रेष्ठ समूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी, वाणिज्यतर्फ उपाध्यक्ष राजेन्द्र ओली, वस्तुगत÷कर्पोरेटतर्फ उपाध्यक्ष नारायण प्रधान र उद्योगतर्फ उपाध्यक्ष अशोक अधिकारी उम्मेदवार हुनुहुन्छ । आफूसहित सम्पूर्ण टिमलाई अत्यधिक बहुमतले विजयी गराउन अध्यक्षका उम्मेदवार श्रेष्ठले सम्पूर्ण व्यवसायीहरुसँग अपिलसमेत गर्नुभएको छ ।

अहिले चलिरहेको आर्थिक मन्दी, यसको प्रभाव, विभिन्न शीर्षकमा लिइने कर तथा विकास निर्माणका कार्यमा भएको ढिलाईका कारण सिर्जित परिस्थितिले गर्दा उद्योग व्यवसाय विस्थापित भएका पत्रकार सम्मेलनमा श्रेष्ठले बताउनुभयो । महँगी दर बृद्धिले गर्दा व्यवसायी समेत चरम मारमा परेको भन्दै निजी क्षेत्रले आफै नीति नियम बनाउने भन्दा पनि व्यवसायमैत्री नीति बनाउन सरकारलाई खबरदारी गर्ने, सुझाव सल्लाह दिने र दबाबमूलक कार्यक्रमहरू आयोजना गर्नुपर्ने अवस्था सिर्जना भएकाले त्यसको नेतृत्व आफूले गर्ने उहाँले बताउनुभयो । व्यवसायको क्षेत्रमा देखिएका चरम समस्यामा श्रेष्ठले आफ्नो समूह सदैव उद्यमी व्यवसायीको पक्षको उभिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

श्रेष्ठले आफू नेतृत्वको समूहमा अनुभवी र परिपक्व उम्मेदवारदेखि नयाँ जोश जाँगर र इच्छाशक्ति भएका कर्मठ युवा उद्यमीहरु रहेको भन्दै आफ्नो समूलाई निर्वाचित गराउन उद्योगी व्यवसायीसँग आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमा संघको संस्थागत विकासदेखि जिल्लाको समग्र विकासमा योगदान पु¥याउने कटिबद्धताका साथ आफ्नो समूह चुनावी प्रक्रियामा होमिएको श्रेष्ठले बताउनुभयो । श्रेष्ठले आफू नेतृत्वको समूह निर्वाचित भएमा व्यवसायीले महसुस गर्ने खालका कार्यक्रम ल्याउने वचनबद्धता व्यक्त गर्दै २९ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभयो ।

१ ) उद्यमी व्यवसायीमा देखिएको चरम निरासालाई आशामा परिणत गर्न प्रयत्न गर्ने ।
२) उद्यमी व्यवसायीको सानादेखि नीतिगत समस्यालाई सम्बोधन गर्न पहल गर्ने ।
३) व्यवसाय कर, घरवहाल कर, विज्ञापन करलगायत कर, राजश्व तथा अन्तःशुल्क सम्बन्धी समस्या समाधानको लागि पहल गर्ने ।
४) बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लिंदा गरेको सम्झौता बमोजिमनै ब्याजदर अन्तिमसम्म कायम गर्न सम्बन्धित निकायमा पहल गर्ने ।
५) व्यवसाय दर्ता, नवीकरण जस्ता कार्य संघबाट सहजीकरण गर्नका लागि सेवा केन्द्र स्थापना गर्ने ।
६) संघमा चेम्बर लर्निङ सेन्टर र व्यवसाय विकास सेवा केन्द्र स्थापना गर्ने ।
७) आन्तरिक राजश्व कार्यालयको सहयोगमा आन्तरिक राजश्व कार्यालय परिसरमा संघको कर तथा राजश्व परापर्श केन्द्र स्थापना गरी सदस्य व्यवसायीलाई निःशुल्क सेवा प्रदान गर्ने ।
८) चितवन जिल्लाको पूर्वि भाग र पश्चिम क्षेत्रबाट आउने सार्वजजिक सवारी साधनलाई नारायणगढ बजारसम्म ल्याउन पहल गरी सबै क्षेत्रमा चढ्ने ओर्लने (पिक एण्ड ड्रप) को व्यवस्था गर्ने ।
९) चितवनको समग्र विकासको लागि बृहत आर्थिक बहस कार्यक्रमको आयोजना गर्ने ।
१०) वर्तमान आर्थिक मन्दीलाई सम्बोधन गर्नको लागि सरकार र नीजी क्षेत्र संलग्न उच्चस्तरीय संयन्त्र निर्माणको लागि नेउवामहासंघ मार्फत आवश्यक पहलकदमी गर्ने ।
११) संघमा आवद्ध सदस्यको व्यवसायको बीमा गर्ने व्यवस्थाका लागि पहलकदमी गर्ने ।
१२) कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनसंग सम्बन्धित ४ वटा राष्ट्रियस्तरका सम्मेलनको आयोजना गर्ने ।
१३) स्थायी प्रदर्शनी केन्द्रको स्थापना गरी नियमित रूपमा फरकफरक व्यवसायीका फरकफरक उत्पादन प्रवद्र्धन गरिने ।
१४) विकासका पूर्वाधार समयमानै निर्माण सम्पन्न गर्न पहल गर्ने ।
१५) स्थानीय, प्रदेश र संघीय सरकारसँगको सम्बन्ध र समन्वयमा विस्तार गर्ने ।
१६) संघ र अन्तर्राष्ट्रिय उवासंघहरूसँग भगिनी सम्बन्ध कायम गरी चितवनको प्रवद्र्धन गर्ने ।
१७) एक्जिम कोड दर्ता नवीकरण कार्यालय, नापतौल कार्यालय चितवनमा स्थापना गर्न पहल गर्ने ।
१८) नारायणगढलाई प्रवद्र्धन गर्न चितवनको प्रवेशस्थलमा नारायणगढको आकृति सहित डिजिटल बोर्ड राख्ने ।
१९) संघको संस्थागत र सचिवालय सुदृढीकरण गर्ने ।
२०) संघको विधान समयानुकूल संशोधन गरी संघलाई जिल्लास्तरीय संघको रूपमा स्थापित गर्दै संघप्रति सबैको अपनत्व बढाउन पहल गर्ने ।
२१) मेला महोत्सवलाई व्यवस्थित र संघको सिफारिसमा मात्र गर्ने व्यवस्थाको लागि पहल गर्ने
२२) सदस्यको मागमा आधारित कार्यक्रम आयोजना गर्ने ।
२३) संघमा आवद्ध वस्तुगत संघहरूको सचिवालय व्यवस्थापनमा सहयोग गर्ने ।
२४) संघमा वस्तुगत संघहरूको प्रतिनिधित्व बृद्धि गर्ने ।
२५) चितवनको उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने मेला महोत्सवमा उद्योगी व्यवसायीहरूलाई सहभागी गराउन नेपाल उद्योग वाणिज्य महासंघलगायत संस्थाहरूसँग पहल गर्ने ।
२६) सम्बन्धित निकायबाट हुने अनुगमनका कार्यहरूमा संघको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने
२७) चितवनमा औद्योगिक क्षेत्र र अटोल्याण्ड स्थापनाको लागि पहल गर्ने ।
२८) सफलता प्राप्त “एक गाउँ एक उत्पादन“ कार्यक्रम पुनः सञ्चालन गर्न नेपाल उद्योग वाणिज्य महासंघसँग पहल गर्ने ।
२९) संघमा ७ वटै स्थानीय तहका उत्पादन तथा सेवाको प्रदर्शनी कक्ष स्थापना गर्ने ।

बुधबार, पुष १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.