काठमाडौं। रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले गोली चलाउँदा दुई जनाले अकाल ज्यान गुमाएका छन्।
गोली लागेर २३ वर्षीय सुजन राउत र घाइते अर्का युवा वीरेन्द्र साहको मृत्यु भएको हो। उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ।
ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला चढ्दै आएको बा२ झ ५८६१ नम्बरको गाडीमा आगो लगाएपछि प्रहरीले विरोधमा उत्रिएका युवामाथि लाठीचार्जका साथै गोली चलाएको हो।
प्रहरीको गोली लागेर राउतको किस्ट अस्पताल मृत्यु भएको हो। प्रदर्शनमा उत्रिएका युवाले बा२झ ५८६१ नम्बरको गाडीबाट मन्त्री र पीएसओलाई बाहिर निकालेर आगो लगाएका थिए।
कोरिया रोजगारीमा जान रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको भन्दै आन्दोलित युवामाथि प्रहरीले अनावश्यक बल प्रयोगका साथै गोली चलाएको हो। प्रहरी धरपकडमा ५० बढी युवा पक्राउ परेका छन्।