सिन्धुली, १० पुस
सिन्धुली सदरमुकामस्थित ढकाल गाउँमा एक महिलालाई कुटपिट गरेका छन् ।
कमलामाई नगरपालिका वडा नम्बर–४ घर भएकी शारदा थापालाई श्रीमान्सहित गाउँलेहरूले पोलमा बाँधेर कुटपिट गरेका हुन् । घटनाबारे जानकारी पाएपछि प्रहरीको टोलि घटनास्थलमा पुगेर महिलाको उद्धार गरेका हुन् ।
शारदाले डिभोर्सका लागि अदालतमा मुद्दा दर्ता गराएपछि त्यो मुद्दा फिर्ता गराउनका लागि कुटपिट भएको हुनसक्ने प्रहरीले बताएको छ।
कुटपिटमा संलग्न आरोपमा शारदाका पति सन्तोष थापा सहित ७ जनालाई नियन्त्रणमा लिईएको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए । उनले भने, ‘यो घटनालाई हामीले गम्भीर ढङ्गले अनुसन्धान गरिरहेका छौँ ।’