• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ३१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

राष्ट्रिय बहिरा महासंघको अध्यक्षमा केसी निर्वाचित


भरतपुर,पुस १०- राष्ट्रिय बहिरा महासंघको अध्यक्षमा सन्तोष केसी निर्वाचित हुनुभएको छ । चितवनको भरतपुरमा सोमबार सम्पन्न महासंघको १० औं संघिय महाधिवेशनबाट १३१ मत प्राप्त गर्दै केसी अध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी सुर्यमोहन बरालले १७ मत प्राप्त गर्नुभयो । बरिष्ठ उपाध्यक्षमा सत्यदेवी वाग्ले, महिला उपाध्यक्षमा शिखा प्रधान र महासचिवमा सिताराम ओझा निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा दिनेश पनेरु बिजयी भएको निवर्तमान अध्यक्ष केपी अधिकारीले जानकारी दिनुभयो । उहाँले महाधिवेशन मार्फत ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको बताउनुभयो ।

महाधिवेशन मार्फत बहिरा नागरिकहरुले राज्यले सरकारी निकायमा दोभाषे राख्नुपर्ने माग गरेका छन । उनिहरुले दोभाषे नहुँदा आफूहरुलाई काम गर्न असहज हुने गरेको गुनासो गरे । संविधानसभा सदस्य एवं राष्ट्रिय बहिरा महासङ्घका सल्लाहकार राघबीर जोशीले काठमाडौँ महानगरपालिकाले बहिराहरुका लागि दोभाषे राखेको भए पनि देशका अन्य पालिका र सरकारी कार्यालयमा त्यो सुविधा उपलब्ध हुन नसकेको बताउनुभयो । शिक्षामा पनि दोभाषे नहुँदा बहिरा विद्यार्थीहरुको शिक्षामा अवरोध हुन पुगेको भन्दै राज्यका हरेक क्षेत्रमा राज्यले दोभाषेको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । बहिरा नागरिकका लागि शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रमा समावेश गराउने गरी ऐन बनेको भए पनि त्यो कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले सार्वजनिक तथा निजी क्षेत्रले निर्माण गर्ने हरेक संरचना अपाङ्गमैत्री हुनुपर्ने भन्दै त्यसको सुरुआत कालिका नगरपालिकाबाट भएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई समेत साङ्ग व्यक्तिहरुको सरह सेवा सुविधा प्रदान गर्नु राज्यको दायित्व भएको भन्दै सेवामा हरेक नागरिकको समान पहुँच हुनुपर्ने बताउनुभयो । मुलुकमा प्रविधिको विकास धेरै अगाडि बढेको भन्दै बहिरा व्यक्तिहरुले प्रविधिको प्रयोग गर्दै आफ्ना कुराहरु राख्नेगरी अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

आफू बागमती प्रदेश नगरपालिका सङ्घको सहसंयोजक समेत रहेको उल्लेख गर्दै नगरप्रमुख रेग्मीले बहिरा व्यक्तिको हक अधिकारका लागि प्रदेशस्तरीय फोरमहरुमा समेत आवाज उठाउने बताउनुभयो । बहिरा व्यक्तिहरुलाई सम्बोधन गर्ने गरी विशेष कार्यक्रम ल्याउन फोरममा प्रस्ताव लिएर अगाडि जानेसमेत उहाँले प्रतिबद्धता जनाउनुभयो । समाजमा बहिरा व्यक्तिहरुलाई गरिने फरक व्यवहार अन्त्य तथा समान व्यवहार कायमका लागि ऐन, नियम, कार्यविधि परिवर्तन गरेर पनि अधिकार स्थापित गराउने उहाँको भनाइ छ ।

राष्ट्रिय बहिरा महासङ्घ नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष केपी अधिकारीले राष्ट्रिय जनगणनाले बहिरा व्यक्तिहरुको तथ्याङ्क गलत दिएको गुनासो गर्नुभयो । राष्ट्रिय जनगणना २०७८ ले बहिरा नागरिकहरुको सङ्ख्या करिब ५२ हजार जनाएको भए पनि नेपालमा तीन लाखको हाराहारीमा बहिरा नागरिक भएको अधिकारीको भनाइ छ ।

साधारणसभाबाट आगामी वर्षका लागि नीति तथा कार्यक्रम निर्माण र पारित गरिएको छ । शनिबार उद्घाटन गरिएको साधारणसभा एवं अधिवेशन सोमबार बिहान सकिएको हो । महाधिवेशनमा ४९ जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षक गरी करिब ५०० जनाको सहभागिता रहेको थियो ।

मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.