चितवन, पुस ५–
फेसबुकमार्फत ब्ल्याकमेलिङ गरी फिरौती माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनका २० वर्षीय प्रवेश रिमाल, सिराहाका १९ वर्षीय युनिक सिंह र कास्कीका २२ वर्षीय अनुराग घिमिरे रहेका छन्।
उनीहरूले फेसबुकमा झुट्टा अकाउन्ट बनाई विभिन्न पुरुषसँग अश्लिल भिडियो तथा फोटो पठाएर गोप्य फोटो/भिडियो लिएका र सार्वजनिक गर्ने धम्की दिई फिरौती माग गर्दै आएको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट ७६ हजार रुपैयाँ फिरौती रकम र ४ थान मोबाइल बरामद गरिएको छ। उनीहरूले कास्कीका मानिसहरूलाई पनि ब्ल्याकमेल गरेको खुलेको प्रहरीको भनाइ छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



