६१ औ नेपाल रेड्क्रस स्थापना दिवस अर्किड स्कुल अतिरिक्त क्रियाकलाप विभागद्वारा विभिन्न कार्यक्रम आयोजना गरि सम्पन्न गरियो । उक्त अवसरमा विभाग प्रमुख प्रतीक्षा श्रेष्ठले कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थिहरुलाइ ” मनैदेखी सेवा” लेखिएको ब्याज वितरण गर्दै रेडक्रस को स्थापना र उद्देश्य बारेमा जानकारी दिनु भएको थियो। यसै गरि रेड्क्रस स्थापना दिवस को दिन बिद्यालय परिसर भित्र सरसफाइ कार्यक्रम सहित स्वास्थ चेतनामूलक वृतचित्र पनि देखाइएको श्रेष्ठले जानकारी दिनुभयो। स्थापना दिवस को मुख्य कार्यक्रम को रूपमा, रेड्क्रस शिक्षक नायक हरिराम रेग्मिको संयोजकत्त्वमा अर्किड स्कुल जुनियर रेड्क्रस सर्कलद्वारा भरतपुर अस्पतालका विभिन्न वार्डमा भर्ना गरिएका विरामी हरुलाइ फलफुल र जुस वितरण गरियो। कलिला विद्यार्थिको सेवामुलक कार्यले सेवालाइ प्राथमिकता दिइने सस्कार को भविष्यमा विकास हुने अपेक्षा उक्त अवसरमा रेग्मी द्वारा दिइयो।
नेपाल रेडक्रस स्थापना दिवस कार्यक्रम सम्पन्न
नेपाल रेडक्रस स्थापना दिवस कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया