• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २. नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ७. आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८. सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ९. आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

हामीलाई तालिम र बढुवा गर्नबाट बञ्चित नगरियोस् , सैनिक महिला कर्मचारी आमा बन्नु अपराध हो र ?


श्रीमान प्रधानसेनापतिज्यू,

आज हामी जागिरको १९औं वसन्तमा विभिन्न सैनिक युनिटहरुको तालिममा भएको विभेद र समयानुकुूल परिमार्जिन हुन नसकेका बेथितीहरुलाई यसै साँघु पत्रिका मार्फत हजुरसामु पु¥याउनु साहस गरेका छौं । कुनै गल्ती र भूलचुक भएमा क्षमा चाहन्छौं ।

प्रधान सेनापतिज्यू, नेपाली सेना राष्ट्रको एउटा दरिलो खम्बा हो । सारा जनताले सेनासँग धेरै आशाहरु राख्नु स्वभाविक पनि हो । तर, संस्थामा नेतृत्व गर्ने जर्साब, चिफसाबहरुले आफ्नै संस्थाभित्रको पुराना परम्परालाई अंगाल्नु मात्रै के संस्थाको हितमा छ त रु

अझै एक्काईसौं शताब्दीमा समयले मागेको रोल या सेनाको नेतृत्वले ध्यान नदिनु भनेको त जागिर खाउँ अनि घर जाउँ मात्रै भएको छ ।

यस्तो सैनिकभित्र हुन र भएका तालिम सम्बन्धी केही समय सापेक्ष परिमार्जित गर्नुपर्ने तालिमहरु बारेमा हामी प्रधानसेनापति मार्फत अनुरोध गर्न चाहन्छौं ।

आज हामी सैनिक महिला कर्मचारी भएर मानसिक रुपमा सम्पूर्ण कुरामा फिट हुँदाहुँदै पनि आफ्नो भौतिक अवस्था र शरीरका केही अस्वस्थताले गर्दा आज अयोग्य जस्तै भई पुरुष कर्मचारीभन्दा कमजोर बनाइएको छ । के प्रजनन प्रक्रिया हुनु, सन्तान उत्पादन गर्नु नै महिला सैनिकको अयोग्यताको सर्टिफिकेट हो र चिफसाब् रु नत्र भने आज हामीलाई बच्चा उत्पादन पछि किन फिजिकल फिटनेश कमजोर भनि तालिममा पुरुष सैनिक भन्दा दोस्रो श्रेणीको दर्जामा राखिन्छ रु के यो हाम्रो गल्ती हो रु के एउटा सैनिक महिला कर्मचारी आमा बन्नु अपराध हो रु

होइन भने किन आज एक्काईसौं शताब्दीमा आएर पनि ३४ महिनाको तालिममा हामीलाई आफ्नो शरीरले सक्नेजति आफ्नो स्वास्थ्यलाई ध्यानमा राखी तालिम गर्न संस्थाले किन ध्यान दि“दैन चिफसाब । बुढापाकाको भनाईलाई आत्मसात गर्ने हो भने मानिस जागिर पुरानो र संस्था पुराना भएर मात्र परिपक्व हुँदैन, परिपक्व हुनलाई त आफूले गरेको अनुभव र जिम्मेवारी नै हो ।

भर्खर जन्मेको संस्था सशस्त्र प्रहरीका महिला कर्मचारीलाई जागिरको ५, ७ वर्षभित्र फिजिकलसम्बन्धी तालिमका सम्पूर्ण कोर्षहरु गराइन्छ । चाहे सिपाहीदेखि अधिकृतसम्म आवश्यक हुने कोर्ष किन नहोस् । तर, नेपाली सेनामा भने यस्ता छैन । यहाँ आज १९औं वर्षपछि पनि प्रमोसनको लागि अति कठिन तालिम गर्न बाध्य पारिन्छ । यो तालिम संस्थाले ५, ७ वर्षको जागिरको अवधिमा गराउन किन सक्दैन रु

एउटा महिला सैनिकको पनि आफ्नो घर हुन्छ । परिवार हुन्छ, आफ्ना नातागोता हुन्छन् । प्रजननसम्बन्धी एउटा साधारण महिलाजस्तै सन्तानको इच्छा र आवश्यकता हुन्छ । जब परिवारको इच्छा र निर्देशन पनि पालना गर्नुपर्दछ । परिवारलाई समय नदिनु भोलि परिवारमा फाटो आउन सक्छ ।

सबैलाई खुसी राख्नु र संस्थामा रहेर अनुशासित भए र आफ्नो जिम्मेवारी पूरा गर्न महिला सैनिकको लागि आफ्नो जीवन त्यति सरल पक्कै छैन ।

जब विवाह बन्धनमा बाँधिएकी महिला अधिकांशले २५ देखि ३० वर्ष भित्रमा सन्तानको जन्म दिएका हुन्छन् । यस उमेरमा उनीहरु जागिर भनेको भर्खर १०, १२ वर्षमा दौडिरहेको हुन्छ ।

यस समयमा सेनाको १० प्रतिशतदेखि २० प्रतिशत तालिम गरेका हुन्छन् । ग्रेडका कोर्ष भनेको भर्खर तेस्रो ग्रेडमा गरेका हुन्छन्, बा“की फिजिकल तालिम (कोर्स) गर्न बाकी रहन्छ ।

महिला सैनिकले २ वटा बच्चा जन्माउँदा दुई ठाउँमा शरीर अपरेशन गरेको हुन्छ र बेल्ट (पेटी) पनि राम्रोसग लगाउन गाह्रो हुन्छ भने कडा फिजिकल गर्न त झनै गाह्रो हुन्छ । यस्तो अवस्थामा आफ्नो रोटेशनमा तालिममा सहभागी भएर पुरुष सैनिकको तुलनामा महिला कर्मचारी शारीरिक रुपमा कमजोर हुनु स्वभाविकै हो ।

तर, ग्रेडसम्बन्धी सम्पूर्ण कोर्ष महिला कर्मचारीलाई जागिरको ८/ १० वर्षभित्र पूरा गर्न नेतृत्व र नीति निर्माण तहमा रहनुहुने चिफसाब, जर्साबहरुले नियम परिमार्जित गरेर व्यवहारिक हुनेगरी गर्नका सोच्ने बेला आएन र चिफसाब ??

अझ भनौं भने सैनिक कर्मचारी र इन्फेन्ट्रीमा पनि प्रमोशन हुनको लागि तालिममा हामीले ज्यादै फरक र अनौठो प्रचलन रहेको पाएका छौं । चिफसाब महिला सैनिक कर्मचारीले आफ्नो भर्खरको दुधे बच्चालाई छाडेर दोस्रो ग्रेड र पहिलो ग्रेड कोर्ष गर्नको लागि सुवेदार नहुँदै २५ किलोको झोला र गोलीगठ्ठा, हतियार बोकेर तालिममा दौडधुप र आवश्यक काम गर्नुपर्ने हुन्छ ।

तर, नाम मात्रको इन्फेन्ट्री गण आपूर्ति तथा परिवहन गण (एमटी) मा भने एउटा मात्र ग्रेड तेस्रो ग्रेडको कोर्ष मात्र गरेर पनि अधिकृतसम्म हुने बाटो क्लियर हुन्छ । यो कस्तो विडम्बना हो चिफसाब । एमटी गणको पनि आफ्नै ठूलो जिम्मेवारी छ, त्यो हामी बुझ्दछौं । तर, हामी महिला सैनिक कर्मचारी जति पनि कोर्ष पूरा नगरी प्रमोशनको लागि मार्ग प्रशस्त गर्नु भनेको संस्थामा कसैलाई काखा र कसैलाई पाखा भने जस्तै विभेद भएन र रु हाम्रो माग भनेको कसले कोर्ष गर्नेरनगर्ने भन्ने पक्कै होइन ।

हामी महिला सैनिक कर्मचारीको माग त आवश्यक तालिम हामी गर्न सक्षम छौं तर उमेर छँदै बच्चा जन्मिनुभन्दा पहिला आवश्यक सबै तालिम पूरा गर्न पाए हाम्रो मनोवल गिर्ने थिएन र भौतिक रुपमा कमजोर महसुस गर्ने पनि थिएनौं भन्ने मात्र हो ।

सबै युनिटहरुको आआफ्नै तालिमहरु रहेका छन् र हुन्छन् । सिग्नलले पनि ग्रेड र आन्तरिक कोर्ष दुबै तालिम गरेको हुन्छ । इन्जीनियर, आर्टिलरी सब युनिटको दोहोरो कोर्ष पूरा नगरी प्रमोशन हुने बाटो खुल्दैन । अझ भन्नुपर्दा सिभिलियनमा रहने इन्टेलिजेन्स र डीएमआई युनिटले पनि सबै ग्रेड र आन्तरिक कोर्ष पूरा गर्नुपर्दछ ।

तर, एमटी गणले भने महिला सैनिक कर्मचारीको जत्ति पनि कोर्ष पूरा नगरी जम्मा १ वटा तेस्रो ग्रेड कोर्ष गरेको भरमा अधिकृत हुन पाउने प्रचलन नेपाली सेनामा रहेको २, ३ दशक अघिदेखिक हो । तर, पनि हाम्रो यसमा कुनै कमेन्ट छैन ।

हाम्रो निवेदन भनेको आफ्नो उमेर र स्वास्थ्य स्थिति अनुकूल भएको अवस्थामा समय सापेक्ष महिला सैनिक कर्मचारीलाई पनि तालिमहरु गराइएमा संस्था अझ मजबुद र महिला सैनिक कर्मचारीको सेवा गर्न दृढ इच्छाशक्ति जागृत हुने थियो ।

आज देशको दरिलो र मजबुद खम्बा नेपाली सेनालाई भर्खर जन्मेको संस्था सशस्त्र प्हरी गणसँग तुलना गर्ने थिएन होला । आज सशस्त्र प्रहरी गणमा तालिम र अनेकौं कुराहरु ज्यादै नै समय सापेक्ष भएको छ ।

यस्ता राम्रा कुराहरुको अनुशरण हामी जोकोहीले पनि गर्नुपर्दछ । आज कर्तव्य पालनाको सिलसिलदामा होस् वा डिउटीको अवस्थामा सैनिकको अंगभंग भएमा उसलाई अयोग्यको बिल्ला भिडाई तालिमबाट बञ्चित गराई प्रमोशन हुनबाट रोक लगाईको छ ।

के यसले नेपाली सेनाको संस्थागत हित चाहने र संस्था र राष्ट्रको लागि रगत बगाउने पुरुष हुन् वा महिला । यस्तो विभेदले गर्दा सैनिकहरुको मनोबलमा ज्यादै चोट पु¥याएको छ ।

के नेपाली सेनाको कुनै सिपाही देश र जनताको लागि जिउज्यान प्रवाह नगरी कर्तव्य पालनको अवस्थामा अपांगता हुदा उसलाई असक्षमताको बिल्ला भिडाई आवश्यक तालिम र प्रमोशनमा रोक लगाउनु भनेको सैनिकको कार्य गर्ने मनोबल र भावनामा नै रोक लगाउनु जस्तै भएन र चिफसाब ?

हिजोको कुरा छाडौं , आज नेपाली सेनाको नीति निर्माण गर्ने नेतृत्व तहमा रहनु भएका जर्साब, चिफसाबले आफ्नो १०–५ बजेको जागिर मात्र पूरा नगरी संस्थाको विभेदकारी नीति नियमलाई समय सापेक्ष परिमार्जित गर्नुहुनेछ भन्ने आशा राखेका छौं ।
–पीडित सैनिक जमदार कर्मचारीहरु, नेपाली सेना

  • अपराध
  • आमा
  • कर्मचारी
  • तालिम
  • बञ्चित
  • बढुवा
  • बन्नु
  • महिला
  • सैनिक
  • हामी
  • हो र ?
मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

लोकप्रिय

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

भर्खरै

  • १.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ३.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ६.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ७.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ८.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.