भरतपुर : चितवनमा कोरोना विरूद्धको ‘बुस्टर डोज’ खोप लगाउन सुरु भएको छ । बिहान १० बजेदेखि २ः३० बजेसम्म खोप लगाउने समय तोकिएको भरतपुर महानगर स्वास्थ्य शाखाले जनाएको छ ।
आज २ देखि माघ ५ गतेसम्म पहिलो चरणको बुस्टर डोज खोप दिइएको छ । आज अग्रपंक्तिमा खटिने व्यक्तिहरु जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी, कारागारका कर्मचारी तथा कैदीबन्दीलाई बुस्टर डोज दिइएको छ भने भोलि स्वास्थ्यकर्मीहरुलाई दिइने स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार फ्रन्टलाइनरहरु झन्डै १३ हजारको हाराहारीमा छन्, ती सबैले बुस्टर डोज खोप पाउनेछन् ।
माघ महिनाको दोस्रो हप्ता १४ गते देखि भने ६० वर्ष र माथिका नागरिकहरुलाई बुस्टर डोज दिइने भरतपुर महानगर स्वास्थ्य शाखाले जनाएको छ ।