चितवन : नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत बा १३ च ४३६५ नम्बरको एक स्कर्पियो दुर्घटना हुदा सात जना घाइते भएका छन् ।
शुक्रबार बेलुका स्कर्पियो इच्छाकामना गाउँपालिका वडा नं ६ तीन नम्बर पुलबाट अनियन्त्रित भइ सडकबाट करिब ५० /६० मिटर तल त्रिशूली नदीको किनारामा खसेको प्रहरीले जनाएको छ ।
स्कर्पियोका चालकसहित सात जना घाइतेको उद्धार गरी उपचारको लागि भरतपुर अस्पताल लेराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।