काठमाडौं : दाङको दंगिशरण गाउँपालिका ४ हेकुलीमा रोकिराखेको ट्याक्टरमा, अटो रिक्सा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो रिक्सामा सवार ५० वर्षीय नेत्र बुढाथोकी (दीपक) रहेका छन् ।
घाइते भएका उनको उपचारका क्रममा आज बिहान ५ बजे नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो रिक्सा चालक स्थानीय १७ वर्षीय मनिष चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।