• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

सन्तान नभए के गर्ने ?


डा. सविना श्रेष्ठ प्रधान ,

नि:सन्तान विशेषज्ञ, ओम अस्पताल तथा रिसर्च सेन्टर,

विवाहपछि प्रत्येक दम्पतीको एउटा स्वाभाविक सपना हुन्छ–घरमा शिशुको हाँसो गुन्जियोस् तर चाहँदाचाहँदै पनि सबैको यो सपना पूरा हुन सकिरहेको हुँदैन । कुनै–कुनै महिलाले सन्तान जन्माउन सक्दैनन् । यस्ता दम्पतीमध्ये धेरैले आफ्नो जीवन एक्लो र निरस अनुभव गर्छन् । आज पनि हाम्रो समाजमा सन्तान नहुनुलाई भगवान्को श्राप वा पूर्वजन्मको अभिशाप भन्दै हेला गर्ने चलन छ । झन्डै १५ प्रतिशत विवाहित दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपर्दा यति सुन्दर संसार उनीहरूका लागि कालकोठरीजस्तै बन्न पुगेको छ । आजको वैज्ञानिक युगमा आईयूआई, आईभीएफ (टेस्टट्युब बेबी), एक्सीजस्ता आधुनिक प्रविधिद्वारा कैयौं निसन्तान दम्पतीको सपना साकार हुन पुगेको छ ।

 

नि:सन्तान भन्नाले परिवार नियोजनका कुनै पनि साधन नअपनाई नियमित सहवासका बाबजुद दुई वर्षसम्म गर्भधारण हुन नसकेको अवस्थालाई मानिन्छ । सन्तान हुन नसक्नुमा महिला तथा पुरुष दुवै समान रूपमा जिम्मेवार मानिन्छन् । कहिलेकाहीँ दुवैमा खराबी नहुँदा नहुँदै पनि गर्भ रहन कैयौं वर्ष लाग्न सक्छ । किनभने गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो । स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीटले महिलाको अण्डा भेट्ने अवसर नपाएको हुनसक्छ ।

स्त्री रागरस वा पुरुष रागरसको कमीका कारण यस्तो हुनसक्छ । हाम्रो समाजमा सन्तान नहुनेहरूलाई हेला गर्ने चलन छ । नि:सन्तानका हातको पानी चल्दैन वा उनीहरूबाट पितृहरू पनि विमुख हुन्छन् भन्ने अन्धविश्वासी परम्परा हाम्रो समाजमा यदाकदा विद्यमान छ । यद्यपि त्यो पूर्णत: गलत कुरा हो । नि:सन्तान हुनुको कारण निक्र्याेल गर्नु जरुरी हुन्छ । छोराछोरी नभए पनि मानिसले सुखमय जीवन बिताउन सक्छन् । अरूको सन्तानलाई धर्मपुत्र, धर्मपुत्री लिएर वा अनाथालयलाई सहयोग गरेर आफ्नो जीवनलाई सार्थक बनाउने सन्तानहीन दम्पती हाम्रै समाजमा पनि छन् ।

कतिपय अवस्थामा महिनावारी भएको समय र सहवासको समय नमिलेका कारण पनि सन्तान नहुन सक्छ । युवाहरू विवाह गर्नासाथ रोजगारीका लागि विदेश गएका हुन्छन् । दुई महिनाको बिदामा आएको समयमा घरपरिवारबाट बच्चा पाउने दबाब हुन्छ । छोटो समयमै सन्तानको इच्छाका कारण तनावमा परेर उनीहरूले सन्तान जन्माउन सकेका हुँदैनन् । श्रीमान्–श्रीमती दुवैमा कुनै खरावी नभए पनि तनावका कारण समस्या उत्पन्न हुन्छ । कतिपयले उपचारका क्रममा भन्ने गरेको पाइन्छ–‘विवाह गरेको ४–५ वर्ष भयो, सन्तान भएको छैन ।’ यस्ता समस्या लिएर आउनेहरूका लागि ओम अस्पतालले शुक्रकीट फ्रिज गरेर उपचार गर्ने गरेको छ । श्रीमान्को शुक्रकीट जम्मा गरेर राख्ने र श्रीमान् विदेश गैसकेपछि पनि त्यसलाई श्रीमतीको पाठेघरमा राखेर उपचार गरिन्छ । यद्यपि यस्तो अवस्थामा समाजले श्रीमान् विदेशमा भएको समयमा पनि कसरी गर्भवती भइन् भनेर नकारात्मक दृष्टिले हेर्ने चलन छ । यसमा जनचेतना जगाउन जरूरी छ । श्रीमान्को शुक्रकीट नै श्रीमतीको पाठेघरमा राखिएको हुन्छ ।

विदेशमा काम गर्न जानेहरूको शुक्रकीट उत्पादनमा ५० प्रतिशतसम्म कमी भएको हुनसक्छ । यस्तो उनीहरूले काम गर्ने ठाउँको उच्च तापक्रमका कारण हुनसक्छ । विशेषगरी खाडी मुलुकमा काम गर्न जाने कामदारमा यस्तो समस्या देखिने गरेको छ । त्यस्तो अवस्थामा सामान्य अवस्थामा फर्कन करिब ३ महिना लाग्छ । त्यतिबेलासम्म उनीहरू पुन: रोजगारीका लागि फर्कनुपर्छ । त्यसकारण पनि चाहेको समयमा सन्तान हुन पाउँदैनन् । यस्तो स्थितिमा आईयूआई प्रविधिबाट उपचार गर्नुपर्ने हुन्छ । ओम अस्पतालमा यो विधिद्वारा करिब दुई हजारले सन्तान जन्माएका छन् ।

पुरुषमा सन्तान नहुने कारण

– वीर्यमा शुक्राणुको संख्या वा गतिमा कमी ।

– वीर्यमा शुक्रकीट उत्पादन नहुनु ।

– वीर्यमा संक्रमण ।

– शुक्राणुको बनावटमा खराबी ।

– हार्मोनमा गडबडी ।

– पुरुष कुनै कारणवश सहवास प्रक्रियामा असमर्थ हुनु ।

– शुक्रनली वा अन्य भागमा केही

अवरोध हुनु ।

महिलामा सन्तान नहुने कारण

– अण्डाशयमा अण्डा नबन्ने अथवा थुपै्र स–साना डिम्ब बने पनि नबढ्ने ।

– पाठेघरको नली पूरै बन्द भए, पिप वा पानी जमे वा अण्डा पकडिने काम नभए ।

– पाठेघरको झिल्ली क्षयरोग अथवा कुनै कारणबाट पातलो हुँदा ।

– हार्मोनमा गडबडी ।

– पाठेघरको झिल्लीमा मासु बढ्नु ।

– गर्भाशयको मुख ज्यादै सानो हुनु ।

महिलामा गर्नुपर्ने जाँच

– पाठेघरको झिल्लीमा क्षयरोग छ कि छैन ?

– महिनावारी भएको दोस्रो वा तेस्रो दिन हार्मोनको जाँच ।

– रगतको सामान्य जाँच ।

– भित्री अल्ट्रासाउन्डद्वारा अण्डाको जाँच ।

– दुरबिन प्रविधिद्वारा पाठेघरको भित्री भाग तथा नलीको जाँच ।

– सहवासपछि शुक्रकीटको जाँच ।

पुरुषमा गर्नुपर्ने जाँच

– रगतको सामान्य जाँच ।

– वीर्यको विशेष जाँच ।

– आवश्यकताअनुसार टेस्टिकुलर बायोप्सी ।

–  हार्मोनको जाँच ।

सबै किसिमको जाँचपछि नै कुनै निष्कर्षमा पुग्न सकिन्छ । त्यसपछि मात्र उपचारको उपयुक्त विधि निक्र्यौल गरी त्यसमा जानुपर्छ ।

उपचार विधि

– सबै जाँचपछि श्रीमान्–श्रीमतीको सामान्य उपचार गर्ने ।

– आर्टिफिसियल इन्सेमिनेसन विद पार्टनर्स स्पर्म ।

– आट्रिफिसियल इन्सेमिनेसन विद डोनर्स स्पर्म ।

– टेस्टट्युब बेबी ।

– आईभीएफ विद डोनर स्पर्म ।

–  एग डोनेसन ।

– सिमेन एण्ड एम्ब्रियो बैंक ।

– डोनर एम्ब्रियो ट्रान्सफर ।

– इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन ।

सामान्य उपचारअन्तर्गत महिनावारी भएको तेस्रो दिनदेखि अण्डा बन्ने औषधि दिएर महिनावारी भएको नौ दिनपछि ‘ट्रान्सभ्यागिनल सोनोग्राफी’ बाट अण्डा बनेको गतिविधि हेरिन्छ । यसमा कसैकसैलाई हार्मोनको इन्जेक्सन पनि दिनुपर्ने हुनसक्छ । अण्डा फुटेपछि प्राकृतिक सहवासको सल्लाह दिइन्छ र यसबाट गर्भधारण गर्ने अवसर वृद्धि हुन्छ ।

आईयूआई प्रविधिमा महिनावारी भएको दोस्रो दिनबाट अण्डा बन्ने औषधि दिएर नौ दिनपछि टिभिएसबाट अण्डा बनेको गतिविधि हेरिन्छ । यो प्रक्रियामा कसैकसैलाई हार्मोनको इन्जेक्सन पनि दिनुपर्ने हुन्छ । महिनावारी भएको १४–१५ दिनमा जब अण्डा फुट्छ तब श्रीमान्को वीर्य संकलन गरी आईभीएफ मिडियामा हेरेर मसिनो नलीको माध्यमबाट महिलाको पाठेघरमा राखिन्छ । यो प्रक्रिया पीडारहित हुन्छ । यसमा बिरामीलाई अस्पताल पनि भर्ना गर्नुपर्ने आवश्यकता पनि पर्दैन ।

श्रीमान्को वीर्य संख्या निकै कम भएको वा शुक्राणुको अभाव भएको अवस्थामा श्रीमान्–श्रीमती दुवैको सहमतिबमोजिम दाताको शुक्राणु लिएर समेत यो उपचार गर्न सकिन्छ । आईयूआई प्रविधिका लागि पाठेघरको एउटा नली भए पनि खुल्ला हुनुपर्छ र पाठेघरको झिल्ली पनि स्वस्थ हुनुपर्छ । यदि महिलाको पाठेघरको दुवै नली बन्द भए, नलीहरू शल्यक्रियाद्वारा निकालिएको भए, ६ पटकसम्म आईयूआई सफल नभए, बाँझोपनको कुनै कारण पत्ता नलागे आईभीएफ (टेस्टट्युब बेबी) विधि अपनाइन्छ ।

 

 

  • के
  • गर्ने
  • नभए
  • सन्तान
बिहिबार, पुष २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने
बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना
रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
रत्ननगरको कयरखोला नजिक गुडिरहेको बसमा आगलागी
गैँडाकोटको जयश्री फुड्स र जयश्री च्यारिटीमा एक सय १८ जनाद्वारा रक्तदान

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

भर्खरै

  • १.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • २.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

  • ४.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.