• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, पुष २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाको मृत्यु


चितवन : चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाका मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ८ की ३३ वर्षीया राधिका थापाको मृत्यु भएको हो ।

पीडित परिवारले अस्पतालको गम्भीर लापरबाहीले मृत्यु भएको गुनासो गरेका छन् । मृतक थापाका दाजु तारा थापाले विहान साढे ८ बजेसम्म ठिकठाक नै रहेकी राधिकाको अस्पतालले सुत्केरी गराउने क्रममा लापरबाही गरेकाले मृत्यु भएको बताए ।

 

पुस २६ गते दिउँसो १ बजेतिर सुत्केरी व्यथाले च्यापेपछि भरतपुर अस्पताल भर्ना भएकी थापालाई साधारण ढंगले सुत्केरी गराउने भन्दै अस्पतालका डाक्टर र नर्सले २८ गते बिहानसम्म राखेका थिए । ‘उहाँहरूले दिउँसो १२ बजेसम्म हुन्छ भनेर राख्नुभयो, हामीलाई भित्र जान पनि दिनु भएन, बहिनी असाध्य पीडा भएर भुईँमा लडिछन्, नजिकको अर्को बिरामीकाअनुसार त्यहाँ कोही नर्स, डाक्टर थिएनन् रे, मुखबाट रगत आएर बेहोस भएर ढलिछन्’ मृतकका दाजु ताराले भने, ‘हामी भित्र जाँदा त बहिनी अचेत थिइन्, नर्स आएर सीपीआर गरिरहेका थिए, डाक्टर थिएनन् । हतार हतार आईसीयू लगेर भेन्टिलेटरमा राखियो ।’

भेन्टिलेटरमा राखेको केही समयपछि डाक्टरले राधिकालाई मृत घोषणा गरेका थिए । उनको पेटमा साढे तीन किलोको छोरा रहेको मृतकका दाजु ताराले बताए ।

पुस २४ गते सुत्केरी गराउने मिति नियमित चेकजाँच गर्दै आएका प्रसूति रोग डाक्टर लोकबहादुर सेढाइले दिनुभएको थियो । ‘२२ गते यहाँ राप्ती खुरखुरेमा भिडियो एक्सरे गरेर हेर्दा सबै कुरा नर्मल छ, एकरदुई दिनमा अस्पताल जानु भए हुन्छ भनेर डाक्टरले भन्नुभएको थियो,’ ताराले भने ।

राधिकाका श्रीमान् सुधिर थापा जापानमा छन् । उनी विगत ८ वर्षदेखि जापानमा बस्दै आएका छन् । राधिका भने दशैं अगाडि मात्रै नेपाल आएकी थिइन् । उनकी ६ कक्षामा अध्ययनरत छोरीसमेत छिन् । राधिकाले अघिल्लो पटक छोरी साधारण तरिकाले नै जन्माएकी थिइन् ।

राधिकाको शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । पोष्टमार्टम गर्न परिवारले मानेका छैनन् । बुधबार अस्पतालका अध्यक्ष डा।भोजराज अधिकारीसहित भएको छलफलमा अस्पतालले गल्ती र कमजोरी भएको स्वीकार गरेको मृतकका दाजु ताराले बताए । ‘हामीले क्षतिपूर्ती रकम मागेनौं । हामीलाई पैसाभन्दा पनि अस्पतालले गल्ती स्वीकार गर्नुपर्छ भन्ने छ, अस्पतालले गल्ती स्वीकार पनि गरेको छ’ ताराले भने, ‘बहिनी नै मरेर गएपछि तिनीहरूले दिएको पैसाले के नै हुन्छ र रु पैसा त हामीसँग पनि छ तर बहिनीको ज्यान छैन के गर्ने ?’ उनले भरतपुर अस्पतालको प्रसूति विभागमा चरम लापरबाही हुने गरेको बताए ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण पौडेलले सुत्केरी गराउन आएकी राधिकाको मुटुको नशामा एक्कासी रगतको प्रेसर परेर मृत्यु भएको दाबी गरे । डा. पौडेलले राधिकाको उपचारमा अस्पतालको तर्फबाट लापरबाही नगरेको जिकिर गरे ।

  • अस्पताल
  • गएकी एक
  • गराउन
  • भरतपुर
  • महिला
  • मृत्यु
  • सुत्केरी
बिहिबार, पुष २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.