• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

यी हुन् डण्डिफोर च्वाटै निको पार्ने घरेलु उपाय, एक पटक प्रयोग गरेर त हेर्नुहोस्


छालाको सेवासियस भनिने तेल ग्रन्थीमा व्याक्टेरियाको संक्रमणमा भएपछि फुल्ने र पिप जम्मा हुने अवस्थालाई हामी डण्डिफोर निस्केको भन्छौँ। तेल ग्रन्थीले अनावश्यक रुपमा धेरै तेल उत्पादन गर्नु नै डन्डिफोरको मुख्य कारण हो । डण्डिफोर खासगरी अनुहार घाटी काँध तथा ढाडमा हुनेगर्छ। डण्डिफोर स्वास्थ्यका लागि भयंकर समस्या मानिदैन यद्धपी यसको आगमनले मानिसको आकर्षणमा चिसो पना पैदा गर्छ । अनुहारमा देखिने डण्डिफोले अनुहारको चमक नै हराइदिन्छ ।

त्यसैले कतिपय युवायुवतीहरु आफ्नो अनुहारमा निस्केको डण्डिफोर प्रति निकै नै चिन्तित हुने गर्छन । डण्डिफोर हटाउन बजारमा धेरै क्रिम तथा औषधिहरु पाइन्छ, तर हामी यसपटक यहाँलाई दैनिक जीवनमा प्रयोग भइरहेका बस्तुहरुको प्रयोगबाट डण्डिफोर हटाउने घरेलु उपायबारे जानकारी दिन्छौँ । ती उपायहरु यसप्रकार छन् ।

बरफ : बरफलाई कपडाले छोपेर डण्डिफोर भएको ठाँउमा केही सेकेण्ड राख्नुस अनि झिक्नुस । फेरी राख्नुस अनि फेरी झिक्नुस । यो प्रक्रिया केही समय दोहोर्याई रहनुस । यसो गर्दा डण्डिफोरमा देखिने रातोपना, फुलाई तथा दुखाई कम हुन्छ । त्यतिमात्रै होइन यो प्रक्रियाले संक्रमित छालामा रक्तसञ्चार राम्रो भई छालाको प्वालबाट फोहर तथा तेल बाहिर निकाल्न मद्धत समेत गर्छ ।

कागती : कागतीको प्रयोगले डण्डिफोरलाई सुकाउन मद्धत गर्छ । तर यसका लागि ताजा कागती चाहिन्छ । बोतलमा राखिएको कागतीको बासी रसले काम गर्दैन । किनकी बासी रसमा अरु पनि रसायन हुने भएकोले यसले थप उल्टो असर गर्न सक्छ । त्यसकारण तपाईँ ताजा कागती लिनुस राती सुत्नु अघि सफा कपडाले कागतीको रसमा डुबाएर डण्डिफोर भएको छालामा लगाउनुस र अर्को दिन विहान सफा पानीले छाला सफा गर्नुस । यसले तपाईँको अनुहारमा देखिएका डण्डिफोरहरु छिटो निको हुन मद्धत गर्छ ।

टूथपेस्ट : टूथपेस्टलाई पनि डण्डिफोर हटाउन प्रयोग गर्न सकिन्छ । तपाईँलाई हामीले माथिनै सिकाएको बरफको उपाय पछि यो उपाय प्रयोग गर्नुभयो भने अझ प्रभावकारी हुन्छ । टूथपेष्टलाई राती सुत्ने बेलामा डण्डिफोरमा लगाउनुस र विहान सफा पानीले मुख धुनुस । तपाईँको डण्डिफोर सुन्निने अवस्थामा कम हुनेछ । यसलाई दिउसो पनि प्रयोग गर्न सकिन्छ । तर याद गर्नुस टूथपेष्ट कम्तिमा आधा घण्टा तपाईँको डण्डिफोरमा रहनै पर्छ ।

पानीको बाफ : बाफ छालाको उपचारको लागि एकदम प्रभावकारी मानिन्छ । यसले छालाको प्वालहरु खोल्छ र यसमा जम्मा भएको तेल, फोहर किटाणुहरु हटाउछ । ठूलो भाडामा तातो पानी राख्नुस र १०-१५ मिनेटसम्म बाफ तपाईँको डण्डिफोर संक्रमित छालामा पर्न दिनुस । त्यसपछि तातो पानीले सफा गरी छाला सुख्न दिनसु अनि तेलरहीत मोस्चराइजर प्रयोग गर्नुस ।

लसुन : लसुनमा पाइने सल्फरले डण्डिफोरलाई चाँडो निको पार्न मद्धत गर्छ । लसुनको पोटीलाई दुईपिस गरी त्यसलाई डण्डिफोरमा लगाउनुस करीब ५ मिनेट पछि सफा मनतातो पानीले छाला सफा राख्नुस । यो प्रक्रिया हरेक दिन ३-४ पटक दोहोरयाउनु चाँडो ठिक हुन्छ । लसुन हरेक दिन एक पोटी खाने गर्नाले तपाईँको रगत सफा गर्न मद्धत गर्छ ।

मह : महमा हुने प्राकृतिक एन्टीव्याक्टेरियल विशेषताले छालाको संक्रमण हुन नदिनुको साथै संक्रमण निको गर्न मद्धत गर्छ । सफा कपडालाई महमा डुवाएर संक्रमित छालालाई छोपेर राख्नुस र करीब आधा घण्टा मनतातो पानीले छाला सफा गर्नुस । यो प्रक्रिया हरेक दिन २ ३ पटक गर्नुस । त्यस्तै दालचिनी र महलाई मिसाई लेप बनाएर छालामा लगाउने गर्नाले पनि डण्डिफोर चाँडो निको हुन्छ ।

काँक्रो : काँक्रोमा पाइने भिटामिन ए सी र इ तथा यसको चिसो बनाउने विशेषताले छालाको लागि एकदमै फाइदा जनक छ । काँक्रोको सानो सानो टुक्रा बनाई त्यसलाई सफा पानीमा भिजाउनुस । यसो गर्दा यसमा भएको भिटामिन ए, पोटासियम र क्लोरोफिल पानीमा जान्छ । यो पानी पिउनुस अथवा छालामा लगाउनुस । अथवा काँक्रोलाई पिधेर पेष्ट बनाई त्यसलाई छालामा लगाउनुस । करीब १५ मिनेटपछि मनतातो पानीले छाला सफा गर्नुस । यसले छालामा हुने फोहोर तेल र किटाणु हटाउछ ।

मेवा : मेवामा हुने भिटामिन ए , इन्जाइम तथा यसको जलन कम गर्ने र छाला मुलायम बनाउने विशेषता ले गर्दा यसलाई छालारोग उपचारको लागि प्रयोग गर्न सकिन्छ । मेवा पिधेर त्यसको जुस छालामा डण्डिफोरमा लगाएर १५२० मिनेट छाडिदिनुस र त्यसपछि सफा मनतातो पानीले सफा गर्नुस अथवा मह र मेवा मिसाई लेप बनाउनुस त्यसलाई छालामा लगाउनुस र सुक्नन दिनुस । सुकेपछि मनतातो पानीले सफा गर्नुस तपाईँको छालामा निस्केका विविरा तथा डण्डिफोर हराएर जान्छ ।

शनिबार, साउन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने
बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना
रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.