• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

हेटौँडाकी संगीताको मेवा क्रान्ति- अढाई लाखको लगानी, १० लाखको आम्दानी

हेटौँडा/ पदमपोखरीकी २९ वर्षीया संगीता वाइबा कुनै समय सामाजिक क्षेत्रमा सक्रिय थिइन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३, ठूलोथली निवासी संगीता समाजमा हुने कुरीति र सामाजिक असमानताविरुद्ध पीडितहरूको पक्षमा आवाज बन्दै आएकी थिइन् ।

पछिल्लो ६ महिनायता भने संगीताले कृषिक्षेत्र रोजेकी छन् । हिजोआज उनी मेवाबारीमा भेटिन्छिन् । उनले मेवासँगै सयपत्री फूलको खेती पनि गर्दै आएकी छन् । सामाजिक अभियन्ता बनेर काम गर्दै आएकी संगीता आर्थिक उन्नतिबाट महिला सशक्तिकरण गर्न सकिन्छ भन्ने सन्देश दिनकै लागि हाल कृषि व्यवसायमा लागेको बताउँछिन् ।

महिलाहरूलाई पनि कृषि व्यवसायमा लाग्न प्रेरणा होस् भनेर यो पेसामा आएको उनकाे भनाइ छ । त्यसैले पनि महिला मिलन बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएर स्थानीय महिलालाई समेत कृषिबाट आयआर्जनको बाटो बनाउन सल्लाह र सहयोग संगीताले दिँदै आएकी छन् ।

उनकै सहयोग र सल्लाहअनुसार हेटौँडा उपमहानगरपालिका– १३, पदम पोखरीमा अन्य २२ जना महिलाहरूले पनि व्यावसायिक मेवा खेती गरिरहेका छन् । उनीहरूले एउटा समूह नै बनाएर पहिलोपटक मेवाखेती सुरु गरेका हुन् । यदि उनीहरू यो पेसामा सफल भए थप अरु महिलाहरूले पनि कृषि पेसा रोज्ने संगीताको विश्वास छ ।

व्यावसायिक रूपमै मेवा खेती गर्न थालेकी संगीता भन्छिन्, ‘४ सय २३ वटा मेवाका बिरुवा हुर्किएका छन् । स्थानीयस्तरमै उपलब्ध रेड लेडी मेवाका बिरुवा लगाएकी छु । यो दुई महिनादेखि केही बिरुवामा फूल लाग्छ । तीन महिनादेखि फल लाग्न सुरु हुन्छ ।’

व्यावसायिक मेवा खेती गर्दा लगानी कम उत्पादन धेरै गर्न सकिने हुँदा नै यो पेसामा लागेको संगीता बताउँछिन् । उनको बारीमा अहिले हरियाली देखिन्छ । अहिले मेवा उत्पादन हुन थालेपछि त झन् उनी खुसीले गद्गद् छिन् ।

उनले लगाएका मेवाका ५० प्रतिशतभन्दा बढी बोटले फल पनि दिन थालिसकेका छन् । गत वर्षको चैतमा तालिम लिएर चैतबाटै संगीताले मेवा खेती सुरु गरेकी हुन् । कृषि व्यवसायका लागि परिवारले पनि सहयोग गरेको र परिवारको सहयोगमा व्यावसायिक मेवासँगै सयपत्री फूलको खेती पनि थालेको उनले सुनाइन् ।

मेवा खेती गर्न पदमपोखरीमा रहेको त्रिवेणी कृषि सहकारी संस्थाले सहयोग गरेपछि यो पेसा रोजेको उनी बताउँछिन् । मेवा खेतीका लागि अहिलेसम्म करिब २ लाख ५० हजार रुपैयाँ र सयपत्री फूलका लागि १ लाख रुपैयाँ मात्र लगानी गरेको उनको भनाइ छ । पहिलोपटक फलेको मेवाबाट १० लाख रुपैयाँको व्यापार भइसकेको उनको दाबी छ ।

६ कट्ठा जमिनमा संगीताले मेवा खेती गरकी छन् । उनले मेवाबारीभित्र सयपत्री फूल र अन्य तरकारी खेतीसमेत गर्दै आएकी छन् । मेवा खेतीसँगै सयपत्री फूल र अन्य तरकारी खेती पनि मेवाबारीमै गर्नाले तेब्बर फाइदा भएको उनले बताइन् । मौसमले साथ दिए यस वर्षको असोजदेखि मंसिर महिनासम्ममा सबै खर्च कटाएर मेवा, सयपत्री फूल र तरकारीबाट १७ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य उनको छ ।

संगीता भन्छिन्, ’कृषि कर्ममा लागेर उत्पादन होइन, पैसा पो टिप्न थालेजस्तो लाग्न थालेको छ ।’ मेवा र सयपत्री फूलबाट आएको आम्दानीले गाउँमा बाँझो रहेका जमिन भाडामा लिएर तरकारी खेती गर्ने योजना रहेको संगीताको भनाइ छ ।

संगीताले सुनाइन्, ‘महिलाहरूलाई पनि कृषि व्यवसायमा ल्याउनुपर्छ भन्ने मान्यता राख्दै चुनौती मोलेर यो पेसामा आएकी हुँ । महिलाहरू चुल्होचौकोमा मात्रै सीमित हुनुपर्छ भन्ने मानसिकताबाट बाहिर निस्किएर उद्यमशील बन्नुपर्छ भन्ने सोच मेरो छ ।’ ’महिलाहरूले घरको काम मात्र हेर्ने होइन । कृषि, व्यापार–व्यवसाय र उद्यमशीलतातिर पनि लाग्नुपर्‍यो । महिलाहरूले एक त कृषिको काम दैनिक गर्नुपर्ने बाध्यता छ । त्यही कामलाई पेसामा बदले पुग्छ’, उनले थपिन् ।

संगीताका अनुसार कृषि उत्पादन बिक्रीवितरणका लागि बजारको समस्या छैन । व्यापारीले बारीबाटै मेवा र सयपत्री फूल खरिद गर्न थालेका छन् । तर, संगीता महिलालाई कृषिमा लाग्न प्ररेणा दिँदै भन्छिन्, ‘मेवा र सयपत्री होइन, पैसा टिप्दैछु ।’

बजारको मूल्य बुझेर मात्र बिक्री गर्दै आएकी छिन् उनले । धेरैजसो त उनी आफैँले बजारमा लगेर बेच्ने गरेकी छिन् ।

सरकारले कृषि पेसामा लागेका महिलालाई स्थानीय तहबाट तालीम, सहुलियतपूर्ण ऋण, बजारको व्यवस्था, आधुनिक खेतीका लागि घरेलु तालिम र महिला कृषि विकास कोष खडा गर्नुपर्ने उनको माग छ । घरेलु कृषिमा काम गर्दै आएका महिला सरकारले आधुनिक कृषिको तालिम दिए अहिलेभन्दा तीन गुणा उत्पादन बढ्ने संगीताको दाबी छ ।

पछिल्लो समय नेपालमा मेवाको माग बढ्दो छ । जन्डिस र आँखा कमजोर भएका बिरामीले नियमित सेवन गर्न थालेपछि मेवाको माग बढेको उनको भनाइ छ । मेवा फाइदाजनक फलफूलको रूपमा चिनिन्छ । नेपालमा उत्पादन नहुँदा भारतलगायत देशबाट वार्षिक ५ अर्बको मेवा आयात हुने गरेको छ । शिलापत्रका लागि रमेश पराजुलीले लेखेको समाचार हामिले साभार गरेका हौं ।

janapatra.com

शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.