×
बिहीबार, असार ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

आजको मौसम : आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ३. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ४. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ७. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ८. सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ९. आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • १०. एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

भरतपुरमा आजदेखि दुइ दिने रोजगार मेला सुरु , एकैदिन १३ सय बढिले दिए रोजगारीका लागि आवेदन


चितवन : चितवनको भरतपुरमा दुई दिनसम्म चल्ने रोजगार मेला आज बुधबारदेखि सुरु भएको छ । मेलाको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गर्नुभयो ।

यस प्रकारका मेलाले युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार चितवनमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ गरिएको हो ।

मेलामा एकै दिन १३ सय १३ जनाले रोजगारीका लागि आवेदन दिएका छन् । करिब ५ हजार सहभागी मध्ये उनिहरुले विभिन्न क्षेत्रमा रोजगारीका लागि आवेदन दिएका हुन् ।

फारम भरेका मध्ये ३ सय जनाले सम्बन्धित रोजगार दातासंग परामर्श गरी प्रक्रिया अघि बढेको आयोजकले जनाएका छन् । आवेदक मध्ये ७

जनाको रोजगारीको सम्झौता प्रक्रिया अघि बढेको समेत जनाइएको छ ।

 

बुधबार र बिहीबार हुने दुईदिने मेला भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी महासंघ नेपाललगायतका एक दर्जन संघसंस्थाले सहकार्य गरेका छन् ।

भरतपुरमा रहेको चितवन प्रर्दशनी केन्द्र (चितवन एक्सपो सेन्टर) मा सुरु मेलाले जिल्लामा न्यून स्तर र मध्यम स्तरको रोजगारी सिर्जना गर्न टेवा पुग्ने विश्वास लिइएको छ ।

 

 

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीका अनुसार यस्तो मेला स्थानीय सरकारले गरेको छैन । जिल्लामा हुने विकास निर्माणको काममा आवश्यक कामदार अहिले पनि भारतबाट ल्याउनुपर्ने बाध्यता रहेकाले यसको अन्त्य गर्न रोजगार मेला गरिएको सुवेदीले जानकारी दिनुभयो ।

चितवन पोल्ट्री, दूध, माछा, केरालगायतका कृषि उत्पादनमा आत्मनिर्भर छ । त्यस्तै होटल, विभिन्न उद्योगमा ठूलो संख्यामा कामदारको माग भए पनि भारतलगायत तेस्रो मुलुकबाट कामदार ल्याउनुपर्ने बाध्यता छ । मेलाले रोजगारदाता र रोजगारी गर्न इच्छुक व्यक्तिहरुको दूरी नजिक बनाउने अपेक्षा राखिएको छ ।

 

वैदेशिक रोजगारीमा जान चाहानेलाई सीपमूलक तालिम दिने, पालिकाहरुमा हुने विकास निर्माणमा जनशक्ति उत्पादन गरी सिजनल रोजगारी दिने तथा विभिन्न संघ संस्थामा आवश्यक पर्ने कामदारको मागलाई पूरा गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । मेलामा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्याङ्क संकलन गर्ने, मेला अवधिभर २०० जनालाई आवश्यक संघ संस्थामा रोजगारी दिने, सीप र तालिमबारे जानकारी दिइने कार्यक्रमका फोकल पर्सन आमोद सुवेदीले जानकारी दिनुभयो । मेलामा ६२ वटा स्टल रहेका छन् ।

 

जिल्लाका सात वटा पालिका, जब लिंक तथा सेन्टर, उद्योग तथा तालिम केन्द्रहरुको स्टल राखिएको आयोजकले जनाएको छ । मेलामा संकलन गरिएको तथ्याङ्कलाई अनलाइनबाटै जानकारी लिन मिल्ने गरी राखिने प्रमुख प्रसाशकीय अधिकृत सुवेदीले बताउनुभयो । मेला अवलोकन गर्न कुनै शुल्क नलाग्ने आयोजकले जानकारी दिएको छ ।

मेलामा सहभागि रोजगार दाताहरुबाट विभिन्न क्षेत्र गरी ३६७८ जना जनशक्तिको माग भएको छ । मेलाको दोस्रो दिन भोलि (विहिबार) रोजगारीको खोजीमा रहेका युवाहरुलाई सहभागी हुन आयोजकले अपिल गरेको छ । मेला भरतपुरको चितवन प्रदशनी केन्द्रमा संचालन भइरहेको छ ।

  • भरतपुर
  • रोजगार मेला
बुधबार, असार २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र
दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट
सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध
विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक
एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै
काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

लोकप्रिय

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ३.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ४.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

भर्खरै

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    आजको मौसम : आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ३.
    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ४.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ६.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ७.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ८.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.