• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

बलात्कारको प्रतिकार गर्दा देवरले गरे भाउजूको क्रूर हत्या


काठमाडौं : दार्चुलाको शैल्यशिखर नगरपालिका–१, बारिलकी गोमतीकुमारी खडायत २४ जेठको बिहान ६ बजेतिर उठ्दा घरमा आमा अनिभा थिइनन् । बरु आमा खोज्दै हिँड्दा उनले काका नाता पर्ने भोजराज खडायत हस्याङफस्याङ गर्दै घरतिर आइरहेको देखिन् ।

अरुबेला पनि घरमा आइराख्ने भएकाले उनले काकालाई आमाबारे सोध्न खोजिन् । हातमा मोबाइल लिएर आमाको नम्बरमा डायल पनि गरिरहेकी थिइन् । ‘तर मोबाइल देख्ने वित्तिकै उनले गोमतीलाई लखेट्न थालेछन्’ जिल्ला प्रहरी कार्यालय, दार्चुलाका डीएसपी प्रतिक विष्ट भन्छन्, ‘केहिबेर खेदाउँदा पनि समात्न सकेनछन्, नजिकै रहेको दशरथ खडायतको घरतर्फ जाने बाटो हुँदै खोलातिर पुगेपछि फर्किएर फेरि माथि आएछन् ।’

 

गोमतीले चाहिँ अलि तल पुगेपछि माथि घर छेउमा आगो बलिरहेको देखिन् । काका पनि त्यतै गएकाले उनको मनमा चिसो पस्यो, छिमेकीलाई पनि बोलाइन् र आगो बलेतिर लगिन् ।

त्यहाँ पुगेर हेर्दा घरबाट ५० मिटर पर मकैबारीमा खरले आधा जलेको अवस्थामा आमा अनिभाको शव देखिन् । छेवैमा पुरुषको कट्टु, दुईवटा ढुंगा र छरिएका खरका त्यान्द्राहरु थिए ।

 

बलात्कारको प्रतिकार गर्दा हत्या

स्थानीवासीले प्रहरीलाई दिएको बयान अनुसार भाउजू अनिभा र देवर भोजराजबीच पहिल्यैदेखि एकअर्काको घरमा आउजाउ भइरहन्थ्यो ।

अनिभाका श्रीमान् सात वर्ष पहिल्यै बितेका थिए । उनका तीन छोरी र एक छोरा छन् । तीमध्ये एक छोरीको बिहे भइसक्यो । छोरा वैदेशिक रोजगारीमा छन् । बाँकी रहेका दुईजना घरमै थिए । भोजराज चाहिँ स्थानीय चमेली जलविद्युत् आयोजनामा सुरक्षागार्डका रुपमा काम गर्थे । उनी केही समय भारतमा रोजगारी गरेर गाउँ फर्किएका थिए ।

                                                  भोजराजलाई सार्वजनिक गर्दै प्रहरी

घटनाको अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका भोजराजको बयान अनुसार घटना भएको दिन बिहानपख २ बजेतिर उनी काम सकेर घरतिर फर्किंदै थिए । बाटोमा पर्ने भाउजूको घरको आँगनमा पुगेपछि उनले भित्रतिर बत्ती बलिरहेको देखे ।

‘घरको मूल ढोका खुल्ला थियो, कोठाभित्र लाइट पनि बलिरहेको थियो’ उनले प्रहरी समक्ष बयान दिँदै भनेका छन्, ‘सुत्ने कोठामा केही सामान खोजेजस्तो गरेर उभिएको देखेपछि मैले भाउजूलाई बोलाएको थिएँ ।’

त्यतिबेला आफूसँग भाउजू गफ गर्न पनि तयार नभएपछि डर, त्रास देखाएर बाहिर बोलाएको उनले बयान दिएका छन् । त्यसरी उनले नजिकै रहेको अम्मर खडायतको बारीमा भाउजूलाई लगेको दार्चुलाका डीएसपी विष्ट बताउँछन् ।

त्यतिबेला उनले भाउजुसँग शारीरिक सम्बन्ध राख्ने प्रस्ताव पनि गरेको प्रहरी बताउँछ । ‘तर प्रतिकार गर्दै गालीगलौज गर्न थालेपछि भोजराजले एक्कासी त्यहीँ रहेको ढुंगा समातेर टाउकोमा प्रहार गरेका थिए,’ दार्चुला प्रहरी प्रमुख विष्टले भने, ‘एकपटक हान्दा कराउन थालेपछि पुनः सोही ढुंगाले प्रहार गरेको देखिएको छ ।’ प्रहरीका अनुसार त्यसरी घाइते बनाएपछि उनले भाउजू अनिभालाई जबरजस्ती करणी गरेका थिए ।

करणी गर्नुअघि नै भाउजू अनिभा घाइते भइसकेकी थिइन्, पछि झनै गम्भिर अवस्थामा पुगिसकेकी थिइन् । तर देवर भोजराजको ध्यान चाहिँ अनिभाले दुवै कानमा लगाएको सुनको बाला र नाकमा लगाएको नथियामा थियो ।

प्रहरीलाई बयान दिँदै भोजराज स्वयंले पनि भनेका छन्, ‘सुन लगेपछि केही पर ओढारमा रहेको सुकेको खर र गहुँको नल ल्याएर अनिभाको शरीर छोपेको थिएँ ।’

त्यसबेला उनको खुट्टामा एउटा मात्र चप्पल थियो, अन्धकारमा अर्को भेटेनन् । ‘एउटै चप्पल लगाएर के गर्ने भनेर मैले बाँसको झाडीबाट तलतिर फ्यालिदिएँ, सर्ट चाहिँ भाउजुको कोठामा छुट्यो कि भनेर मोबाइल बालेर त्यतातिर गएँ’ उनले भनेका छन् ।

तर घर आँगनमा रहेको पानीको ड्रममा रगत लागेको हात धोएर अगाडितिर जाँदै गर्दा भाउजूकी छोरी गोमती आमा खोज्दै थिइन् । उनले मोबाइल चलाउँदै गरेको देखेपछि घटनाबारे थाहा पाएर प्रहरीलाई खबर गर्न लागेको जस्तो महसुस भएको उनले बयान दिएका छन् ।

‘त्यसैले मैले मोबाइल खोस्न भनेर हात समात्न खाजें, उनी फुत्किएर खोलातर्फ गइन्’ भोजराजले भनेका छन्, ‘पछि–पछि जाँदा पनि नभेटेपछि फर्किएर भाउजूलाई लुकाएतिर आएँ ।’ त्यतिबेला फेरि अनिभा घ्यार–घ्यार आवाज निकालेको सुनेपछि आफू आत्तिएको उनले बताएका छन् ।

‘गराको कान्लामा मेरो कट्टु पनि देखें, त्यसपछि भाउजू भएतिर फ्यालेर ओढारबाट ३/४ भारी सुकेको खर ल्याएँ’ उनले बयान दिएका छन्, ‘त्यसपछि शरीरमाथि खर हालेर आगो लगाएँ ।’ चुरोट खाने आदत भएकाले उनको खल्तीमै सलाई थियो ।

झण्डै ४ः१५ बजेतिर आगो लगाएपछि आफ्नो घर फर्किएको उनले भनेका छन् । त्यसपछि बैतडी, गन्नाको बाटो हुँदै पुर्चौडी हाटतिर गएको उनले बताएका छन् ।

यता प्रहरीले पनि छोरीको बयान अनुसार भोजराजलाई नै शंकाको घेरामा राखिसकेको थियो । तर त्यस रात भोजराजसँगै गाउँबाट अन्य दुईजना पनि बेपत्ता थिए । फेरि जसरी क्रुर तरिकाले ज्यूँदै जलाइएको थियो, त्यो एकजनाबाट मात्र नहुन सक्ने आशंका अनुसन्धान अधिकृतहरुलाई थियो । त्यसैले अन्य व्यक्तितिर पनि अनुसन्धान गरिए पनि अन्तिममा घटनामा भोजराज मात्रै संलग्न देखिएको प्रहरीले जनाएको छ ।

उनले प्रहरीलाई दिएको बयान अनुसार २४ जेठमा उनी ढोल्या मोड नजिकको गाउँबाट फर्किंदा रुखमा बसेर रात काटेका थिए । त्यसपछि जंगलको बाटो भुलेर हिँडिरहेका बेला बझाङतिर जाने बाटोमा २६ जेठको बिहान १२ः५ बजे पक्राउ परेका थिए ।

चार कसूरमा सजाय माग दाबी

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार घटनाबारे अनुसन्धान सकेर प्रहरीले बुधबार रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

प्रहरी प्रतिवेदनमा प्रतिवेदनमा भोजराजले डर, त्रासमा पारेर घर नजिकै एकान्त स्थानमा लगेर करणी गर्न खोज्न खोजेको भनिएको छ । तर प्रतिकार गर्न थालेपछि क्रुर यातना दिइएको भनिएको छ ।

घटनापछि सुबद प्रमाणलाई नष्ट गर्ने उद्देश्यले उनले ओढारमा थुपारेको खर र गहुँको नलले ज्यूँदै जलाएको निष्कर्ष प्रहरीले निकालेको छ । भोजराजले भाउजू अनिभालाई ‘निर्ममतापूर्वक एवं विभत्स तरिकाले’ हत्या गरेर सुनका गरगरहना चोरेर डाँका पनि गरेको प्रहरीले जनाएको छ ।

‘आफ्नै चार पुस्ताको भाउजू नाता पर्ने मृतक अनिभा खडायतलाई जबरजस्ती गरी हाडनाता करणी समेत गरेकाले भोजराजले एकै वारदातको समयमा एकभन्दा बढी कसूर गरेको देखिँदा एकीकृत कसूर समेत गरेको वारदार पुष्टि हुन आयो’ प्रहरी प्रतिवेदनमा भनिएको छ । त्यसैले भोजराजविरुद्ध मुलुकी अपराध संहिताको दफा १७७ अनुसार ज्यान सम्बन्धी कसूरमा जन्मकैद र दफा २१९ अनुसार करणी सम्बन्धी कसूरमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय गर्न माग दाबी गरिएको छ ।

साथै, दफा २२० अनुसारको चार पुस्ताभित्र पर्ने भाउजूलाई करणी गरेकाले ‘हाडनातामा करणी गर्न नहुने’ कसूरमा एक वर्षदेखि तीन वर्षसम्म र १० हजारदेखि तीस हजार रुपैयाँसम्म क्षतिपूर्तिको माग दाबी पनि लिइएको छ ।

भोजराजले डाँका सम्बन्धी कसूर पनि गरेको भन्दै प्रहरीले यसमा मुलुकी अपराध संहिताको दफा २४४ को २ (ख) अनुसार ७ वर्षदेखि १४ वर्षसम्म कैद र ७० हजारदेखि एक लाख ४० हजार रुपैयाँसम्म जायको माग दाबी पनि गरेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ अनुसार खडायतबाट मृतक अनिभाको आश्रित परिवारलाई मनासिब क्षतिपूर्ति दिलाउन पनि माग दाबी गरिएको छ ।

  • क्रूर हत्या
  • देवर भाउजू
  • प्रतिकार
  • बलात्कार
बिहिबार, असार १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

भर्खरै

  • १.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • २.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

  • ४.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.