• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, फागुन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

३० देशमा मंकीपक्सको संक्रमण पुष्टि


पछिल्लो पटक उत्तर अफ्रिकी मुलुक मोरक्कोले आफ्नो मुलुकमा मङ्कीपक्स भाइरसको संक्रमण फेला परेको पुष्टि गरेको छ। यससँगै मङ्कीपक्स भाइरसको संक्रमण पुष्टि भएका मुलुकको संख्या ३० नाघेको छ।

मोरक्कोसँगै बेलायत, अमेरिका, क्यानाडा, अष्ट्रेलिया, नेदरल्याण्ड्स, स्वीवेडन, स्पेन, फ्रान्स, जर्मनी, इटालीजस्ता मुलुकमा पङ्कीपक्स भाइरसको संक्रमण फेला परिसकेको छ। बेलायतमा मात्रै २०० जनाको हाराहारीमा मानिस यो भाइरसबाट संक्रमित भएका छन्। पछिल्लो पटक देखा परेको मङ्कीपक्सको प्रकोप सामान्य भएको र यसबाट आम नागरिकमा न्यून मात्र जोखिम रहेको बताइएको छ।

दादुरा, बिफरजस्ता भाइरसकै प्रजाती रहेपनि यसबाट संक्रमणको जोखिम कम रहेको विशेषज्ञ बताउँछन्। मङ्कीपक्स भाइरस प्रायः मध्य तथा पश्चिम अफ्रिकामा पाइन्छन्। अहिले विश्वभर फैलिरहेको मङ्कीपक्स भाइरसको किसिम भने पश्चिम अफ्रिकामा पाइने र सामान्य किसिमको रहेको बताइएको छ। कुनै यात्रा नगरेका मानिसमा पनि भाइरसको संक्रमण देखिनुले यो भाइरस समुदायमै फैलिसकेको पुष्टि गर्ने बीबीसीले जनाएको छ।

मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्। यो संक्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरीरमा बिमिरा देखिने, शरीर दुख्ने, थकान महसुस हुने लक्षण देखिन्छ।

ज्वरो आउनु, सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भएर फोका हुँदै पाप्रा लागेर उप्किनुजस्ता यस रोगमा लक्षण देखिन्छ।

यो रोग लागेको खण्डमा सुरुमा हल्का ज्वरो आउने र प्रायः सुरुमा अनुहारमा बिमिरा देखापर्छ। सुरुमा अनुहारमा देखिएका बिमिरा विस्तारै हत्केला, पैताला र अन्य अङ्गमा फैलिँदै जान्छ।

यो बिमिरा अत्यन्त चिलाउने र दुख्ने हुन्छ। बिमिराले विभिन्न चरण पार गर्दै फोकामा परिणत हुन्छ। फोका फुटेपछि पाप्रा लाग्छ। मङ्कीपक्स भएमा टाउको, ढाड र मांसपेशी दुख्ने, शरीरका ग्रन्थी बढ्ने जस्ता लक्षण पनि देखिन्छ। लक्षण १४ देखि २८ दिनसम्म रहन्छ र सामान्यता आफैँ हराउने गर्दछ।

बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा संक्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको संक्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखा पर्ने जनाइएको छ।

संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा वा तिनका ¥याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट सर्ने गर्दछ। मानिस तथा जनावरसँगको नजिकको सम्पर्कबाट रोग फैलिन्छ। यस्तै श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अङ्गबाट भाइरस शरीरमा प्रवेश गरेर पनि सर्ने गर्दछ।

बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्ने गर्दछ। यस भाइरसका कारण मानिसको मृत्यु नै हुने शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकको अनुरोध छ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार भाइरस संक्रमित अधिकांश व्यक्ति केही हप्ताभित्र निको हुन्छन्। विश्व स्वास्थ्य संगठन डब्लुएचओका उच्च अधिकारीले संक्रमण देखिएका मुलुकमा थप फैलिन नदिने र नदेखिएका मुलुकमा प्रवेश गर्न नदिनेगरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन्।

यौन सम्पर्कका कारण धेरै संक्रमणहरु फैलिएको अमेरिकी टेलिभिजन च्यानल एनबीसीको अनलाइन संस्करणले जनाएको छ। केही समयअघि मात्रै बेलायतको स्वास्थ्य निकाय युकेएनएचएसले यौन सम्पर्क नगर्न संक्रमितहरुलाई आह्वान गरेको थियो।

विश्वमा तीव्र गतिमा फैलिरहेपनि यसको नियन्त्रणका लागि खोप कार्यक्रम चलाउलुपर्ने आवश्यकता नरहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओलाई उद्धृत गर्दै एनबीसीले जनाएको छ। यद्यपि दादुराको खोप यो भाइरसको संक्रमणमा ८५ प्रतिशत प्रभावकारी हुने बीबीसीले जनाएको छ।

मङ्कीपक्सबाट बच्नका लागि मङ्कीपक्सको शङ्का वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्नेले पीपीई लगाउने, नियमित रूपमा साबुन पानीले हात धुने, मरेका वा बिरामी जनवारको सम्पर्कमा नजाने, संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाडा तातो पानीले धुने, संक्रमितको सम्पर्कमा आएका सतह र स्थान निसंक्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नुपर्दछ।

मङ्कीपक्सको प्रकोपले कोरोना भाइरसको जस्तो महामारीको रुप लिने जोखिम भने नरहेको विशेषज्ञहरुले बताएका छन्। नोटिङ्घाम विश्वविद्यालयका मोलिक्युलर भाइरोलोजीका प्राध्यापक जोनाथन बलले भने– ‘सुरुमा मङ्कीपक्स भएका संक्रमितको सम्पर्कमा रहेका ५० जनामध्ये केबल १ जनामा मात्र यो भाइरस सर्नुले यो कति कमजोर रहेछ भन्ने पुष्टि हुन्छ।’

‘त्यसैले यसले महामारीकै रुप लिन्छ भन्ने सोच्नु गलत हुन्छ।’ प्राध्यापक बललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। डब्लुएचओ, बीबीसी, युकेएचएस, एनएचएस, सीएनबीसी एएफपीजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

  • ३० देशमा
  • मंकीपक्स
  • संक्रमण
आइतबार, जेठ २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने
बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना
रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
रत्ननगरको कयरखोला नजिक गुडिरहेको बसमा आगलागी
गैँडाकोटको जयश्री फुड्स र जयश्री च्यारिटीमा एक सय १८ जनाद्वारा रक्तदान

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.