चीनको दक्षिणपश्चिमी गुइझोउ प्रान्तमा एक रेल दुर्घटनामा परेको छ । शनिबार तीव्र गतिमा गुडिरहेको बुलेट रेल ट्र्याकबाट बाहिर जाँदा दुर्घटनामा परेको हो ।
दुर्घटनामा रेल चालकको मृत्यु भएको छ भने धेरै यात्रु घाइते भएका छन् । चीनको आधिकारिक प्रसारक सीसीटीभीले रेल गुआंगडोङ प्रान्त तर्फ जाँदै गरेको जानकारी दिएको छ ।
एउटा सुरुङ नजिकैको ट्र्याकमा भग्नावशेष खसेको थियो, जसले गर्दा रेलले सन्तुलन गुमाएको थियो ।