• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • १०. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

नेपाल विमान दुर्घटना : तारा एयरको घटनापछि हवाई उडान नियममा कस्तो परिवर्तन, दुई पाइलट राख्ने विषयमा किन आपत्ति


हवाई उडान सुरक्षामा अभिवृद्धि गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेका निर्णयमध्ये खासगरी एउटाले वायुसेवा सञ्चालकहरूबीच तरङ्ग उत्पन्न गरिदिएको छ।

एउटा मात्र इन्जिन भएका हेलिकप्टरमा पनि दुईजना पाइलट अनिवार्य गर्ने विषय कार्यान्वयन गर्न नसकिने उनीहरूले बीबीसीलाई बताएका छन्।

बाइस जनाको ज्यान जानेगरी मुस्ताङमा आइतवार भएको तारा एयरको विमान दुर्घटनाको पृष्ठभूमिमा प्राधिकरणले मङ्गलवार चारवटा निर्णय गरेको थियो।

प्राधिकरणको निर्णयमा के छ ?
नेपालको जटिल भौगोलिक तथा मौसमी परिस्थितिलाई सम्बोधन गर्न भन्दै पछिल्लो निर्णय गरिएको प्राधिकरणका प्रवक्ता देव चन्द्रलाल कर्णले विज्ञप्तिमार्फत्‌ जनाएका छन्।

प्राधिकरणका निर्णय यस प्रकारका छन्-

  1. जल तथा मौसम विज्ञान विभागबाट जारी भएका मौसमसम्बन्धी भविष्यवाणीले कुनै उडान क्षेत्रमा निश्चित अवधिसम्म उडानका लागि प्रतिकूल मौसमको विवरण दिएको अवस्थामा प्राधिकरणले वायुसेवा सञ्चालक र विमानस्थलहरूलाई उडानहरूमा रोक लगाउनका लागि परिपत्र जारी गर्ने छ
  2. वायुसेवा कम्पनीहरूले ‘एटीएस रिपोर्टिङ अफिस’ वा सम्बन्धित एकाइमा उडान योजना पेस गर्दा गन्तव्य तथा मार्गको मौसमसम्बन्धी जानकारी जल तथा मौसम विज्ञान विभागबाट सङ्कलन गरी पेस गर्नुपर्ने छ र उक्त विवरणअनुसार मौसमी अवस्थाअनुकूल भए मात्र ‘एटीएस रिपोर्टिङ अफिस’ वा सम्बन्धित एकाइले उडान अनुमति स्वीकृत गर्नुपर्ने छ
  3. सम्बन्धित वायुसेवा कम्पनीहरूले हब विमानस्थलहरू वा अन्य विमानस्थलबाट क्षेत्रीय उडानहरू सञ्चालन गर्दा मौसमसम्बन्धी प्रतिवेदन सङ्कलन तथा ब्रीफिङ गरी उडान सञ्चालन गराउने जिम्मा लाइसेन्सप्राप्त फ्लाइट अपरेशन अफिसर/डिस्प्याचरलाई प्रदान गर्नुपर्ने छ
  4. एउटा इन्जिन भएका हेलिकप्टरका उडानको हकमा प्राधिकरणले तोकेबमोजिमको अवस्थामा बाहेक दुईजना पाइलट अनिवार्य गर्नका लागि प्रस्ताव तयार गरेर सात दिनभित्र पेस गर्नेगरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको छ।

वायुसेवा सञ्चालक सङ्घ के भन्छ
आफूहरूसँग कुनै सरसल्लाह नै नगरी प्राधिकरणले पछिल्ला निर्णयहरू गरेको वायुसेवा सञ्चालकहरूले बताएका छन्।

खासगरी एउटा इन्जिनयुक्त हेलिकप्टर उडाउन पनि दुईजना चालक अनिवार्य गर्ने विषयमा उनीहरूले विमति जनाएका हुन्।

“एकजना पाइलटले उडाउन मिल्ने हो वा होइन भन्ने कुरा उत्पादक र प्रमाणीकरण गर्ने निकायले नै गरेका हुन्छन्,” सङ्घका महासचिव मनोज कार्कीले भने।

“एक वा दुईजना पाइलटले हेलिकप्टर उडाउने कुरा सुरक्षा अभिवृद्धि गर्ने विषयसँग सम्बन्धित नै छैन।”

आर्थिक दृष्टिकोणले पनि एउटा इन्जिनवाला हेलिकप्टरमा दुईजना पाइलट अनिवार्य गर्ने विषय सम्भव नहुने सङ्घका प्रवक्ता योगराज कँडेलको दाबी छ।

“यसबाट एकातिर सञ्चालकमाथि आर्थिक भार थपिन जान्छ भने अर्कोतर्फ सेवाग्राहीलाई पनि महँगो पर्न जान्छ,” उनले भने।

सङ्घले दुईजना पाइलट अनिवार्य गर्ने विषय कार्यान्वयन गर्छ कि गर्दैन भन्ने प्रश्नमा महासचिव कार्कीले भनेः “यथास्थितिमा हामीले कार्यान्वयन गर्ने अवस्था नै छैन।”

सञ्चालकहरूका अनुसार तात्कालिक नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको ज्यान जानेगरी भएको हेलिकप्टर दुर्घटनापछि छजना यात्रु राख्नुपर्ने हेलिकप्टरमा सरकारी निर्णयका कारण पाँच जना राखेर मात्रै उडान गर्ने गरिएको छ।

“यस्तोयस्तो अवस्थामा नेपाली जनशक्ति तयार पारौँ भन्ने हिसाबले केही समयका लागि गर्न सकिएला। होइन भने यसबाट धेरै व्यावसायिक कम्पनी अन्त्यमा गएर डुब्छन्,” प्रवक्ता कँडेलले भने।

उनका अनुसार नेपालमा हाल सानाठूला गरी हाल २८ वटा हेलिकप्टर सञ्चालनमा छन्।

खासगरी मुख्य पर्यटकीय याममा हेलिकप्टर उडाउनका लागि विदेशी पाइलट ल्याउने गरिएको वायुसेवा सञ्चालक सङ्घका महासचिव कार्कीले बताए।

उड्डयन मन्त्रालय के भन्छ
नियामक निकाय भएको नाताले उड्डयन प्राधिकरणले सुरक्षासम्बन्धी कतिपय कदम चाल्नु स्वाभाविक भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले प्रतिक्रिया दिएका छन्।

यद्यपि एउटा इन्जिनवाला हेलिकप्टरमा दुईजना पाइलट राख्नेबारे अन्तिम निर्णय नभएको हुन सक्ने उनले बताए।

“कतिपय निर्णय आउँदै गर्छन् अन्तिम निर्णय नहुँदै कतिपय कुरा यसो ‘फ्लोट’ गर्दा त्यसमा क्रियाप्रतिक्रिया कस्तो आउँछ भन्ने हुन्छ,” नागरिक उड्डयन तथा हवाई महाशाखाका सहसचिव बुद्धिसागर लामिछानेले  भने।

“सुरक्षामा कुनै सम्झौता नहुनेगरी र उडान पनि नियमित हुने गरी व्यावहारिक निर्णय हुन्छ।”

 

पहिलाभन्दा के फरक
उड्डयन प्राधिकरणले मङ्गलवार गरेको निर्णयमध्ये पाइलटसम्बन्धी निर्णय पूर्णतः नयाँ भएको वायुसेवा सञ्चालकहरूले बताएका छन्।

“बाँकी कुराहरू हामीले अभ्यास गर्दै आएकै हो। हुँदै आएका कुरामा पुनः जोड दिन खोजेको देखिन्छ,” वायुसेवा सञ्चालक सङ्घका महासचिव कार्कीले  भने।

सङ्घका प्रवक्ता कँडेलका अनुसार तेस्रो बुँदा हेर्दा भइआएका अभ्यासमा हल्का परिवर्तन गर्न चाहेको देखिन्छ।

“अब चाहिँ उडानहरू सञ्चालन गर्दा मौसमसम्बन्धी प्रतिवेदन सङ्कलन तथा ब्रीफिङ गरी उडान सञ्चालन गराउने जिम्मा लाइसेन्सप्राप्त फ्लाइट अपरेशन अफिसर/डिस्प्याचरलाई मात्रै प्रदान गर्नुपर्छ भन्ने हिसाबले जान खोजेको देखिन्छ।”

बीबीसी

  • नेपाल विमान दुर्घटना
बुधबार, जेठ १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.