चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेणु दाहालले एमालेका विजय सुवेदीसँगको मतान्तर ३००१ पुर्याएकी छन् ।
३८ हजार ८६४ मतगणना गर्दा रेनुले १४ हजार ७६६ मत पाएकी छन् । सुवेदीले ११ हजार ७६५ मत पाएका छन् । सत्ता गठबन्धनका जगन्नाथ पौडेलले ६ हजार ९० मत पाएका छन् ।
उपमेयमरमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९६ तथा राप्रपाकी हिमला गुरुङले ९ हजार ५०१ मत पाएका छन् ।
अहिले वडा नम्बर ९ को मतगणना भइरहेको छ । वडाध्यक्षमा अहिलेसम्म एकीकृत समाजवादीका उम्मेदवारले ११ सय ५३ र एमालेका उम्मेदवारले ८४४ मत पाएका छन् ।