• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख ०२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

भरतपुरमा जगन्नाथका कारण रेणुलाई भन्दा विजयलाई धेरै क्षति : तथ्यांक


सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको भरतपुर महानगरपालिकामा पहिलो पाँच वडाको मतपरिणाम आउँदा एउटा चित्र प्रस्ट देखिएको छ।

यी पाँचै वडामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले २०७४ सालमा पार्टीकै उम्मेदवार देवी ज्ञवालीले भन्दा कम मत ल्याएका छन्।

पाँच वडाको कुल मत जोड्दा सुवेदीले ज्ञवालीभन्दा २०१४ मत कम ल्याएका छन्।

 

माथिको ग्राफमा निलो धर्का पाँच वर्षअघि ज्ञवालीले ल्याएको मत हो भने रातो यसपालि सुवेदीले ल्याएको मत हो। मत गनिसकिएका प्रत्येक वडामा सुवेदीको मत ज्ञवालीको भन्दा तल छ।

अर्कोतिर माओवादीकी रेनु दाहालले यी पाँच वडामध्ये तीन वडामा गएको चुनावमा भन्दा आफ्नो मत बढाइन्। अरू दुइटा वडामा उनको पनि मत घट्यो।

समग्रमा पाँच वडाको कुल मत जोड्दा रेनुले २०७४ सालको भन्दा २८ मत बढाइन्।

 

यसले गर्दा सुवेदीले भरतपुरको मेयर जित्न कठिन देखिन थालेको छ भने रेणुका लागि केही सहज देखिन थालेको छ।

पाँच वर्षअघिको भन्दा भरतपुर महानगरको जनसंख्या धेरै बढेको छ। त्यो बेला एक लाख १२ हजारभन्दा बढी मत खसेको थियो भने यसपालि एक लाख २७ हजार मत खसेको छ। यसपालि खसेको मतको प्रतिशत भने कम छ। पाँच वर्षअघि ७५ प्रतिशत मत खसेको थियो। यसपालि ६९ प्रतिशत मात्रै खसेको छ।

यसपालि मतदाता थपिँदा पनि किन विजय सुवेदीले मत बढाउन सकेनन्?

त्यसका दुइटा कारण छन्। पहिलो र मुख्य कारण हुन् सत्ता गठबन्धनविरूद्ध बिद्रोह गरेर उम्मेदवार बनेका जगन्नाथ पौडेल।

जगन्नाथले उम्मेदवारी दिएपछि गठबन्धनसँग असन्तुष्ट भएर रेनुलाई मत दिन नचाहेका कतिपय कांग्रेसी मतदाता भोट खसाल्न गएनन्। कतिपयले जगन्नाथलाई मत दिए।

पाँच वर्षअघि रेनुलाई समर्थन गरेर आफ्ना उम्मेदवार दिनेश कोइरालालाई अन्तिम समयमा फिर्ता लिन लगाएपछि रूस्ट बनेका कांग्रेसीले एमाले उम्मेदवार देवी ज्ञवालीलाई मत दिएका थिए। यसपालि कांग्रेसीले रेनुविरूद्ध रिस पोख्ने ठाउँ भुइँकटहर (जगन्नाथ) मा पाए। त्यसैले सूर्यमा मत खसालेनन्। जसका कारण १ देखि ५ सम्मका वडामा विजय सुवेदीले देवी ज्ञवालीको जति मत पाउन सकेनन्।

दोस्रो कारण, सुवेदीले आफ्नै प्रभावमा मत बढाउन सकेको देखिएन।

जबकि रेणुले मत बढाएको देखिन्छ। जगन्नाथले यी पाँचै वडाबाट ठूलो संख्यामा कांग्रेसको मत लगेका छन्। उनले यी वडामा जम्मा २७८८ मत ल्याएका छन्। तर पनि रेनुले यी पाँच वडाको जम्मा मत जोड्दा यसपालि २०७४ सालको भन्दा २८ मत थपेकी छन्।

जगन्नाथ नउठेका भए उनले पाएका २७८८ मत रेनु र सुवेदीमा कसरी बाँडिन्थ्यो वा यीमध्ये कति कांग्रेसी मतदाता मत खसाल्नै जाँदैन थिए, यकिन छैन। तर पाँच वर्षअघि देवी ज्ञवालीले पाएको मत हेर्दा यसपालि यी पाँच वडामा जगन्नाथले जसरी मत ल्याए, त्यसले एमाले उम्मेदवार सुवेदीलाई नै क्षति पुर्‍यायो।

सेतोपाटीसँग कुरा गर्दै ज्ञवालीले पनि पाँच वर्षअघि आफूलाई आएको कांग्रेसी मत अहिले भुइँकटहरमा गएको देखिएको बताए।

भरतपुर महानगरमा सबभन्दा धेरै भोट कांग्रेसको, त्यसकै हाराहारीमा एमालेको र तेस्रोमा माओवादी केन्द्रको छ। पहिलो र तेस्रो ठूलो पार्टी एक ठाउँमा उभिनेबित्तिकै एमालेलाई त्यसै पनि गाह्रो पर्छ। यस्तो बेला एमालेको एउटै आश भनेको कांग्रेसका रूस्ट मत तान्नु हो।

पाँच वर्षअघि देवी ज्ञवालीले त्यही गरेका थिए। यसपालि जगन्नाथले कांग्रेसको धेरै मत आफूतिर ताने, साथै कांग्रेसी मत एमालेमा जानबाट पनि रोके। सायद त्यसैले नै विजय सुवेदीलाई जित्नबाट रोक्नेछ।

यहाँबाट अघि बढेर सुवेदीलाई भरतपुर महानगरको मेयर जित्न धेरै कठिन छ। किनकी पाँच वर्षअघि यी पाँच वडाको मत गनिसक्दा देवी ज्ञवालीले रेनुविरूद्ध १६६९ मतले अग्रता लिएका थिए। तर पनि बाँकी रहेका वडाबाट रेनुले यो घाटा तिर्दै २०३ मतले जितेकी थिइन्।

यसपालि त यी पाँच वडाको मतगणना सकिँदा नै रेनुले ३७३ मतको अग्रता लिएकी छन्।

अहिलेसम्मको ट्रेन्डले व्यक्तिगत रूपमा मत तान्न सक्ने क्षमता पनि सुवेदीको भन्दा रेनुको नै धेरै देखिन्छ। त्यसले बाँकी रहेका वडाको कुल मत सुवेदीले भन्दा रेनुले नै धेरै ल्याउने सम्भावनातर्फ संकेत गर्छ।

अहिले जारी वडा नम्बर ६ को मतगणनाले पनि त्यही संकेत गरिरहेको छ। यो वडामा अहिलेसम्म गनिएका मतमा रेनुले २०७१ मत ल्याएकी छन् भने सुवेदीले जम्मा ९८९ मत ल्याएका छन्। त्यसले गर्दा रेनुको सुवेदीसँगको मतान्तर १५ सयभन्दा धेरै पुगेको छ।

एमालेले वडा नम्बर १०, ११ र १२ अनि पश्चिम चितवनका १६, १७, १८, २३, २४, २७ लगायत वडामा राम्रो मत आउने आशा गरेको छ।

गठबन्धन भने पाँच वर्षअघि नै आफूहरूले बाँकी वडामा धेरै मत ल्याएर जितेकाले यसपालि झनै आत्मविश्वासी देखिन्छ। पश्चिम चितवनमा विकास निर्माणका काम झनै धैरै भएकाले आफूहरूले यहाँ सहजै जित्ने उनीहरूको आशा देखिन्छ।

setopati

  • जगन्नाथको कारण
  • धेरै क्षति
  • भरतपुरमा
  • रेणुलाई भन्दा
  • विजयलाई
बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.