गैंडाकोट । गैंडाकोट नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका मदनभक्त अधिकारी निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार छत्रराज पौडेललाई २८४९ मतान्तरले पछि पार्दै अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले १६४५५ मत प्राप्त गरे भने पौडेलले १३६०६ मत मात्रै प्राप्त गरेका छन् । २०७४ को स्थानीय निर्वाचनमा एमालेका पौडेलले नेपाली कांग्रेसलाई पछी पार्दै नगर प्रमुख पदमा बाजि मारेका थिए ।
त्यस्तै नगरको उपप्रमुखमा पनि नेपाली कांग्रेसकी शान्ति कोइराला निर्वाचित भएकी छन् । कोइरालाले राप्रपाका तुलाराम पौडेललाई पछी पार्दै जित हासिल गरेकी हुन् । कोइरालाले १६११४ मत प्राप्त गरेकी छन् भने पौडेलले ८६४० मत प्राप्त गरे ।गैंडाकोटमा नेपाली कांग्रेसले कुल १८ वटा वडा मध्ये ११ वडा, एमालेले ६ र नेकपा माओवादी केन्द्रले १ वटा वडामा अध्यक्ष पदमा विजयी हासिल गरेको छ ।
गैंडाकोटको नगरप्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी
गैंडाकोटको नगरप्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी

तपाईको प्रतिक्रिया