चितवनको भरतपुर महानगरपालिकामा पुन सत्ता गठबन्धनले अग्रता लिएको छ।
१५ हजार ३१ मत गणना गर्दा भरतपुरमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले १२ मतले अग्रता लिएकी छन्।
पछिल्लो मतगणना अनुसार उनले ५०३९ मत पाउँदा एमाले-राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका एमालेका विजय सुवेदीले ५०२७ मत पाएका छन्।
हाल वडा नम्बर ५ को मतगणना चलिरहेको छ। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत पाएका छन्।