चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका विजय सुवेदीले अग्रता लिइरहेका छन् ।
सत्ता गठबन्धनको तर्फबाट मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई पछि पार्दै सुवेदीले अग्रता लिएका हुन् ।
७७७७ मतगणना हुँदा रेनुले २७९६मत पाएकी छन् । सुवेदीले भने २८०६ मतका साथ अग्रता लिइरहेका छन् । मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भने ९०३ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा भने कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३०७६ मत पाएका छन् । उनलाई पछ्याइरहेकी राप्रपाकी उम्मेदवार हिमला गुरुङले २२३८ मत पाएकी छन् ।