• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

प्रारम्भिक मतपरिणामबाट उत्साहित बालेन भन्छन् – कोर सिटीमा पनि कमजोर छैनौं, हामी जित्छौं

काठमाडौं : गायक बाबु बोगटीले कुनैबेला गीत गाएका थिए, ‘सान्नानी तिमीलाई हिर्काउँला लौरीले ठ्याक्क, ठ्याक्क, ठ्याक्क।’ र, काठमाडौं महानगरपालिकामा यतिखेर मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको ‘लौरो’ त्यस्तै बलियो देखिएको छ। मतगणनास्थलको माहोल हेर्दा देशका ठूला दल भनिने कांग्रेस, एमाले र माओवादीलाई पनि शाहको ‘लौरो’ले गणनैपिच्छे हिर्काइरहेको छ, ‘ठ्याक्क, ठ्याक्क, ठ्याक्क।’

काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहभित्र एकैपटक ६ फरक ठाउँमा काठमाडौंका ६ वडाको मतगणना भइरहँदा बाहिर लगातार बालेनका समर्थक हुटिङ गरिरहेका छन्, ‘सागर, वसन्ते, किस्ने, बालेन शाह नै हो जित्ने।’ अहिलेसम्म सार्वजनिक मतपरिणाम हेर्दा करिब १० हजार मतगणना भइसकेको छ। जसमा बालेनको मत एमालेका मेयर उम्मेदवार केशव स्थापितको भन्दा झन्डै दोब्बर भइसकेको छ। आइतबार दिउँसो २ः३० बजेसम्मको अपडेटअनुसार बालेनको मत ३१ सय १० पुग्दा स्थापितको १६ सय ४५ पुगेको छ।

मतगणना भएदेखि अहिलेसम्म बालेनले नै लिड गरिरहेका छन्। कहिले उनलाई सिर्जनाले पछ्याइरहेकी छिन्, कहिले केशवले। तर, दुवैले उनलाई उछिन्न सकेका छैनन्। यो अपडेट सुनेर उनका समर्थक त उफ्रिरहेका छन् नै, बालेन स्वयं पनि मतगणनास्थलमा उत्साहित भएर आउजाउ गरिरहेका छन्। समर्थकसामु पुलकित भएर हात उठाइरहेका छन्।

यही उत्साहका बीच हामीले उनीसँग सोधेका थियौं– जितिन्छ त?

जवाफमा उनी ‘कन्फिडेन्ट’ सुनिए। ‘चुनाव जित्छौं भन्नेमा हामी लगभग निश्चित छौं,’ उनले भने, ‘महानगरको कोर सिटी बाहिर हामी भारी मतान्तरले लिड गर्छौं। कोर सिटीमा पनि हामी दोस्रो स्थानमा हुन्छौं। हाम्रा साथीहरुले मलाई जे ब्रिफिङ गरेका छन्, त्यसले हामी कोर सिटीमा पनि कमजोर रहने छैनौं। अहिले गनिरहेको ३२ नम्बर वडामा निकै राम्रो मत आइरहेको छ। यो वडामा मात्र होइन, अरुमा पनि हाम्रो पक्षमा मतदान भएको देखिएको छ। यसले उत्साहित बनाएको छ।’

एकथरीको अनुमान छ, नेवार समुदायको बाक्लो बसोबास रहेको काठमाडौंको भित्री बस्तीमा बालेनलाई कम मत आउन सक्छ। तर, बालेन त्यहाँ पनि आफ्नो कमजोर उपस्थिति नहुने दाबी गर्छन्। काठमाडौं महानगरपालिकाका ३२ वटामध्ये १२ वटा वडा भित्री सहरमा पर्छन्। जसमा १० वटा वडा पूरै र दुई वटाको आधा भाग पर्छ। वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७ वडा भित्री सहरमा पर्छन्। यी १० वटा वडामा करिब ५४ हजार मतदाता छन्।

बाहिरी सहरको मत परिणाम आइसक्दा यदि बालेनले १० हजार बढी मतले लिड गरे भने भित्री सहरमा कम मत आए पनि उनको जित निश्चित हुने मतगणनास्थलमा भेटिने अधिकांश नेताहरुको विश्लेषण छ।

अहिलेसम्मको मतगणनाको रफ्तार हेर्दा कांग्रेसकी सिंह र एमालेका स्थापित दोश्रो स्थानका लागि प्रतिष्पर्धा गरिरहेका छन्। तेश्रो पोजिसनमा रहेकी कांग्रेसकी सिर्जना सिंहले पछिल्लो अपडेटमा स्थापितसँगको आफ्नो मतान्तरण घटाएकी छिन्। उनको पछिल्लो मत १६०२ छ।

अहिले वडा नम्बर १, २, ३, ४, ३१ र ३२ को मतगणना जारी छ। पछिल्लो अपडेटअनुसार ६ वटै वडामा अन्य उम्मेदवार भन्दा बालेनलाई बढी मत आएको छ। वडा नम्बर १ मा बालेनले ६२५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ३७७ र कांग्रेसकी सिर्जना सिंहले २९० मत प्राप्त गरेकी छन्। वडा नम्बर २ मा बालेनले ६७३ मत प्राप्त गरेका छन्। स्थापितले ४३२ मत ल्याउँदा सिंहले २६४ मत प्राप्त गरेकी छन्।

यस्तै वडा नम्बर ३ मा बालेनले ४३५ मत प्राप्त गरेका छन्। स्थापितले २४५ र सिंहले ३२२ मत प्राप्त गरेकी छन्। वडा नम्बर ४ मा भने बालेनले ६४६ मत प्राप्त गर्दा स्थापितले ३१२र सिंहले ३०६ मत प्राप्त गरेकी छन्। वडा नम्बर ३२ मा बालेनले ६८२, स्थापितले ३३६ र सिंहले २९६ मत प्राप्त गरेकी छन्। भर्खरै गणना शुरु भएको वडा नम्बर ३१ मा भने बालेनको ४९, स्थापितको ३२ र सिंहको ४२ मत पुगेको छ

  • स्थानीय निर्वाचन विशेष २०७९
आइतबार, जेठ ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.