गाेरखा : गोरखाको चुमनुब्री गाउँपालिकामा मतपेटिका सङ्कलन गर्न अझै दुई दिन लाग्ने भएको छ । आज दिउँसो दुई बजेसम्म १० वटा केन्द्रको मतपेटिका गाउँपालिकाको कार्यालयमा आइपुगेको र अझै ११ वटा केन्द्रको मतपेटिका आउन बाँकी रहेको चुमनुब्री गाउँपालिकाका निर्वाचन अधिकृत नानीबाबु पोख्रेलले जानकारी दिनुभयो ।
पर्सि बिहानसम्म सबै मतदान केन्द्रबाट मतपेटिका आइपुग्ने अनुमान् गरिएको र सबै केन्द्रको मतपेटिका प्राप्त भइसकेपछि मात्रै गणनाको प्रक्रिया शुरु हुने उहाँले बताउनुभयो ।
भौगोलिक रुपमा विकट र टाढा रहेका मतदान केन्द्रबाट पनि मतपेटिका मानिसले नै बोकेरै ल्याउनु परेको कारण ढिला भएको उहाँले बताउनुभयो ।
मतपेटिका बोक्नेहरुलाई प्रहरी, सशस्त्र प्रहरी र सेनाले सुरक्षा दिएर ढुवानी भइरहेकोले सुरक्षा खतरा नरहेको पनि निर्वाचन अधिकृत पोख्रेलले बताउनुभयो ।