×
बुधबार, असार ११, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

अमेरिकाले गर्‍यो इरानमा आक्रमण

आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

लोकप्रिय समाचार

  • १. गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २. ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ३. दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ४. आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ५. आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ६. आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

  • ७. रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

  • ८. नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ९. गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • १०. काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

काठमाडौँ महानगर मेयरका उम्मेदवार : हेलिकप्टर किनिदिन माग गर्दै आमरण अनसनमा


स्थानीय तहको चुनावमा काठमाडौँ महानगरपालिका प्रमुखका लागि उम्मेदवारी दिएका दीपक सिलवालले  आमरण अनसन थालेका छन् ।

बिहीबारदेखि काठमाडौँको मध्य बानेश्वरमा रहेको चिनारी बोइज होस्टेलमा उनले आमरण अनसन थालेका हुन् ।

होस्टल सञ्चालकले माला र उनको संस्था ‘घर आँगन नेपाल’का कोषाध्यक्ष प्रवीण ढकालको हातबाट टिका र खादा लगाएर सिलवालले आमरण अनसन सुरु गरेका हुन् ।

उनको आमरण अनसनको एकसुत्रीय माग छ–‘सरकारले हेलिकोप्टर खरिद गर्नुपर्ने ।’

सरकारले किन हेलिकोप्टर खरिद गर्नुपर्‍यो त ?

‘गर्भवती महिला सुत्केरी हुने बेला अकाल मृत्युबाट बचाउन उद्धारका लागि सरकारले छुट्टै हेलिकोप्टर खरिद गर्नुपर्छ भन्ने मेरो माग हो । नेपालका दुर्गम जिल्लाका गाउँ बस्तीमा सुत्केरी हुने बेला समयमै अस्पताल पुग्न नपाएका कारण धेरै महिलाले ज्यान गुमाउनु परेको छ’ उनले भने, ‘सरकारले यसका लागि हेलिकोप्टर खरिद गर्ने प्रतिबद्धता नजनाएसम्म मेरो आमरण अनसन जारी रहन्छ ।’

स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका उनले ‘रिक्सा’ चुनाव चिन्ह पाएका छन् । चुनाव चिन्ह पाए पनि सिलवाल चुनाव प्रचारका लागि न घरदैलो गर्न निस्किएका छन् नत कसैलाई फोन गरेर नै भोट मागेका छन् । न उनलाई चुनाव जितिन्छ भन्ने आस नै छ । महानगरपालिकामा मात्र ध्यान नदिई देशका दुर्गम भेगमा महिलाको जीवन रक्षाका लागि उद्धार गर्न हेलिकोप्टर अत्यावश्यक विषय भएकोले त्यसका लागि अनसन बसेको उनले बताए । ३ महिना अघिदेखि होस्टलमा बस्दै आएका उनले मासिक ११ हजार शुल्क तिर्ने गरेका छन् । यसअघि आफन्तकोमा बस्दै आएका उनले आफ्नो कुनै जागिर नभएका कारण आफन्तको बस्न नसकेको सुनाए ।

कसरी आयो हेलिकोप्टर खरिदको माग ?

तेह्रथुमका ४० वर्षका सिलवालले २०७० सालदेखि ‘किनौँ हेली, बचाऔँ चेली’ भन्ने अभियान चलाउँदै आएका थिए । उनले घरबार तथा आमाबाबु विहीन बालबालिका, शारीरिक रूपमा अपाङ्गता भएका, दृष्टिविहीन बालबालिका गरी २९ जनाको रेखदेख गर्न २०७० सालदेखि घर आँगन नेपाल नामक संस्थालाई अघि बढाएका थिए ।

डा.भोला रिजालको सम्पर्कमा पुगेपछि उनले उपचार नपाएका गाउँघरमा गएर निःशुल्क रूपमा स्वास्थ्य शिविर सञ्चालनको काम गरे । ५ वर्षअघि सिन्धुपाल्चोकको भोटसिपा भन्ने ठाउँमा स्वास्थ्य शिविर गरेको र पछि सोही ठाउँबाट गर्भवती महिलाको ज्यान जोखिममा रहेको भनेर फोन आएपछि उनले निजी हेलिकोप्टर खोजेर सन्तमाया तामाङको उद्धार गरेको बताए । त्यसयता उनले विभिन्न व्यक्तिसँग सहयोग जुटाउँदै सुत्केरी हुने बेला जटिल अवस्थामा पुगेका १२ जना महिनाको हेलिकोप्टरबाट उद्धार गरेको सुनाए ।

 

यस्तै नेपाल सरकारसँगको सहकार्यमा ७० गर्भवती महिलाको उद्धार गरेको उनको भनाई छ ।

उनले भने–‘प्रसव पीडामा रहेका महिलाको जीवन जोखिममा हुन्छ । नेपालका दुर्गम भेगमा रहेका उनीहरूलाई तत्काल अस्पताल पुर्‍याउने माध्यम भनेकै हेलिकोप्टरबाट उद्धार हो । मैले ३ जना सुत्केरीको उद्धार गरिसकेपछि नेपाल सरकारका सहसचिवको मलाई फोन आएको थियो । उहाँले यो कत्तिको सम्भव छ भनेर मलाई सोध्नुभएको थियो । मेरो कुरा सुनेपछि सरकारले राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रम ल्याइएको थियो । तर सरकारसँग आफ्नै हेलिकोप्टर नभएका कारण सेनाको वा निजी हेलिकोप्टरको सहयोग माग्नुपर्ने अवस्था छ । उता सुत्केरीको ज्यान जान लागिसकेको हुन्छ यता हेलिकोप्टरको व्यवस्थापन समयमा हुन सकेको हुँदैन । त्यसैले सरकारले आफैले हेलिकोप्टर खरिद गर्नुपर्छ भनेर मैले माग उठाउँदै आएको हुँ ।’

उनले २ वर्षअघि समयमै हेलिकोप्टर नपुग्दा एक सुत्केरी महिलाको नारी दिवसकै दिन अकालमा मृत्यु भएको सुनाए ।

हेलिकोप्टरको ८ लाख ऋण तिर्न बाँकी, अंशको जग्गा सकियो

डा.स्वामी प्रपन्नाचार्यको सेवक भएर बस्दा उनको प्रेरणाबाट समाजसेवामा लागेको बताउने सिलवालले समाजसेवाका क्रममा आफूले पाएको अंश बापतको जग्गा बेचेर सकिएको बताए । समाजसेवामा लागेकै कारण आफूले बिहे नगरेको उनको दाबी छ । उनले भने–‘अहिले म ४० वर्षको भएँ । समाजसेवामा समय दिनुपर्ने भएकोले मैले बिहे गरेको छैन । मैले बिहे गरेँ भने समाजसेवा गर्न पाउँदिन । कि मैले श्रीमती रोज्नुपर्ने हुन्छ कि समाजसेवा । श्रीमती रोजेपछि मैले समाजसेवा गर्न पाउँदिन ।’

समाजसेवामा लागेकै बेला बाबुको क्यान्सरका कारण मृत्यु भएपछि झन्डै २ वर्ष आफूले केही गर्न नसकेको उनले सुनाए । अंशको सम्पत्ति, जग्गा बेचेर संस्था चलाएको र सुत्केरीलाई हेलिकोप्टरबाट उद्धार गर्ने अभियान थालेपछि निजी हेलिकोप्टर कम्पनीको ऋण तिर्न नसकेको उनले सुनाए ।

उनले भने–‘सुरुमा हेलिकोप्टर लगेर उद्धार गर्थे, पछि जसले थोरै थोरै पैसा दिन सक्छन् उनीहरूसँग मागेर हेलिकोप्टर कम्पनीलाई बुझाउँथे । दीपकराज गिरीको छक्का पञ्जा टोलीले एक फ्लाइटको पैसा तिरिदिएको थियो, डा. भोला रिजालले अर्को फ्लाइटको पैसा तिर्नुभएको थियो । मलाई हेलिकोप्टर कम्पनीले उधारो पत्याउन थालेको थियो । पछि १० लाख जति ऋण कम्पनीलाई तिर्नुपर्ने भएको थियो । २ लाख पछि तिरेँ । अझै ८ लाख तिर्नुछ । एयरलाइन्स कम्पनीले प्रहरीमा थुनाउँछु भन्ने गरेका छन् । सरकारले आफ्नै हेलिकोप्टर भएको भए मेरो यस्तो अवस्था आउने थिएन ।’

उनले गर्भवती महिला उद्धारका लागि सरकारले हेलिकोप्टर खरिद नगरेसम्म आफ्नो अनसन जारी रहने बताए ।

उनले भने–‘एउटा मान्छे मर्यो भने पनि त्यसको अङ्ग अरू १० जना मानिसमा प्रत्यारोपण गर्न मिल्छ रे । बरु मेरो अङ्ग त्यस्ता मान्छेहरूका लागि प्रयोग होस तर सरकारले सुत्केरी महिलाका लागि एउटा हेलिकोप्टर व्यवस्था गरोस् ।’

आमरण अनसन थालेसँगै उनले होस्टल सञ्चालकलाई साँझदेखि आफ्नो लागि खाना नपकाउन आग्रह समेत गरेका छन् ।

हेर्नुहोस् भिडियो :

रातोपाटी

  • आमरण अनसनमा
  • माग गर्दै
  • हेलिकप्टर किनिदिन
शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई
काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह
एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल
अमेरिकाले गर्‍यो इरानमा आक्रमण
गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड
ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

लोकप्रिय

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ३.
    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ४.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ५.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ६.
    आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

भर्खरै

  • १.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • २.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ३.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ४.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ५.
    एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • ६.
    अमेरिकाले गर्‍यो इरानमा आक्रमण

  • ७.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ८.
    गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.