बुटवल : रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलका चालक सैनामैना नगरपालिका-३ का ३० वर्षीय कृष्णचन्द्र खनालको उपचारका क्रममा मृत्यु भएको हो ।
भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु२२प ६९२५ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो तिलोत्तमा नगरपालिका-४ ड्राइभरटोलमा अनियन्त्रित भएर पल्टिँदा खनाल गम्भीर घाइते भएका थिए ।
खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।