×
मङ्गलबार, असार ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ७. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ८. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ९. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • १०. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

एमाले, कांग्रेस र माओवादीलाई प्रतिष्ठाको विषय बन्दै भरतपुर महानगरपालिका


चितवन, १३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई दिन गृहजिल्ला चितवनमा बिताएर शुक्रबार साँझ काठमाडौं फर्किए । स्थानीय तहको मुखमै चितवन पुगेका प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र र छोरी रेनु दाहाल मेयर रहेको भरतपुर महानगर क्षेत्रमा थुप्रै शिलान्यास र उद्घाटन गरे । पार्टीका नेतारकार्यकर्तालाई राजनीतिक प्रशिक्षण समेत दिए ।

शुक्रबार बिहान महानगरको प्रशासकीय भवनको शिलान्यास गर्दै प्रचण्डले आफ्नै छोरी रेनु र भरतपुरको मेयरका रुपमा उनले गरेका कामको प्रशंसा गरे । ‘देशको मध्य भागमा रहेको यो महानगरले सिंगो देशलाई सन्देश दिइरहेको छ,’ उनले भनेका छन्, ‘भरतपुर महानगरले कार्यकालभर विकासका दृष्टिले धेरै महत्वपूर्ण आयोजनाहरु अगाडि ल्यायो । भतरपुरको विकास मोडेल निकै चर्चित रह्यो । हाम्रा छिमेकीदेखि धेरै टाढा टाढासम्मका हाम्रा मित्रहरुले पनि भरतपुरलाई एउटा विशिष्ट महानगरका रुपमा हेरेका छन् ।’

भरतपुर महानगर र त्यस आसपासका क्षेत्रका प्रचण्डको खटाइ र उनले गरेको भाषणले चितवन र भतरपुर प्रचण्डका लागि कत्तिको प्रतिष्ठाको विषय हो भन्ने प्रष्ट पार्छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गत कात्तिकमा पनि चितवनमा करिब एक साता बसेका थिए । उनले त्यहाँ पुगेर आफ्नो निर्वाचन क्षेत्र चितवन–३ केन्द्रित गतिविधि आक्रामक बनाएका थिए । आफ्नो निर्वाचन क्षेत्रका शहीद परिवारको घरदैलोमै गएर भेटघाट गर्ने, त्यहाँका पर्यटकीय स्थलमा ‘मर्निङ वाक’ गर्ने, स्थानीयलाई नागरिकता वितरण लगायतका काम गरेर राजधानी फर्किएका थिए ।

शान्तिपूर्ण राजनीतिमा आएयता स्थिर निर्वाचन क्षेत्र नहुँदा देश चाहार्नु पर्दाको दुःख र विपक्षीले यसैलाई लिएर गरेका आक्रामक टिप्पणीले प्रचण्ड यसपटक कुनै हालतमा चितवनमा दोहोरिएर उठ्न र जित्नै पर्ने दबावमा छन् ।

‘अन्तिम पटक’ चितवनबाटै चुनाव लड्ने र आफू अन्त कतै नजाने उनको अभिव्यक्तिले पनि माओवादीका लागि यो सानोतिनो विषय होइन भन्ने देखाउँछ । त्यसका लागि भरतपुर महानगरको निर्वाचन माओवादी केन्द्रका लागि महत्वपूर्ण बनेको छ ।

अरुलाई पनि प्रतिष्ठाको विषय बन्यो

माओवादी केन्द्र मात्रै होइन, नेकपा एमाले र नेपाली कांग्रेसका लागि पनि भरतपुर महानगर प्रतिष्ठाको विषय हो ।

माओवादी केन्द्र समेत सम्मिलित सरकार गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा पनि चुनावी गठबन्धनबारे चर्को बहस छ, जसको एउटा कारण भरतपुर नै हो । शुक्रबारदेखि सुरु भएको कांग्रेस बैठकमा गठबन्धनको विरोध गर्ने नेताहरुले भरतपुरलाई जोडे ।

उनीहरुमध्येका एक केन्द्रीय सदस्य दिनेश कोइराला भन्छन्, ‘(स्थानीय चुनाव) २०७४ मा कांग्रेसबाट जितेर (प्रदेश र प्रतिनिधिसभामा) एमालेलाई भोट हाल्नु गल्ती थियो भन्ने स्वीकार गरे मात्र चितवनमा गठबन्धन गर्ने–नगर्नेबारे छलफल गर्न सकिन्छ ।’

स्थानीय चुनावमा माओवादीलाई भोट हालेको कांग्रेसले प्रतिनिधिसभामा राप्रपाका उम्मेदवारलाई समर्थन गरेको थियो । यसले पनि चितवनका कांग्रेस समर्थन शुभचिन्तकमा आक्रोश छ र यो पटक कुनै हालतमा मेयर नछाड्न नेतृत्वलाई दबाव दिएका छन् ।

शुक्रबार मात्र चितवनका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरुको भेला भयो, जसले कुनै हालतमा भरतपुरको मेयर माओवादीलाई नछोड्ने निर्णय गरेको पूर्वजिल्ला सभापति जीतनाराण श्रेष्ठले जानकारी दिए ।

गठबन्धनबारे छलफल गर्न जिल्लाभरका महासमिति, महाधिवेशन प्रतिनिधि भेला भएको भन्दै श्रेष्ठले भने, ‘सबै एक ढिक्का भएर कुनै पनि हालतमा भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले छोड्नु हुुँदैन । रेनु दाहाल र माओवादीलाई मेयरका रुपमा स्वीकार गर्न सकिदैन भन्ने छ ।’ आवश्यक परे पार्टी केन्द्रमा ध्यानाकर्षण गराउने र ‘डेलिगेसन’ जाने श्रेष्ठले बताउँछन् ।

एमालेले २०७४ को चुनावमा आफ्ना उम्मेदवारलाई ‘जालझेल गरेर’ गरेर हराएको ठानेको छ । एमाले यसपटक एक्लै वा तालमेल जसरी भएपनि चुनाव जित्ने दाउमा छ । ‘हामी अघिल्लो चुनावमा नै जितेको थियौं, तर कांग्रेस, माओवादीले जालझेल गरेर हराए,’ अघिल्लो पटक मेयरमा पराजित एमाले नेता देवी ज्ञवाली भन्छन्, ‘यसपकट हामी जेसुकै गरेर आए पनि पराजित गर्छौं ।’

आफू नै बलियो भएको दावी

एमाले, कांग्रेस र माओवादी तीनवटै पार्टीले महानगरमा आफू नै बलियो भएको दावी गरेका छन् । एमाले आफूले पहिले चुनाव जितिसकेको दाबी गर्छ । त्यसले एमाले कांग्रेस–एमाले दुवैको गठबन्धन भए पनि पराजित गर्ने ज्ञवाली बताउँछन् ।

कांग्रेस पनि आफू एक्लै जित्ने अवस्थामा भएको दाबी गर्छ । कांग्रेसका चितवन सभापति राजेश्वर खनाल झापापछि सबभन्दा धेरै क्रियाशील सदस्य चितवनमा रहेको बताउँछन् । ‘झापापछि सबभन्दा बढी क्रियाशील सदस्य चितवनमा छन्,’ खनालले भने, ‘त्यसको ५५ प्रतिशत भरतपुर महानगरपालिकामा छन् । बाँकी अन्य पालिका छन् । विगत पाँच बर्षमा कांग्रेसले यहाँका मूल पालिकाको नेतृत्व गर्न पाएन । त्यसैले पनि छाड्ने भन्ने कुरा हुँदैन ।’

खनालका अनुसार चितवनमा २८ हजार २०० क्रियाशील सदस्य छन्, जसको ५५ प्रतिशत अर्थात १४ हजार भन्दा बढी क्रियाशील सदस्य भरतपुर महानगरमै छन् ।

माओवादी पनि भरतपुरमा आफू बलियो भएको दाबी गर्छ । माओवादी केन्द्र चितवनका जिल्ला संयोजक रामचन्द्र अधिकारी महानगरमा १४ हजार भन्दा बढी संगठित सदस्य रहेको बताउँछन् । ‘हामीसँग आजको दिनमा संगठित कार्यकर्ता नै १४ हजार ८०० छन् महानगरमा,’ अधिकारीले भने, ‘यो विवरण हाम्रो पार्टीको वेबसाइटमा जतिबेला पनि हेर्न सकिन्छ । आज मात्रै अगुवा कार्यकर्ताको भेला तथा प्रशिक्षणमा १५ सय मान्छे सहभागी थिए ।’

आफूहरु एक्लै भएपनि चुनाव लड्ने अधिकारीको भनाइ छ । ‘गठबन्धन हाम्रो मात्रै आवश्यकताको कुरा होइन, उहाँहरुको पनि आवश्यकताको कुरा हो,’ उनले भने, ‘आवश्यकता ठान्नुहुन्छ भने आउनुहुन्छ, नत्र एक्लै भए पनि भिड्छौं ।’

गतिविधि तीव्र पार्दै

स्थानीय तहको निर्वाचनसम्मुखमै आइपुगेपछि दलहरुले चुनाव केन्द्रित गतिविध पनि बढाएका छन् । सबैले महानगर लक्षित प्रचार–प्रसारलाई तीव्र पारेका छन् । एमालेले चुनावी घरदैलो चलाइरहेको ज्ञवाली बताउँछन् । ‘पार्टीलाई बेस्सरी चुनाव लागेको छ,’ उनले भने, ‘हाम्रो घरदैलो चलिरहेको छ । सबभन्दा पहिले घरदैलो गर्ने एमाले हो ।’

ज्ञवालीले महानगरको उम्मेदवार को बन्ने भन्ने कुरा अझैं नटुंगिएको बताए । तपाईं उम्मेदवारमा दोहोरिनुहुन्छ भन्ने प्रश्नमा ज्ञवालीले भने, ‘पार्टीले के भन्छ, त्यही गर्छु । पार्टीले कसलाई उठाउने भनेर निर्णय गरेको छैन । हामी पार्टीका सम्पत्ति हौं, पार्टीले कहाँ प्रयोग गर्ने भन्ने गर्ला । मेयरमा पठाउन पनि सक्ला, संघीय सांसदका लागि लड्नुपर्छ पो भन्छ कि ?’

कांग्रेसले पनि चुनावी अभियानलाई तीव्र पारेको छ । ‘फागुन २९ गते जिल्लास्तरको चुनावी अभियानमा लागेका छौं,’ अभियानबारे जिल्ला अध्यक्ष खनालले भने, ‘क्षेत्र, पालिका हुँदै वडासम्म अभिमुखीकरण जारी छ । चैत १२ गते देखि जिल्लाका ९८ वटा वडामा एकैपटक चुनावी घरदैलो सुरु गछौं ।’

कांग्रेसका पूर्वजिल्ला सभापति श्रेष्ठ भरतपुर पार्टी अत्यन्त मजुबत संगठन भएको ठाउँ भएको भन्दै मेयरका आकांक्षी पनि धेरै भएको बताउँछन् । २० चैतबाट गतेबाट वडा र पालिकाको उम्मेदवारी चयनको प्रक्रिया सुरु हुने उनको भनाइ छ ।

माओवादी केन्द्रका नेताहरु भने मेयरमा पुनः रेनु दाहाललाई नै उठाउने बताउँछन् । ‘भरतपुर महानगरपालिकामा फेरि पनि मेयर रेनु दाहाल नै उठ्नुहुन्छ,’ माओवादी चितवनका एक नेताले भने, ‘भए गठबन्धन, नभए सिंगल लड्नुहुन्छ । (अनलाईन खबरबाट)

आइतबार, चैत १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक
एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै
काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते
धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद
गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै
नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • २.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ३.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ४.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ७.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ८.
    नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.