दुवईबाट काठमाडौं आएका भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । भारतको पञ्जाब घर भएका शुभम् मेहरा सुनसहित पक्राउ परेका हुन् ।
महानगरीय अपराध महाशाखा र विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले मेहराले मलद्वारमा लुकाएर ल्याएको १२ सय ७० ग्राम सुन बरामद गरेको छ ।
नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौं ओर्लिएका उनलाई शंका लागेर चेकजाँच गर्दा मलद्वारभित्र सुन फेला परेको थियो ।
धुलो सुनको डल्लो बनाएर उनले मलद्वारमा लुकाएका थिए ।