चैत ८
आशा खरेल श्रेष्ठ
नारायणी कला मन्दिर नारायणगढको कार्य योजना तर्जुमा गोष्ठी हिजो सोमबार सम्पन्न भएको छ । चितवनको देवनगरमा भएको सो कार्यक्रममा बिगत २ बर्षसम्म भएका कार्यक्रमको बारेमा निबर्तमान अध्यक्ष उद्दव जोशिले जानकारी गराउनु भएको थियो । उध्याेग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ प्रमुख अतिथि रहनु भएको कार्यक्रममा नारायणी कला मन्दिर नारायणगढका अध्यक्ष सुबिर श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरूले कला मन्दिरलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नु भएको थियो । छलफलका क्रममा कला मन्दिरमा भएका कमिकमजोरीलाई सुधार गरि अगाडी बढने निचोड तय भएको छ । उक्त कार्यक्रममा सहभागीहरुलाई ग्रुप बनाई आउदा दिनमा कसरी कला मन्दिरले साहित्य र कलाको जगेर्ना गर्न सकिन्छ भनी एकाआपसमा छलफल गरि तालीका तयार गरिएको छ । सो कार्यक्रममा उधोग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले विगतमा जस्तै कला मन्दिरलाई सहयोग गर्ने बताउनु भयो । उहाले भाषा , साहित्य कला र संस्कृतिको संरक्षण विकास र प्रबर्द्धनका लागी सहकार्य एवं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रम उधोग बाणिज्य संघ चितवनका पुर्व अध्यक्ष उदय कुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । बिहान ९ बजेदेखि सुरु भएको कार्यक्रम साझको ८ बजे समापन भएको थियो । कार्यक्रममा श्रेष्ठले कला मन्दिरले विभिन्न बिधामा थुप्रै कलाकारहरु जन्माई देश तथा विदेशमा समेत आफ्नो प्रतिभा देखाउन सफल भएको बताउनु भएको थियो । संस्थाका जिम्मेवार व्यक्तिहरु अझ बढी सक्रिय रुपमा लागि संस्थालाई अगाडि बढाउन सुझाव दिनु भएको थियो । कार्यक्रममा कला मन्दिरका सचीव सनद पियाले कार्यक्रम संचालन गर्नु भएको थियो । उक्त कार्यक्रममा कला मन्दिरका पुर्व अध्यक्षहरु राजु श्रेष्ठ ,सहन प्रधान , शेखर श्रेष्ठ , बिज्ञानलाल श्रेष्ठ ,दिलिप पिया, अम्मर प्रधान, र यस संस्थाका नव निर्वाचित पदाधिकारीहरु तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो । त्यस्तै उधोग बाणिज्य संघ चितवनका बरिस्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ , प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
नारायणी कला मन्दिरको कार्य योजना तर्जुमा गोष्ठी सोमबार सम्पन्न
नारायणी कला मन्दिरको कार्य योजना तर्जुमा गोष्ठी सोमबार सम्पन्न

तपाईको प्रतिक्रिया